‘डुलुवा’ टोलीको भारत प्रवर्द्धन अभियान
२३ जेष्ठ २०७९
•
३ मिनेट पाठ
‘डुलुवा’ टोलीको भारत प्रवर्द्धन अभियान
भारतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनार्थ निस्किन थालेको डुलुवा टोलीलाई पोखराबाट बिदाई गर्दै। तस्बिरः उमेश पुन/नागरिक
पोखराको पर्यटन प्रवद्र्धन गर्न युवा पर्यटन व्यवसायीको टोली एक महिने भारत भ्रमणमा निस्केको छ। टोलीले प्रवर्द्धनको यो समुहलाई ‘डुलुवा’ नाम दिएको छ। टोलीले यसअघि स्वदेशकै विभिन्न सहरमा पर्यटन प्रवर्द्धनका गतिविधि गर्दै आएको थियो।  




नेपालका विभिन्न ठाउँमा यसअघि नै पर्यटन प्रवर्द्धनात्मक गतिविधि गर्दै आएकोमा यो पटक भने भारतीय सहरमा प्रवर्द्धन गर्ने समूहले बताएको छ। पोखरा पर्यटन व्यवसायमा संलग्न रहेका १९ जना युवाहरु प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुंदै लदाखसम्मको यात्रामा निस्केको उनीहरुले बताएका छन्। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा प्रवर्द्धनात्मक अभियानले थप भारतीय पर्यटक भित्र्याउन सघाउने व्यवसायीको अपेक्षा छ।

पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रप्रवर्द्धनात्मक गतिविधि चलाएको यो टोलीले यो पटक भारतको भारतको अमृतसर, कश्मिर, कार्गिल, लदाख, मोनाली, सिमला, देहरादुन, नैनीताल लगायतका सहरमा कार्यक्रम गर्ने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए।

उनले यात्रा गर्दा फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने, एकअर्को ठाउँका बारेमा जानकारी आदानप्रदान गर्ने पनि बताए। ‘घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेका हौं। यसले भारतीय पर्यटकलाई पनि नेपाल बोलाउन सहयोग गर्नेछ। भारतीय पाहुना नेपाल आउँदा त्यसको लाभ पर्यटनमा पर्नेछ,’ उनले भने। यो टोलीले नेपालका ७० जिल्लाको यात्रा यसअघि नै सकिसकेको छ।  

डुलुवा टोलीलाई बिदाइ गर्दे पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा भारतीय पर्यटकको चाँप बढिरहेको बेला यो प्रवर्द्धनात्मक अभियानले थप भारतीय पाहुना भित्रिने अपेक्षा रहेको बताए। कोरोनाले थलिएको पर्यटन क्षेत्रमा यो टोलीको अभियानले थोरै भएपनि राहत दिलाउने गरि भारतीय पर्यटक भित्रयाउन सघाउने उनले बताए।  

उनले भारतका लामो यात्रा गर्दा पोखरा र नेपालको ठूलो प्रचार हुने बताए। उनले पोखरा साहासिक गतिविधिको शहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा साहसिक गतिविधिको प्रबद्र्धन गर्ने बताए। ‘पोखरा आंफैमा साहसिक पर्यटकीय गन्तव्य हो। थप साहसिक पर्यटक भित्र्याउन यस्ता अभियान जरुरी छ,’ उनले भने।  

बिदाइ कार्यक्रममा भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भ्रमणले भारत र नेपालको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने बताए। उनले भारतका प्रसिद्ध, परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्वका स्थानको छनोट गरेको र त्यसले नेपालको पर्यटनमा पनि सकारात्मक सन्देश दिलाउने बताए।  

पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। भट्टराईले झन्डै डेढ दशकअघि नै उक्त क्षेत्रको भ्रमण गरेको पनि बताए। ‘यो यात्रा निकै नै साहसिक छ। यसले नेपालको पहिचान ती क्षेत्रमा पनि फराकिलो बनाउनेछ,’ उनले भने, ‘नेपालको पर्यटन क्षेत्रमा पनि यसले सहयोग गर्नेछ। आगामि दिनमा पोखरामा ती क्षेत्रबाट पनि पर्यटक भित्रिन सक्छन्।’

समुहका अर्का सुनील भट्टराइले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्नु रहेको बताए। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवर्द्धनात्मक सहयोग छ। डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको टोलीमा नौजना प्याराग्लाइडिङ पाइलट समेत रहेको समूहका सदस्य भट्टराइले जानकारी दिए। यो टोलीले सन् २००८ देखी ‘डुलुवा’ नाम जुराएर घुमघाम गर्दै आएको थियो।
अर्को समाचार
‘डुलुवा’ टोलीको पर्यटन प्रर्वद्धन कास्कीदेखि कन्याकुमारीसम्म
१७ साउन २०८१
•
२ मिनेट पाठ
‘डुलुवा’ टोलीको पर्यटन प्रर्वद्धन कास्कीदेखि कन्याकुमारीसम्म
पर्यटन प्रर्वद्धन लागि ‘डुलुवा’ टोली आज भारतमा भ्रमणमा निस्केको छ। पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रर्वद्धन गर्ने गरि एकमहिने भारत भ्रमणमा निस्केको हो।  




नेपालको कास्कीदेखि भारतको कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिइएको पर्यटन प्रर्वद्धनात्मक भ्रमण अगष्ट १ देखि शुरु भएर २५ अगष्टमा सकिनेछ। विहीबार कास्कीको पोखराबाट शुरु भएको भ्रमण रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्लीहुँदै पुनः पोखरामै आएर सकिनेछ।  

‘डुलुवा’ टोली १९ जनाको छ भने ४ वटा गाडीमा उनीहरुले यात्रा गर्नेछन्। ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउनु रहेको ‘डुलुवा’ टोलीका संयोजक योगेश भट्टराईले जानकारी दिए। टोलीले हरेक सहरमा पुगेर स्थानिय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्तरक्रिया गर्ने उनले बताए।

‘हामी यात्राका क्रममा भेटिएका पर्यटकीय स्थलहरुको उजागर गर्ने, पोखरा आउन निमन्त्रणा दिदै यहाँका पर्यटकीय गन्तव्यहरु, प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्नु तथा नेपाल–भारत बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गर्नेछौं।’

टोलीलाई विदाई गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भ्रमणले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘टोली भ्रमणमा गएर पर्यटन प्रवद्र्धन गर्नेछ, जसको आउटपुट आगामी दिनमा भारतीय पर्यटकको पोखरा भ्रमण बढ्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने।

भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेलले भ्रमणले भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘भ्रमणले पर्यटन प्रवद्र्धन त गर्ने नै छ, सँगसँगै भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन मद्दत पनि गर्नेछ,’ उनले भने। 

नेपाल पर्यटन वोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेलले पर्यटनको ठूलो बजार भारतमा गएर ‘डुलुवा’ टोलीले प्रवद्र्धन गरेपछि त्यसको प्रभाव बिस्तारै पोखरामा देखिनेछ भन्ने विश्वास छ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले ‘डुलुवा’ टोलीलगायतको भ्रमणले पोखरामा १५ लाख पर्यटक भिœयउने पोखरा महानगरपालिकाको लक्ष्य भेट्टाउन मद्दत पुग्ने बताए। ‘पोखरा महानगरले १५ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । पोखरालाई पर्यटनको राजधानीपनि घोषणा गरिएको छ। यसलाई सफल पार्न यस्ता भ्रमणहरु फलदायी हुन्छन् भन्ने लाग्छ, ’उनले भने।

नेपाल पर्यटन वोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले डुल्नु, घुम्नुको मज्जा र महत्व छुट्टै रहेको बताए। ‘यो प्रवद्र्धनात्मक भ्रमण नेपाल र पोखराको पर्यटन उकास्न कोशेढुंगा सावित हुनेछ। अनि भ्रमणमा जानेलेपनि पर्यटनमा व्यवसायीकता सिकेर आउनेछन्,’ उनले भने।

नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २०२० मा यो स्थापना भएको हो। त्यसपश्चात यस ‘डुलुवा’ अभियान अन्तर्गत ७० जिल्लाको भ्रमण भइसकेको छ। ‘पहिलो देश अनि विदेश’ भन्ने नारालाई आत्मसाथ गर्दै आएको ‘डुलुवा’ले नेपालसँगै भारतको लेहलद्दाखसम्मको यात्रासमेत गरिसकेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस