कुनैबेला पूर्वीसुर्खेतका केही भागकम डुम (दलित) समुदायको राज्य थियो। सातौं शताब्दीअघिको दलित राज्यमा अहिले संग्रहालय बनाउन थालिएको छ। जानकारहरूका अनुसार हालको भेरीगंगा नगरपालिका–७ र ८ को केही क्षेत्रमा दलितले राज्य गर्थे।
डुमकोटी राजाले राज्य गरेको डुमकोट डाँडा र डुमकोटी राजाको स्थानलाई अहिले दलितहरूको अध्ययन, अनुसन्धान र पर्यटकीय केन्द्र बनाइँदैछ। ‘बिक्रम संवत् १३७० सम्म डुमकोटी राजाले राज्य गरेको ऐतिहासिक डुमकोट डाँडा अहिले पर्यटकीय स्थलका रुपमा परिचित छ,’ डुमकोटी राज्यबारे जानकार जेवी सुनारले भने, ‘डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोट डाँडालाई खोज, अनुसन्धान, उत्खनन र पर्यटकीय केन्द्र बनाउँदैछौं।’
दलित समुदायको राज्य रहेको यही ठाउँमा अहिले डुमकोट दलित संग्रहालय बन्दैछ। संग्रहालय तीन तला र ४२ कोठाको हुनेछ। चार करोड ४५ लाख बजेटमा बन्न लागेको संग्रहालयमा ७० प्रतिशत संघीय सरकार र बाँकी स्थानीय सरकारको लगानी रहनेछ।
डुमकोटी राज्य रहेको स्थानमा २५ वटा सुरुङ फेलापरेका छन्। ‘आफ्नो राज्यलाई बचाउन डुमकोट डाँडा वरपर सुरुङहरू निर्माण गरेको देखिन्छ,’ सुनारले भने, ‘उत्खनन गर्दा जातो, पाला, तलबारलगायतका पुरातात्विक वस्तुहरू फेला परेका छन्।’ बिक्रम संवत् १३७० मा नजिकैका अर्का राजाले डुमकोटमा आक्रमण गरे। गुर्भाकोटी राजाको आक्रमणबाट भागेका डुमकोटीहरू रुकुमको अर्माखोलामा बसाइँ सरेको अनुसन्धानले देखाउँछ।
‘तत्कालीन अवस्थामा घरेलु हतियार प्रशस्त भए पनि जनसंख्या कम हुँदा गुर्भाकोटी राज्यले डुमकोटमाथि विजय प्राप्त गरेको देखिन्छ,’ उनले भने, ‘युद्धमा पराजय भोगेर राज्य गुमाएका डुमहरू रुकुमको अर्माखोलामा बसेको पाइएको छ।’ रुकुमको अर्माखोलाका सार्की समुदायलाई ‘सुर्खेती सार्की’ भन्ने गरिन्छ। डुमकोटी राज्य र यसको प्रचार–प्रसारका लागि डुमकोट पर्यटन विकास समिति पनि गठन गरिएको छ। संग्रहालयसँगै डुमकोट राज्यका बारेमा खोज, अनुसन्धान र परम्परागत दलित समुदायको सीप, भेषभूषाको संरक्षण हुने पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका सुनारले विश्वास व्यक्त गरे।
वडाध्यक्ष कर्णबहादुर मिजारका अनुसार डुकमोट डाँडा र त्यस वरपर अहिले पनि दलित समुदायको मात्रै बसोबास छ। असार मसान्तसम्म दलित संग्रहालय निर्माण सम्पन्न हुनेछ। संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेक्का, डाला, गाबु, छाला जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दुक, पोसाकलगायतका सामग्री राख्ने अध्यक्ष मिजारले जानकारी दिए।
भेरीगंगा नगरपालिकाका पूर्वप्रमुख भूपेन्द्रबहादुर चन्दले कुनैबेला दलित (डुम) ले छुट्टै राज्य चलाएको ठाउँको अध्ययन र अनुसन्धान गर्न संग्रहालय बनाउन लागिएको बताए।