संघीय सरकारले प्रस्तुत गरेको बजेट भाषणमा सुदूरपश्चिमका अधिकांश विषय वर्षौदेखि सुनिने गरेका छन्। सुदूरपश्चिमका जनताले सपनाको रुपमा हेरेका पश्चिम सेती जलविद्युत परियोजना, पञ्चेश्वर जलविद्युत परियोजना, गेटा मेडिकल कलेज, गेटा विमानस्थलको स्तारोन्नति, औद्योगिक क्षेत्र, उत्तर दक्षिण जोड्ने नाका लगायतका बहुप्रतिक्षित योजनाहरु वर्षौदेखि सुदूरपश्चिमका आम नागरिकले सुन्दै आएका छन्। यसपालिको बजेट भाषणमा पनि यी कुराहरु संघीय सरकारले छुटाएन। वर्षौदेखि उही कुरा सुन्दै आएका सुदूरपश्चिमेलीले यो बजेटमा उल्लेख भएका कुरा पनि कार्यान्वयन हुनेमा आशंका गरेका छन्।
‘गेटा मेडिकल कलेज सञ्चालनदेखि पश्चिम सेती परियोजनासम्मका राम्रा कुराहरु बजेटमा राखिएका छन्,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्,‘बजेटमा लोकप्रिय कुरा राखिए पनि कार्यान्वयन गर्न भने चुनौती देखिन्छ।’ विगतका वर्षमा पनि यी कुराहरु बजेटमा राखिने, तर कार्यान्वयन नहुने समस्या दोहोरिँदै आएको उनले बताए। सुदूरपश्चिममा करिव एक दशकदेखि आर्थिक क्षेत्र (सेज) बनाउने कुरा बजेट भाषणमा सधैं सुन्न पाइए पनि त्यसलाई अहिलेसम्म कार्यान्वयनमा गति दिन नसकिएको उनले बताए।
उनले भने,‘सुदूरपश्चिमको आर्थिक क्षेत्र उकास्न विशेष आर्थिक क्षेत्र (सेज) बनाइने भनिएता पनि अहिलेसम्म पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा यहाँको आर्थिक विकासमा टेवा पुग्न सकेको छैन।’ यसैगरि सुदूरपश्चिमको आर्थिकमा कायापलट गर्न सक्ने पश्चिम सेती जलविद्युत परियोजना बन्ने चर्चा तीन दशक बढी भएको बताउँदै कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक तथा अर्थविद् डा. राजेन्द्रवीर चन्दले भने,‘सरकारले आफ्नै लगानीमा पश्चिम सेती परियोजना बनाउने भनेर यसअघि नै घोषणा गरे पनि त्यो कार्यान्वयन भएन, अहिले बजेटमा राखिए पनि कार्यान्वयन हुनेमा आशंका छ।’
अहिलेको बजेटमा पुरानै कुरालाई निरन्तरता दिइएको बताउँदै उनले भने,‘बजेट भाषण सुन्नमा राम्रो छ, तर नयाँ कुरा दिइएको छैन।’ डडेल्धुरामा मेडिकल कलेज बनाउने कुरा नयाँ भए पनि कार्यान्वयन हुनेमा आशंका देखिएको उनले बताए। देशको आयात प्रतिस्थापनको कुरा वर्षौदेखि गरिँदै आए पनि त्यसलाई कम गर्ने खालको कुनै योजना नसमेटिएको उनले बताए।
देश संघीयतामा गई सकेपछि संघीय सरकारले ल्याएको यो बेजट पनि सुदूरपश्चिम प्रदेशका लागि उत्साहपूर्ण हुन नसकेको यहाँका बासिन्दाले बताएका छन्। भौतिक पूर्वाधार, उद्योग कलकारखाना, राष्ट्रिय गौरवका आयोजना लगायतमा विकासका पूर्वाधारमा देशमै सुदूरपश्चिम पछाडि परेको बताउँदै उनले भने,‘राष्ट्रिय स्तरको गरिबीको तुलनामा देशभरमै सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा छ, यसलाई कम गर्ने खालका योजना भएनन्।’ सुदूरपश्चिमेलीहरु वर्षौदेखि रोजगारीका लागि भारत जान बाध्य रहेको उनले बताए। ‘भारत जाने युवाहरुलाई रोक्ने खालका ठोस योजना केही भएनन्,’ उनले भने,‘बेरोजगार युवालाई रोजगारी दिने त भनियो, तर कसरी र केमा निर्भर बनाउने भन्ने ठोस कुरा उल्लेख भएन।’
बेरोजगारी, कुपोषण, अशिक्षा, उत्पादकत्व, मानव विकासको सुचकांक लगायतमा पछाडि परेको सुदूरपश्चिमलाई संघीय सरकारले अहिले पनि सन्तुलित विकास हुनेगरी बजेट नछुट्याएको स्थानीयले आरोप लगाएका छन्।
अर्थविद् शिवहरि शर्मा मुडभरीले सुदूरपश्चिममा गत वर्षको सबै कुरा दोहोरिएको बताएका छन्। ‘सुख्खा बन्दरगाहदेखि जडीबुटी प्रशोधन केन्द्रसम्मका केही कुरा पनि छुटाइएकाे छैन,’ उनले भने,‘तर, कार्यान्वयन पक्ष एकदम कमजोर र फितलो देखिन्छ।’ गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय वा प्रतष्ठिान बनाउने भन्ने सुदूरपश्चिमका आम नागरिकको माग विपरित मेडिकल सञ्चालन गर्ने कुरा आएको उनले बताए। आर्थिक समस्या समाधान गर्ने रणनीतिक बजेट आउन नसकेको उनले बताए। ‘चुनावी बजेट भएर होला सबैलाई खुसी बनाउने, तर कार्यान्वयन फितलो हुने बजेट देखिन्छ,’ उनले भने।
सुदूरपश्चिमका हकमा यो सरकारले ल्याएको बजेटमा राम्रा कुरा भए पनि त्यसको कार्यान्वयनमा भने चुनौती देखिएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले भने,‘बजेटमा राम्रा कुरा समेटिएका छन्, यी कार्यान्वयन हुनुपर्छ।’ जबसम्म औद्योगिक विकास हुन सक्दैन तबसम्म देश विकास हुन नसक्ने बताउँदै अध्यक्ष बोगटीले भने,‘सुदूरपश्चिमका विकासका लागि औद्योगिक क्षेत्रमा विशेष खाले योजना ल्याउनु जरुरी छ।’
संघीय सरकारले आइतबार संसदमा पेश गरेको बजेटमा सुदूरपश्चिम प्रदेशमा अत्तरिया जडीबुटी प्रशोधन केन्द्र, दैजीमा औद्योगीक क्षेत्र निर्माण, हरैयामा विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु, सुदूरपश्चिमका ७ वटै देवीका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा प्रवर्द्धन गर्ने, धनगढी विमानस्थललाई स्तरोन्नति गर्नका लागि क्षेत्रीय विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्ने, दार्चुला खलंगामा वृहत खानेपानी योजना बनाउने, धनगढीको फाप्लामा खेलग्राम बनाउने, पश्चिम सेती निर्माण गर्नेलगायतका योजनाहरु प्रस्तुत गरिएको छ।