‘अर्थतन्त्रलाई बाह्य जोखिमबाट मुक्त गरिनेछ’
१५ जेष्ठ २०७९
•
४ मिनेट पाठ
‘अर्थतन्त्रलाई बाह्य जोखिमबाट मुक्त गरिनेछ’
सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकले सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।




राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेकी थिइन्। वार्षिक नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल भएको थियो। छलफलमा सांसदहरूको आआफ्नो धारणा र संशोधन राखेपछि शनिबार निर्णयार्थ प्रस्तुत गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलमा उठेका विषयको जवाफ दिएका थिए भने सांसदले राखेका संशोधनहरू निर्णयार्थ पेस गर्दा अस्वीकृत भएका थिए। प्रधानमन्त्रीको जवाफपछि निर्णयार्थ पेस गर्दा एमालेसहित संशोधनकर्ता सांसदले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारको आर्थिक सर्वेक्षण पनि शनिबारै पेस भएको छ। यसबाट आइतबार सरकारले आव २०७९/८० को वार्षिक बजेट ल्याउने बाटो खुलेको छ। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले आयात घटाई निर्यात बढाउने दिशा लिएको बताए।

‘सरकारले उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा कम गर्ने उद्देश्य राखेको छ,’ उनले भने। नीति तथा कार्यक्रममा वित्तीय एवं मौद्रिक नीतिबीच संयोजन कायम गरी अर्थतन्त्रलाई बाह्य जोखिमबाट मुक्त गर्न र तरलता व्यवस्थापन गर्न विशेष ध्यान दिएको पनि उनले बताए। ऊर्जा, पर्यटन, यातायात, कृषि र सूचना प्रविधिलाई विकासको मुख्य संवाहक क्षेत्रको रूपमा अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो।

छलफलमा उठेको विषयको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालपानी नेपालको भूमि हो भन्नेमा नेपाल सरकार प्रस्ट छ।’ सीमासम्बन्धी विषय संवेदनशील विषय भएकाले वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने मान्यता रहेको उनको भनाइ थियो। ‘हाम्रो कूटनीतिक प्रयास जारी छ, सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको छ,’ उनले भने।

उनले ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको बताएका छन्। ‘छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको पनि उनले बताए। उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग छ।’ प्रधानमन्त्री देउवाले चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएको बेला रोक लगाएको दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाएका थिए।

बिआरआई लगायतको सहायता प्राप्त गर्ने सम्बन्धमा राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताका अधारमा निर्धारण हुने भएकाले नेपाल सरकारले बुद्धिमत्तापूर्ण ढंगले यस्ता विषयमा निर्णय गर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘यसका निम्ति सबै पार्टीहरूसँग सरसल्लाह गरिनेछ।’

उनले नागरिकता विधेयकलाई पनि राष्ट्रिय सहमतिबाट अघि बढाउने बताए। नेपाल भारत–प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन ३ वर्षअघि नै तयार भएको भन्दै ‘त्यतिबेला किन नबुझेको?’ भनी पूर्वप्रधानमन्त्री केपी ओलीलाई उनले प्रश्न गरेका थिए।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले किन नबुझेको भन्दै एकपक्षीय रूपमै भए पनि इपिजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए। तर, उक्त प्रतिवेदन बुझ्ने वातावरण तयार पार्न नेपाल सरकार निरन्तर क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो।

प्रधानमन्त्री देउवाले नेपाल आयल निगम खारेज गर्ने कुनै सोच नभएको पनि बताएका छन्। प्रतिस्पर्धा नहुने र सरकारको एकाधिकार प्राप्त पेट्रोलियलगायत वस्तुको कारोबार गर्ने सार्वजनिक संस्थानको खारेजी वा निजीकरणको विषय समावेश गर्ने सरकारको सोच नभएको उनले बताए।

सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा कम प्रतिस्पर्धी र कमजोर सरकारी संस्थानलाई मर्जर, खारेजी वा निजीकरणमा लगिने उल्लेख भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ। एमाले अध्यक्ष केपी ओलीले आयल निगम खारेज गरेर पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिन अर्बौंको चलखेल भइरहेको आरोप पनि लगाएका थिए।

त्यसको खण्डन गर्ने क्रममा सरकारका उद्योगमन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष ओलीको भनाइ स्तरहीन भनेपछि शुक्रबार एमालेले संसद्को बैठक अवरुद्ध गरेको थियो। प्रधानमन्त्री देउवाले सीमित स्रोतसाधनका बाबजुद शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भएको बताए।

उनले भने, ‘छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न। सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन।’ उनले एमालेले धाँधली भएको भन्ने कुराको खण्डन गरेका थिए।

प्रधानमन्त्री देउवाले जिल्लाको सिमाना पुनरवलोकन गर्ने नभनिएको प्रष्टीकरण दिएका छन्। सरकारले नीति तथा कार्यक्रममा हिमाली जिल्लामा नुनलगायत खाद्यान्न ढुवानीका लागि जिल्लाका सिमाना पुनरवलोकन गर्ने भनेको थियो।

यसलाई प्रमुख विपक्षी नेकपा एमालेले जिल्लाकै सिमाना पुनरवलोकन गर्न खोजिएको हो भनी प्रश्न उठाएको थियो। प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार विकासका लागि पुनरवलोकन गर्ने भनिएको तर सिमाना पुनरवलोकन गर्ने नभनेको बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस