वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीको आडमा करोडौँ ठगी
२४ वैशाख २०७९
•
३ मिनेट पाठ
वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीको आडमा करोडौँ ठगी
वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ। आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा दायर गर्न थालेको छ।




विभागले पछिल्ला दुई दिनमा सात करोड १६ लाख आठ हजार ८०० बिगो माग दाबी गर्दै ठगीमा संलग्न विभिन्न कन्सलटेन्सी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्याधीकरणमा मुद्दा दायर गरेको हो। उनीहरुले वैदेशिक रोजगारीका लागि क्यानडा, पोर्चुगल, स्पेन, फ्रान्सहित युरोपका मुलुक तथा माल्टामा पठाउने भन्दै ठगी गरेका विभागले जनाएको छ।  

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षीय सदीक्षा गुरुङ र खिनशोभा गुरुङले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै कुमार गुरुङसँग रु ४१ लाख ४२ हजार ५०० ठगी गरेका थिए। विभागले गत चैत २४ गते सदीक्षालाई पक्राउ गरेको थियो। सदीक्षा र खिनशोभा आमाछोरी रहेको अनुसन्धानबाट खुलेको छ। विभागले उनीहरुविरुद्ध ठगी गरेको बिगो  ४१ लाख ४२ हजार ५०० र हर्जनास्वरुप २० लाख ९१ हजार २५० गरी रु ६२ लाख ७३ हजार ७५० असुलउपर गर्न र  सात वर्ष कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको इन्टरनेशनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालिका सञ्चालक राधा सुवेदीलगायत आठ जनाविरुद्ध ठगी गरेको एक करोड ६४ लाख आठ हजार, सोको हर्जना ८२ लाख चार हजारसहित जम्मा रु दुई करोड ४६ लाख १२ हजार मागदाबी गर्दै न्यायाधीकरणमा मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए। उनीहरूले माल्टालगायत युरोपका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै १२२ जनासँग प्रतिव्यक्ति दुई लाख ३५ हजार ठगी गरेका थिए।  

युरोपका विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै सर्वसाधारणबाट प्रतिव्यक्ति रु १७ लाख ९२ हजारका दरले ठगी गरेको अभियोगमा विभागले जिनियस इजुकेशन एण्ड कन्सलटेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईलगायतविरुद्ध पनि मुद्दा दायर गरेको छ। निजले ठगी गरेको भन्दै विभागमा उजुरी परेपछि अनुसन्धानका क्रममा गत चैत २८ गते भट्टराईलाई विभागले पक्राउ गरेको थियो।  

विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्य राखी दर्ता भएको उक्त कन्सलटेन्सीले अशोक चौधरीसमेत २२ जनाबाट रु दुई करोड ८८ लाख ४१ हजार ७०० ठगी गरेको विभागले पुष्टि गरेको छ। विभागले सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनिल लम्सालविरुद्ध रु चार करोड सात लाख २३ हजार ५० मागदाबी गर्दै मुद्दा दायर गरेको हो।  

विभागबाट स्वीकृति नलिइ कुनै पनि संस्थाले वैदेशिक रोजगारीसम्बन्धी काम गर्न पाउँदैनन्। विनास्वीकृति काम गरे वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम लिएको रकमसहित  ५० प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था छ। यस्तै तीनदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्मको कैद सजाय पनि ब्यहोर्नुपर्ने  छ। पछिल्ला समय कन्सलटेन्सीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको भनी उजुरी दिनेको सङ्ख्या दिनहुँ बढिरहेको विभागले जनाएको छ। कन्सलटेन्सीमार्फत वैदेशिक रोजगारीका धन्दा चलाउनेले अनुसन्धानमा बाधा पुग्ने गरी कारोबार गर्ने गरेका अनुसन्धानबाट खुलेका छन्।  

कन्सलटेन्सीले रकमको कारोबार नगदमा गर्ने, संस्थामा कार्यरत कर्मचारीको बैंक खातामा जम्मा गर्न लगाउने, गैरकानूनी असुलीको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमा बस्ने गरेको पाइएको छ। सञ्चालक फरार रहँदा रकम बुझ्ने कर्मचारी पक्राउपर्ने गरेका छन्। विभागले गैरकानूनी कारोबारमा संलग्न नहुन कन्सलटेन्सीका कर्मचारीलाई समेत सचेत गराएको छ।  रासस
अर्को समाचार
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
०६ वैशाख २०८१
•
४ मिनेट पाठ
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ। कामको सिलसिलामा वा अन्य देश पुग्ने उद्देश्यले कुवेत ट्रान्जिट परी अलपत्रमा भएका युवा, त्यहाँको भिसा नियम उल्लघंन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीका लागि कुवेतले आममाफी कार्यक्रम सुरु गरेको हो।




अलपत्रमा परेका तथा अवैध रूपमा बसेका आप्रवासी श्रमिकका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा गरेको हो। विभिन्न देशबाट कुवेत पुगेका युवा जरिवानाका कारण आफ्नो देश फर्कन पाएका थिएनन्।

अवैध रूपमा कुवेत पुगेका युवा आफ्नो देश फर्कन अत्याधिक जरिवाना तिर्नुपर्दा उनीहरू लुकेर बस्न बाध्य थिए। कुवेतसरकारले शून्य जरिवानामा आफ्नो देश फर्कन पाउने व्यवस्था मिलाएको हो।

विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारलाई हरेक जरिवाना थियो। कुवेत सरकारले १० जनवरी २०१६ को सूचना अनुरूप आवासीय कानून उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारहरूलाई जरिवाना तिरेर आफ्नो देश फर्कन वा भिसा लगाएर कुवेत बस्न पाउने विभिन्न व्यवस्था थियो।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको, आपराधिक गतिविधि तथा अन्य कुनै कसुरमा मुद्दा/उजुरी परेका बाहेक गैरकानूनी रूपमा कुवेतमा बसोबास गरिरहेका कामदारहरूले आआफ्नो पासपोर्ट वा राजदूतावासबाट जारी गरिएका (ट्राभल डकुमेन्ट) साथमा लिई कुवेतका गभर्नोरेटअन्तर्गतका भिसा कार्यालय/विभागमा गएर जरिवाना तिरेर नेपाल फर्कन पाउने व्यवस्था थियो। त्यतिबेला जरिवाना तिर्दाको समयमै कुवेत छाडेर स्वदेश फर्कने मिति तोकिने र सोही समयभित्र उक्त कामदारले नेपाल फर्किसक्नुपर्ने नियम थियो।

कुवेतको भिसा नियम उल्लघंन गरेको अवस्थामा कुवेतमा विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ। तर, यसरी बसेकाहरू आफ्नै देश फर्कन चाहेमा विनाजरिवाना फर्कन पाउने व्यवस्था कुवेतले गरेको हो। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुनः कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन्।

१६ देखि ४० वर्ष उमेरका युवा नेपालीको आकर्षक श्रम गन्तव्य मुलुक कुवेत पनि एक हो। कुवेतमा एक लाख सात हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउनेगरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ। त्यस्तै, गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांकअनुसार ६२ हजार सात सय आठ पुरूष र ४४ हजार सात सय ८१ महिला छन्। जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्। घरेलु काममा ३० हजारभन्दा धेरै नेपाली छन्। घरेलु काममा कार्यरत महिला ९५.३ प्रतिशत र पुरुष घरेलु कामदार ४.७ प्रतिशत रहेको तथ्यांक छ।

वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४३ हजार पाँच सय सातजना नेपाली युवा श्रम स्वीकृति लिएर कुवेत पुगेका छन्। आवासीय कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका नेपालीहरू भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

कुवेती कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा बन्देज नलगाएका विदेशी कामदारहरू घोषित आममाफीभित्र सिधैं आफ्नो देश फर्कन मिल्ने दूतावासले जनाएको छ। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार कुवेतमा गैरकानुनी रूपमा रहेका विदेशी कामदारलाई तीन महिनाको आममाफीको घोषणा गरिएको हो।

‘आममाफीको सर्त भनेको गैरकानुनी रूपमा बसिरहेका तथा काम गरिरहेका विदेशी नागरिकको हकमा मात्रै हो,’ उनले भने, ‘यसमा कुनै अपराध, मुद्दा मामिलामा तथा अन्य किसिमबाट आएका कुनै जरिवानामा परेका व्यक्तिका लागि होइन। त्यस्ता मुद्दा मामिलामा परेका विदेशी कामदार कुवेतको नियमकानुन पूरा गरेरै आआफ्नो देश फर्कन पाइन्छ।’

उनका अनुसार भिषा नियम उल्लघंन गरेर बसेका वा भिषाको म्याद सकिएका कामदारको हकमा कुवेतमै काम गर्न चाहेमा नयाँ स्पोन्सर खोज्नुपर्छ। ‘विदेशी कामदारले कुवेती ६ सय केडी भिसाको जरिवाना तिरेपछि पुरानो स्पोन्सरको स्वीकृतिमा नयाँ स्पोन्सर खोजेर कुवेतमै बसेर काम गर्न सकिन्छ,’ उनले भने।

कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाले थपिएको अवधिभित्र आफ्नो प्रक्रिया पूरा गरी वैध बन्न पाउने दूतावासले जनाएको छ। आपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न र बैंकबाट ऋण लिएका जस्ता हिसाब फर्स्याेट नभएसम्म जान नसक्ने उनले बताए।

गैरकानुनी रूपमा कुवेतमा अवस्थित नेपाली यो सुविधाको प्रयोग गरेर नेपाल समयमै फर्किन दूतावासले अनुरोध गरेको छ। विनाजरिवाना नेपाल फर्कन आममाफी पाएका नेपाली युवा अन्तिम समयमा भीडभाड, विभिन्न कारणले अप्ठेरो पर्ने र आफूले पाउनुपर्ने सुविधाबाट वञ्चित नभई चाँडै नै स्वदेश फर्कदा सहज हुने दूतावासले जनाएको छ।

‘समयअगावै करिब एक महिनापहिले नै यात्रा अनुमतिपत्र दूतावासबाट बनाएर समयमै कामको प्रक्रिया चालेर नेपाल फर्कन अनुरोध गर्न चाहन्छु। गैरकानुनी रूपमा जुन अवस्थामा कुवेत बसिरहनु भएको छ। उहाँहरूलाई विनाजरिवाना स्वदेश फर्कन आममाफीको सुनौलो अवसर हो। यो अवसर नगुमाउँन हार्दिक अनुरोध छ,’ आचार्यले भने।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस