बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै
२१ चैत्र २०७८
•
१ मिनेट पाठ
बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको छ।




मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको टोली चैत २४ गते काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरूमा संलग्न हुने पाटा नेपाल च्याप्टरले जनाएको छ।

उक्त कार्यक्रम अन्तर्गत काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारु संस्कृति तथा खाना सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरसेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवद्र्धनका कार्यक्रम समेत रहेको छ। मास्टर सेफहरू चैत २८ गते आयोजना हुने पाटा नेपालको ४५ औं वार्षिक साधारणसभामा समेत सहभागी हुनेछन्।  

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनलिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रूपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रूपमा श्रीलङ्कन एयरलाइन्स, बैङ्किङ पार्टनरको रूपमा नबिल बैंक र हेल्थ पार्टनरको रूपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् ।

त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, कम्युनिटी होमस्टे, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउण्ड एडभेञ्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन्।
अर्को समाचार
'विदेशीलाई बलजफ्ति पिज्जा, बर्गर खुवाएका छौं'
२९ चैत्र २०७७
•
४ मिनेट पाठ
'विदेशीलाई बलजफ्ति पिज्जा, बर्गर खुवाएका छौं'
बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साह ।
बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साह अहिले पोखरामा छन् । नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै साहलाई विभिन्न ठाउँमा सम्मान गर्ने गरिएको छ । पोखराका पर्यटन व्यवसायीले पनि साहको सम्मानमा कार्यक्रम राखेका थिए । सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका थिए । खानाको पहिचान दिलाउन सक्ने हो भने नेपालमा विदेशी पर्यटक भित्र्याउन सघाउ पुग्ने साहको भनाई छ । यही सेरोफेरोमा सन्तोष साहसँग नागरिककर्मी सन्तोष पोखरेल ले गरेको कुराकानीः




नेपाली खानाको स्तर अन्तर्राष्ट्रिय बजारमा कस्तो पाउनु भएको छ ?  

नेपाली खाना राम्रो छ । तर, कहिलेकाँही घर छेउको मन्दिर थाहा नभएजस्तै नेपाली खानाबारे हामीलाई त्यस्तै भएको छ । पोखरा आएका विदेशी पाहुनालाई पिज्जा, बर्गर, पास्ता जस्ता खानेकुरा हामीले बलजफ्ति खुवाएका छौ । हामी अन्य मुलुकमा जाँदा पनि त्यहाँको प्रसिद्ध खाना खोज्छौ । विदेशीले पनि नेपाली खाना खोज्छन् । नेपाली खानासँग संस्कृति जोडिएको छ । यसमा विविधता छ । तर, हामीले विदेशीलाई उनीहरुको खाना जर्बजस्ती खुवाएका छौं । जस्तै हामी विदेश गयौं भने हामीले महिनामा एकदिन आफ्नो खाना खान खोज्छौ । तर, अरुबेला उनीहरुकै खाना खान्छौ । पोखरा र काठमाडौंको खाना निकै नै राम्रो छ । तर त्यही मात्र सिमित छ । पोखरामा राम्रा रेस्टुरेन्ट छन् । पोखराका रेस्टुरेन्ट सफा, स्वच्छ छन् ।  

नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न के गर्नुपर्छ ?  

हामीले नै त्यो काम गर्ने हो । त्यसको काम नेपालबाटै सुरु गर्नुपर्छ । विदेशमा गएर होइन । पहिला आफ्नो घर बनाउने हो, त्यसपछि बल्ल अरुको घर बनाउन जाने हो । नेपाली खाना विदेशमा चिनाउनुपर्छ । हामीकहाँ वर्षमा लाखौं विदेशी आउँछन् । ती विदेशीलाई नेपाली खाना चखाउन सक्ने हो भने उनीहरुले नेपाली स्वादबारे त्यत्ति संख्यामा आफन्तलाई भन्नेछन् । मैले नेपाली खाना खाएको भनेर आफन्तलाई भन्नेछन् । पोखरामा खाएको खानाबारे पाहुनाले बताउनेछन् । त्यसले गर्दा खानाको प्रवर्द्धन हुनेछ ।

नेपाली खाना प्रवर्द्धन नभएकै हो त्यसो भए ?  

खानाको प्रवर्द्धन निकै नै कम भएको हो । हामीसँग थकाली बाहेक खाना नै भएन । नेवारी खाना खाने ठाउँ नै छैन । नेपाली खानामा दालभात, तरकारी बाहेक थकाली बाहेक अरु रेस्टुरेन्ट छैनन् । थकाली पनि राम्रो खाना हो । तर नेवारी, थारु ज्स्ता खानाको प्रचार भएको छैन । अरु खाना प्रवर्द्धन हुन सकेन । नेवारी खाना एकसय भन्दा बढि प्रकारको छ, तर नेवारी खाना खाने ठाउँ नै छैन । थकाली मात्र प्रवर्द्धन भएको हो । तर अरु खानाको प्रवर्द्धन भएको छैन ।  

तपाईले विदेशीलाई नेपाली खाना खुवाउने अभ्यास गर्नु भएको छ । विदेशीले नेपाली खानालाई कुन रुपमा लिएको पाउनु भएको छ ?  

नेपाली खानालाई विदेशीले स्वस्थ, स्वच्छ र मिठो खाना भनेर बुझेका छन् । मैले प्रतिश्पर्धामा पनि नेपाली खाना नै बनाएको थिए । विदेशीले नेपालीको स्वादलाई अति रुचाएका छन् । नेपाली स्वाद निकै नै बिछट्टै छ ।  

खानाकै कारण पर्यटन प्रवर्द्धनमा कत्तिको सघाउ पुग्छ ? 

थाइल्याण्डमा त्यहाँको खानाकै कारण पर्यटन प्रवर्द्धन भएको हो । खाना हाम्रो ‘ब्याकबोन’ हुन सक्छ । खानाकै कारण पर्यटक भित्र्याउन सकिन्छ । इटाली खानाकै कारण परिचित भएको हो । फ्रान्स पनि खानाका लागि चिनिएको छ । नेपालले जसरी हिमाल, पहाड, तराईको कुरा गर्छाै, त्यसैगरि खानाबाट पनि पहिचान दिलाउने बेला भएको छ । प्राकृतिक सौन्दर्यता भन्दा पनि सान नेपाली खानामा छ ।  

खानाको ब्राण्डिङ स्वादले हुन्छ की पकिारको नामले ?  

फरक फरक हुन्छ । हेर्ने तरिका फरक हुन सक्छ । खाना कस्तो छ भन्ने निर्णय गर्ने पहिलो आधार भनेको स्वाद नै हो । खानाको स्वाद अर्थपूर्ण हुनुपर्छ । खाना बनाउँदा मौलिकता हुनुपर्छ । मौलिकता मर्न दिनु हुन्न । खाना बनाउँदा रचनात्मक हुनुपर्छ ।  

सेफका लागि खाना पकाउने काम कहिल्यै सकिन्छ ?  

त्यो कहिल्यै पनि हुन सक्दैन । कुनै पनि क्षेत्रमा पनि त्यो हुँदैन । सिकाई पुरा भयो भनेर कसैले भन्छ भने त्यसको वृत्ति सबै रोकिन्छ । होटल तथा रेस्टुरेन्टमा पनि उस्तै हो । कुनैपनि क्षेत्रमा सिक्ने काम सकिन्न । जसले मैले सिके भन्छ, उ त्यहीबाट सकिन्छ । नयाँ कसरी गर्ने भन्ने हरेक दिन खोजी हुन्छ । किचनमा कुनैपनि सेफले सिक्ने काम सकियो भन्न मिल्दैन । पाँचवर्ष पछि नयाँ अवस्था आउन सक्छ, त्यसलाई पछ्याउन सक्नुपर्छ । पाँच–दश वर्षमा खानाको ट्रेन्ड नै फेरिन्छ ।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस