सुर्खेतको एक वन समितिबाटै उपभोक्ताले आयआर्जनका लागि ऋण लिने गरेका छन्। वन समितिले उपभोक्ताको इच्छाअनुसार आयआर्जन गर्न चाहनेलाई सहुलियत रूपमा ऋण दिने गरेको हो।
लेकबेंसी नगरपालिका–१ स्थित सहिद सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक आयबाट बचत भएको रकम उपभोक्तालाई आयआर्जनका लागि लगानी गरेको हो।
वन समूहमा २ सय ८५ घरधुरी आबद्ध छन्। करिब ८ लाख रकम समूहले उपभोक्ता वर्गीकरण गरेर गरिबी न्यूनीकरणका लागि दिएको समूहकी सचिव देवी बढुवालले बताइन्। ‘गरिबी न्यूनीकरणका लागि विपन्न, गरिब घरधुरी छनोट गरेर उनीहरूको आयस्रोत बढाउन व्यवसायका लागि ऋण दिइएको हो’, सचिव बढुवालले भनिन्, ‘उपभोक्तालाई पनि वर्गीकरण (क, ख, ग र घ) गरेर त्यही अनुसार ऋण दिईरहेका छौं।’ वन समूहको खातामा ४० लाख रूपैयाँ राखिएको छ। ऋण लिएर स्थानीय गाउँमा उत्पादन हुने र चल्ने व्यवसाय उपभोक्ताले गरिरहेको समितिका अध्यक्ष मोतीप्रसाद मेढुनले बताए।
समूहका अनुसार अहिलेसम्म ५० घरधुरी उपभोक्ताले ऋण लिएका छन्। निश्चित भाका राखेर उपभोक्तालाई पैसा दिएकाले आलोपालो उपभोक्ताले आवश्यकताका आधारमा ऋण पाइरहेका छन्। बाख्रा पालन, कृषि व्यवसाय, बंगुर, कुखुरापालन लगायतका व्यवसाय गर्न किसानले ऋण लिने गरेका हुन्। ‘ऋण वितरणको प्रमुख लक्ष्य गरिबी न्यूनीकरण हो’, अध्यक्ष मेढुनले भने, ‘वनमा विभिन्न क्रियाकलापबाट जम्मा भएको रकम उपभोक्ताको आयस्रोत बढाउन सहयोग होस् भनेर लगानी गरेका हौं।’
वन समूहले उपभोक्ताको आयस्रोत बढाउन लगानी गरेयता धेरैले राम्रो प्रगति गरेको उपभोक्ताहरू बताउँछन्। उपभोक्ताहरूले ऋण लिएर राम्रो व्यवसाय गरिरहेको र थप रकम आवश्यक परे समूहले निर्णय गरेर दिने गरेको छ। वन समूहले उपभोक्ताको आयआर्जन बढाउन गरेको यो कार्य नमुनाको रूपमा रहेको स्थानीय बताउँछन्।