एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु
०९ चैत्र २०७८
•
५ मिनेट पाठ
एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु
प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्ट अन्तर्गतको परियोजना कार्यान्वयन अन्तर्गत नुवाकोटमा सबस्टेसन निर्माणका लागि अधिग्रहण गरिएका घरजग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको छ।




मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले मंगलबार सार्वजनिक सूचना जारी गरी ४०० केभी रातमाटे सबस्टेसनको लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा ३५ दिनभित्रै खाली गर्न अनुरोध गरेको छ।

समितिले जारी गरेको सार्वजनिक सूचनामा अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्य अविलम्ब अघि बढाउनुपरेकाले मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेकाहरूले अधिग्रहण गरिएका जग्गा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गर्न अनुरोध गरिएको छ।  

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिका सूचना अधिकारी राजिव दाहालले यसअघि नै अधिग्रहण भइसकेको करिब ३ सय ८५ रोपनी क्षेत्रफलमा स्थानीयले खेतिपाती गर्दै आएकाले सो हटाउन सार्वजनिक सूचना जारी गरिएको बताए। ‘सरकारले जनताबाट जग्गा अधिग्रहण गरिसके पनि जनताले खेतिपाती गर्दै आइरहनुभएको थियो,’ उनले भने, ‘अब सबस्टेसन लगायत पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले पनि खाली गर्न अनुरोध गरेका हौं।’  

समितिका अनुसार सबस्टेसन निर्माणका लागि ३ सय ९८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। तीमध्ये ७ रोपनी जग्गाको लालपुर्जा रहेको छैन। लालपुर्जा नहुने जग्गाको विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर मात्रै टुंगो लगाइने गर्छ। त्यसैगरी करिब तीन रोपनी जति जग्गाको धनीसम्बन्धी विवादले कसलाई मुआब्जा दिने भन्ने टुंगो लाग्न सकेको छैन।

समितिका सूचना अधिकारी दाहालले यो खण्ड अन्तर्गत करिब ९९ प्रतिशतले मुआब्जा बापतको रकम बुझिसकेको बताए। समितिले आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्ति तथा अधिग्रहणको लागि करिब १८ महिना समय लाग्ने जनाएको छ। ४०० केभीको ३१५ किलोमिटर प्रसारण लाइन टावर जाने ठाउँको पनि जग्गा प्राप्त गर्नुपर्ने हुन्छ। आयोजनाको टावर निर्माण गरिने ठाउँमा त अनिवार्य रूपमा जग्गा प्राप्त गर्नुपर्ने हुन्छ। अर्काेतर्फ प्रसारण लाइनको राइटअफ वेको पनि दायाँ–बायाँ २३–२३ मिटर जग्गा छाड्नुपर्ने हुन्छ। समितिका दाहालले तीन महिनाभित्र एमसिसीको जग्गा प्राप्तिको लागि जग्गा अधिग्रहण सूचना जारी गर्ने तयारीमा रहेको बताए। ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब–स्टेसन निर्माण गर्न तारबार गर्ने कार्य अघि बढाउन मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

अहिलेसम्मको इस्टिमेट अनुसार यो परियोजना अन्तर्गत ८ सय ६० वटा टावर निर्माण गर्नुपर्ने हुन्छ। समितिले टावर खडा हुने स्थानको जग्गा पूर्ण रूपमा प्राप्त गर्नुपर्ने हुन्छ। यो परियोजना अन्तर्गतको प्रसारण लाइन १० वटा जिल्लामा पर्छ। एमसिसी परियोजनाअन्तर्गत ४०० केभी क्षमताको ३१५ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। यो परियोजना अन्तर्गत प्रसारण लाइनसँगै अत्याधुनिक खालको सडक मर्मतसम्भार समेत गरिनेछ। यो परियोजना अन्तर्गत दाङको भालुवाङबाट बाँकेको शिवखोलासम्मको ७७ किलोमिटर सडक अत्याधुनिक प्रविधिमा आधारित भएर सडक निर्माण गरिनेछ। सो सडकको चौडा भने १४ मिटरको बनाइनेछ।

यो परियोजना बनेसँगै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली छिमेकी मुलक भारत तथा बंगलादेश निर्यात गर्न उपयुक्त माध्यम बन्नेछ। यो परियोजना अन्तर्गत तीनवटा ४०० केभी क्षमताका सबस्टेसन समेत निर्माण गरिनेछ ।

यो प्रसारण लाइन आयोजनामा काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ।

यो प्रसारण लाइन आयोजना उच्च भोल्टेज अर्थात ४०० केभी बिजुली लैजानको लागि निर्माण गर्न लागिएको हो। प्रसारण लाइनको लागि ४६ मिटर चौडा भोगाधिकारभित्र ८ सय ६० वटा टावर निर्माण गरिनेछ। यो प्रसारण लाइन अन्तर्गतका टावरको उचाइ ४३ देखि ९२.५ मिटर हुनेछ। प्रत्येक टावरमा भूमिगत तार समेत रहनेछ। कम्प्याक्ट आयोजना कार्यान्वयन गर्न अमेरिकाको एमसिसीले ५० करोड र नेपाल सरकारले १३ करोड अमेरिकी डलर गरी ६३ करोड डलर खर्च गर्ने सम्झौतामा उल्लेख छ। मिलेनियम च्यालेन्ज कर्पाेरेसनले आयोजना कार्यान्वयनका लागि ६ वटा पूर्वसर्त राखेको छ। जसमध्ये पाँचवटा सर्त पूरा भएको छ। अब एउटा जग्गा प्राप्ति र अधिग्रहणको सर्त मात्रै बाँकी छ।

एमसिसी अन्तर्गतको प्रसारण लाइन निर्माण गर्दा ९ जिल्लामा २ लाख रुख कटान गर्नुपर्ने भएको छ। केही समयअघि सार्वजनिक भएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार एमसिसीको ३ सय १३.९ किलोमिटर प्रसारण लाइन निर्माण गर्दा २ लाख २ हजार १८ वटा रुख कटान गर्नुपर्ने देखाएको छ।

यो आयोजना निर्माण गर्दा १ लाख ७३ हजार १ सय ८३ वटा रुख वन क्षेत्रका कटान गरिनेछ। त्यसैगरी कृषि भूमिमा रहेका २८ हजार ८ सय ३५ रुख कटान गर्नुपर्ने देखिन्छ।

प्रस्तावित आयोजनाको साढे ३ वर्षको अवधिमा करिब ७ हजार ३ सय पूर्णकालीन रोजगारी सिर्जना हुनेछ।

रोजगारीको करिब ६० प्रतिशत नेपाली र अन्य कामदारले पाउनेछन्। प्रतिवेदन अनुसार रातमाटे सबस्टेसन, त्यसको पहुँचमार्ग, दमौली सबस्टेसनका लागि पहुँचमार्ग र प्रसारण टावरका लागि कुल १ सय २४ हेक्टर जग्गा प्राप्त गर्नुपर्नेछ। 

वन मन्त्रालयले स्वीकृत गरेको प्रतिवेदनमा सामाजिक, आर्थिक तथा सांस्कृतिक र भौतिक, वातावरणीय प्रभाव न्यूनीकरणको लागि कुल १३ अर्ब ७२ करोड खर्च गरिने उल्लेख छ। त्यसैगरी एमसिए साझेदारी कार्यक्रम अन्तर्गत थप ४३ करोड ४५ लाख रूपैयाँ प्रभावित क्षेत्रका स्थानीयबासीको लागि खर्च गरिनेछ।
अर्को समाचार
अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया
२७ मंसिर २०८०
•
२ मिनेट पाठ
अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।




एमसिसीअन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले गत असोज २६ गते ठेकेदार कम्पनीहरूले अनुमानित लागतभन्दा झन्डै ६६ प्रतिशत बढी अर्थात् (१४ करोड ५३ लाख ४८ हजार डलर) बढीको प्रस्ताव पेश भएसँगै ठेक्का रद्द भएको थियो।

परियोजनाअन्तर्गत ३१५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। ठेक्का रद्द भएको दुई महिना बित्दा पनि नयाँ प्रक्रिया अझैसम्म अघि नबढ्दा एमसिसी परियोजना अलपत्र पर्ने हो कि भन्ने आशंका कायमै छ।

एमसिसी परियोजना गत भदौ १३ गतेदेखि पाँच वर्र्षे ‘इन्ट्री टु फोर्स’ कार्यान्वयन भइसकेको छ। एमसिसी परियोजना पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्र्ने बाध्यतात्मक अवस्था छ। नयाँ ठेक्काको प्रक्रिया अघि नबढ्दा कतै अन्य परियोजना जस्तै एमसिसी परियोजना पनि तोकिएको समयभित्रै निर्माण सम्पन्न नहुने हो कि भन्ने आशंका कायमै छ।

एमसिए–नेपालले हालै प्रेस विज्ञप्ति जारी गरेर एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन पूर्वाधार निर्माण कार्यसम्बन्धी पुनः बोलपत्र आह्वान कार्यलाई सफल गर्नका लागि अर्थ मन्त्रालय, एमसीसी र आफ्नो सञ्चालक समितिसँग निकटतापूर्वक काम गरिरहेको दाबी गरेको छ।

एमसिए– नेपालले आफ्नो खरिद प्रक्रिया तथा मापदण्डको विस्तृत मार्गनिर्देशिकाको साथै हालै गरिएको प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रियाको नतिजा सार्वजनिक गरिसकेको छ,’ एमसिए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन सकेसम्म छिटो गरिहाल्नुपर्ने अत्यावश्यकताबारे एमसिए-नेपाल सजग छ र यसले पुनः बोलपत्र आह्वानसम्बन्धी जटिल प्राविधिक, सामाजिक जिम्मेवारी तथा कानुनी पक्षहरू सम्बोधन गर्नुका साथै खरिद प्रक्रियालाई तीव्रता दिनका लागि सम्पूर्ण सम्भव उपायहरू पहिल्याउन अर्थ मन्त्रालय, आफ्नो सञ्चालक समिति तथा एमसीसीसँग निकटतापूर्वक सक्रियता अपनाइरहेको छ।’

एमसिए–नेपाल विद्युत् प्रसारण लाइन निर्धारित समय र बजेटमै आफ्नो र एमसिसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न र आगामी कदमबारे निर्णय हुने बित्तिकै त्यसबारे जानकारी सार्वजनिक गर्न प्रतिवद्ध रहेको जनाएको छ।

एमसिए नेपालले तीन सय १५ डबल सर्किट किलोमिटर प्रसारण लाइन परियोजनालाई तीन खण्डमा बाँडेर टेन्डर आह्वान गरेको थियो। प्रसारण लाइन निर्माण बोलपत्र ठेक्का २०८० जेठ ८ गते खोलिएको थियो। बोलपत्रमा ६ वटा कम्पनी सहभागी भएका थिए।

एमसिए नेपालले प्रसारण लाइन डिजाइन, सप्लाइ, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्ने गरी टेन्डर मागेको थियो। टेन्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैंले डिजाइन तयार पारेर प्रसारण लाइन निर्माण गर्नुपर्ने सर्त राखिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस