प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द
२७ असोज २०८०
•
३ मिनेट पाठ
प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द
बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ। परियोजनाअन्तर्गत ३१५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। तर ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी (१४ करोड ५३ लाख ४८ हजार डलर) को प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया रद्द गरिएको हो।




मिलेनियन च्यालेन्ज कर्पाेरेसनकै सहमतिमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले शुक्रबार सूचना गरी गर्दै प्रसारण लाइनसँग सम्बन्धित सबै ठेक्का प्रक्रिया रद्द गरिएको जानकारी गराएको छ।

निर्माण कम्पनीबाट समग्रमा अनुमानितभन्दा ६६ प्रतिशत बढी लागत प्रस्ताव पेस भएपछि त्यसलाई रद्द गर्नुपर्ने आवाज आइरहेको थियो। एमसिए नेपालले अनुमानित लागतभन्दा निकै बढी प्रस्ताव पेस भएसँगै ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरिएको जनाएको छ।

एमसिए नेपालका सूचना अधिकारी राजीव दाहालले सार्वजनिक सूचना जारी गरेर प्रसारण लाइनतर्फको ठेक्का रद्द गरिएको बताए।
‘बोलपत्रदाता कम्पनीले अनुमानित लागत मूल्यभन्दा निकै बढीको प्रस्ताव पेस गरेकाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय भएको हो,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर नयाँ टेन्डर आह्वान गरिनेछ।’

अब प्रसारण लाइनका ठेक्का नयाँ सिराबाट गर्नुपर्ने देखिएको छ।

एमसिए नेपालले ३ सय १५ डब्बल सर्किट किलोमिटर प्रसारण लाइन परियोजनालाई तीन खण्डमा बाँडेर टेन्डर आह्वान गरेको थियो। प्रसारण लाइन निर्माण बोलपत्र ठेक्का २०८० जेठ ८ गते खोलिएको थियो। बोलपत्रमा ६ वटा कम्पनी सहभागी भएका थिए थिए। बोलपत्रमा सहभागीमध्ये पाँचवटा कम्पनी मात्रै प्राविधिक रूपमा योग्य ठहरिएका थिए।  

पहिलो लट (खण्ड) मा ४०० केभी क्षमताको प्रसारण लाइन लप्सेफेदी–रातमाटे–न्यु हेटाैडा ११७ किलोमिटर निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो। सो प्रसारण लाइनका लागि एमसिए नेपालले अनुमानित लागत ७ करोड ६४ लाख अनुमान गरेको थियो। त्यो प्रसारण लाइन बनाउन ट्रान्सरेल लाइटिङ लिमिटेडले १३ करोड १५ लाख एक हजार दुई सय ९८, कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले २३ करोड ३१ लाख ६९ हजार ७ सय ४२ र लारसेन टर्बाे लिमिटेडले २१ करोड ८८ लाख ८५ हजार ७ सय ७२ अमेरिकी डलर प्रस्ताव गरेका थिए।

एमसिए नेपालले दोस्रो खण्डको रातमाटे–न्यू दमौली ९० किलोमिटर प्रसारणलाइन निर्माणका लागि ६ करोड ४८ लाख ५३ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो।
यसका लागि कल्पतरु पावर ट्रान्समिसनले १४ करोड ७८ लाख ७३ हजार ४ सय ७, केइसी इन्टरनेसनल लिमिटेडले १६ करोड ३९ लाख ३६ हजार ३ सय ७७ र टाटा प्रोजेक्ट लिमिटेडले १० करोड ५४ लाख २५ हजार १३ अमेरिकी डलरबराबरको प्रस्ताव पेश गरेका थिए।

एमसिए नेपालले तेस्रो खण्ड न्यू दमौलीदेखि–बुटबलसम्मको १०८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ७ करोड ९२ लाख ८२ हजार लाग्ने लागत तयार पारेको थियो। तर बोलपत्रमा सहभागी भएका कम्पनीले भने अनुमानितभन्दा धेरे ठूलो राशि प्रस्ताव गरे। तेस्रो खण्ड निर्माणका लागि टाटा प्रोजेक्ट लिमिटेडले १२ करोड ९० लाख २१ हजार, केइसी इन्टरनेसनल लिमिटेडले १९ करोड ९७ लाख ९७ हजार ४ सय ३४, लार्सेन एन्ड टर्बाे लिमिटेडले २६ करोड १२ लाख ४२ हजार ९ सय ६५ अमेरिकी डलर प्रस्ताव गरेका थिए।

एमसिए नेपालले प्रसारण लाइन डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्नेगरी टेन्डर मागेको थियो। टेन्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैंले डिजाइन तयार पारेर प्रसारण लाइन निर्माण गर्नुपर्ने सर्त राखिएको थियो। ३१५ डब्बल सर्किट प्रसारण लाइनले ३ हजार मेगावाटभन्दा धेरै बिजुली आदानप्रदान गर्न सक्छ। ७० करोड डलरको यो परियोजनामा नेपाल सरकारले १९ करोड ७० लाख डलर खर्चे गर्नेछ भने अमेरिकी सरकारले एमसिसीमार्फत ५० करोड डलर अनुदान उपलब्ध गराउनेछ।

गत भदौ १३ गतेदेखि एमसिसी ‘इन्ट्री टु फोर्स’ कार्यान्वयन गर्ने निर्णय भएको थियो। परियोजना ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने छ। एमसिए नेपालले गत मंसिर १२ गते प्रसारण लाइन निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो। सुरुवाती चरणमा ११९ दिनको म्याद राखेर टेन्डर आह्वान गरिएको थियो।
अर्को समाचार
ठेक्का रद्द भएको दुई महिना बित्दा पनि एमसिसीको प्रसारण लाइनको नयाँ प्रक्रिया अघि बढेन
२६ मंसिर २०८०
•
२ मिनेट पाठ
ठेक्का रद्द भएको दुई महिना बित्दा पनि एमसिसीको प्रसारण लाइनको नयाँ प्रक्रिया अघि बढेन
बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बित्दासमेत अझै नयाँ ठेक्काको प्रक्रिया अघि बढेको छैन।




मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले गत असोज २६ गते ठेकेदार कम्पनीहरूले अनुमानित लागतभन्दा झण्डै ६६ प्रतिशत अर्थात (बढी ९१४ करोड ५३ लाख ४८ हजार डलर) बढीको प्रस्ताव पेश भएसँगै ठेक्का रद्द भएको थियो।

परियोजना अन्तर्गत ३१५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको  थियो। ठेक्का रद्द भएको दुई महिना बित्दा पनि नयाँ प्रक्रिया अझैसम्म अघि बढ्दा एमसिसी परियोजना अलपत्र पर्ने हो कि भन्ने आशंका कायमै छ।

एमसिसी परियोजना गत भदौ १३ गतेदेखि ५ वर्षे इन्ट्री टु फोर्स कार्यान्वयन भइसकेको छ। एमसिसी परियोजना ५ वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ। नयाँ ठेक्काको प्रक्रिया  अघि नबढ्दा कतै अन्य परियोजना जस्तै एमसिसी परियोजना पनि तोकिएको समयभित्रै निर्माण सम्पन्न नहुने हो कि भन्ने आशंका भने कायमै छ। 

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले हालसालै एक प्रेस विज्ञप्ति जारी गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन पूर्वाधार निर्माण कार्यसम्बन्धी पुनः बोलपत्र आह्वान कार्यलाई सफल गर्नका लागि अर्थ मन्त्रालय, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)  र आफ्नो सञ्चालक समितिसँग निकटतापूर्वक काम गरिरहेको दाबी गरेको छ।

‘पारदर्शिता र वित्तीय उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप एमसिए-नेपालले आफ्नो खरिद प्रक्रिया तथा मापदण्डको विस्तृत मार्गनिर्देशिकाका साथै हालै गरिएको प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रियाको नतिजा सार्वजनिक गरिसकेको छ,’एमसिए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन सकेसम्म छिटो गरिहाल्नुपर्ने अत्यावश्यकताबारे एमसिए-नेपाल सजग छ र यसले पुनः बोलपत्र आह्वानसम्बन्धी जटिल प्राविधिक, सामाजिक जिम्मेवारी तथा कानुनी पक्षहरू सम्बोधन गर्नुका साथै खरिद प्रक्रियालाई तीव्रता दिनका लागि सम्पूर्ण सम्भव उपायहरू पहिल्याउनका लागि अर्थ मन्त्रालय, आफ्नो सञ्चालक समिति तथा एमसीसीसँग निकटतापूर्वक सक्रियता अपनाइरहेको छ।’

एमसिए-नेपाल विद्युत् प्रसारण लाइन निर्धारित समय र बजेटमै आफ्नो र एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न र आगामी कदमबारे निर्णय हुने बित्तिकै त्यसबारे जानकारी सार्वजनिक गर्न प्रतिबद्ध रहेको जनाएको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस