बिनाअनुमति प्याराग्लाइडिङ
०७ चैत्र २०७८
•
२ मिनेट पाठ
बिनाअनुमति प्याराग्लाइडिङ
गएको पुस १९ गते म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट एक विदेशीले प्याराग्लाइडिङ उडान गरे।




भ्रमणको सिलसिलामा अस्ट्रियाबाट आएका उनले समुद्री सतहदेखि २५ सय मिटर उचाइमा रहेको ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको किमचोर फाँटमा ल्यान्ड गरे। एक्कासि आकाशमा प्याराग्लाइडिङमा उडेर आएका विदेशीलाई ताकम चौकीका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नेपालको नियम जानकारी नभएको जिकिर गरे। अब अनुमतिबिना उडान नगर्ने भन्दै लिखित रूपमा माफी मागेपछि प्रहरीले उनलाई छोड्यो ।

केही दिनअघि बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित ऐतिहासिक डढेकोट दरबार आसपासमा समेत प्याराग्लाडिङ उडान गरेको तस्बिर सार्वजनिक भयो। बस्तीमाथि प्यारासुटमा उडिरहेको विषयमा स्थानीयले समेत खासै चासो देखाएनन्। प्रहरीलाई जानकारी नै छैन। नेपाली तथा विदेशीले व्यावसायिक प्याराग्लाडिङको सम्भाव्यता अध्ययन गर्ने भन्दै सम्बन्धित निकायबाट अनुमति नलिई उडान गर्ने गरेका छन्।

अग्लो स्थानमा घुम्दै गएका विदेशीले नियमविपरीत प्यारासुटमा उडेर आठ हजार मिटरभन्दा अग्ला धवलागिरि, अन्नपूर्ण प्रथमका साथै निलगिरि, माछापुच्छे लगायत हिमशृंखला अवलोकन गरिरहेका छन्। 

विश्व पर्यटन बजारमा ख्याति कमाएको प्याराग्लाडिङलाई विदेशीले एउटा अवसरको रूपमा लिने गरेकाले समेत जथाभावी उडान गर्ने गरेको नेपालका पहिलो व्यावसायिक प्यारापाइलट राजेश बमजनको बताए। ‘सीप छ भन्दैमा बिनाअनुमति जहाँ पनि उडान गर्न मिल्दैन, निषेधित क्षेत्रमा त अनुमति पाउनै मुस्किल हुन्छ,’ बमजनले भने।

उनले घुम्न गएका विदेशीले रमाइलोका लागि उडान गर्दा दुर्घटनामा ज्यानै गुमाउने र गम्भीर घाइते अवस्थामा उद्धार समेत गरिएको बताए। लाइसेन्स प्राप्त प्यारापाइलटले समेत शिकार आरक्ष, निकुञ्ज, सुरक्षा निकायका साथै राज्यले जोखिम र संवेदनशील मानेको क्षेत्रमा उडान गर्न नमिल्ने बताए।

हावाको चाप र अन्य भौगोलिक हिसाबले प्याराग्लाडिडका लागि उपयुक्त भएका क्षेत्रमा पर्यटन व्यवसायीको आग्रहमा अनुमति लिएर निश्चित समयका लागि भने उडान गर्न सकिने उनले बताए।

प्याराग्लाडिङको परीक्षण उडानका लागि टेकअफ गर्ने स्थान र ल्यान्ड गर्ने जमिनको पहिचान नगरी उडान गर्नेहरू दुर्घटनामा परेर उद्धार गरिएकाले सचेत हुनुपर्ने प्यारापाइलट बमजनको भनाइ छ। यता म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले प्रहरी र प्रशासन कार्यालयले सोको अनुमति दिन नमिल्ने बताए। उनले सम्बन्धित निकायबाट अनुमति लिएपछि जिल्लामा समेत जानकारी गराउनुपर्ने बताए। ‘ताकममा प्रहरीले कारवाही गरेको छ, जहाँ देखे पनि सूचना पाए त्यहीँ पुगेर अनुसन्धान गर्छौं,’ प्रनाउ राईले भने।
अर्को समाचार
गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए
१७ फागुन २०८०
•
२ मिनेट पाठ
गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए
म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्रमा पुगेका छन्। गाउँपालिकाको केन्द्र मुनाबाट समुद्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जाका बालबालिकालाई लगाउने खोप बोकेर करिब नौ घन्टाको पैदल यात्रा परी गुर्जा पुगे।




म्याग्दी जिल्लाको अति विकटमा पर्ने कार्यालय सहयोगी छन्त्यालले पदैलमार्गमा हिमपातले अन्य दिनभन्दा समय लागेको बताए। ‘खोपलाई सुरक्षित साथ गुर्जामा पुर्‍याउनुपर्ने थियो, हिउँमा यात्रा गरी खोप सुरक्षित गरिकाले स्वास्थ्य चौकीमा पुर्‍याए’ स्वास्थ्य चौकीका सहयोगी छन्त्यालले भने।

उनले आफ्नो जिम्मेवारीअनुसार समयमै खोप गुर्जामा पुर्‍याएको बताए। हिउँ छिचोल्दै खोप केन्द्रमा पुगेपछि बुधबार समयमै खोप सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए।  

गुर्जामा ९ महिनादेखि ५ वर्ष उमेर समुहका ४० बालबालिकामा एकजना बिरामीबाहेक सबैले खोप लगाएका छन्। जिल्लाका ६ वटै स्थानीय तहमा प्रतिशतका आधारमा सबैभन्दा धेरै ९७.५ प्रतिशत बालबालिकाले खोप लगाएका छन्। एउटै बस्तीमा रहेको वडाबासीले सचेतनामूलक अभियानसमेत सञ्चालन गरेकाले सहज भएको थियो।

यता अभियानको पहिलो दिन बुधबार १७ सय बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ। बुधाबारदेखि सुरु भएको दादुरा–रुवेला रोगविरुद्धको खोप अभियानको पहिलो दिन १७ सय ७७ जना बालबालिकालाई लगाइएको हो।

पहिलो दिनको खोप कार्यक्रममा म्याग्दीभर उत्साहजनक सहभागिता भएको र खोपकै कारण बालबालिकामा असामान्य स्वास्थ्य असर नदेखिएको स्वास्थ्यकर्मीले बताएका छन्।

आगामी फागुन २१ सम्म सञ्चालन हुने खोप अभियानअन्तरगत ६ वटै स्थानीय तहमा सबैभन्दा धेरै जिल्लाको अति विकट मानिने धवलागिरि गाउँपालिकाका बालबालिकालाई खोप लगाएको छ। धवलागिरिमा ४७.१ प्रतिशत बालबालिकामा पहिलो दिन नै खोप लगाएको छ।

त्यसैगरी बेनी नगरपालिकाले २८.४ प्रतिशत, अन्नपूर्णले २५.३ प्रतिशत, मालिका २५ प्रतिशत, रघुगंगा गाउँपालिकाले १८.६ प्रतिशत र मंगला गाउँपालिकलो १७.२ प्रतिशत बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालयद्वारा जारी विवरणमा उल्लेख छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस