प्याराग्लाइडिङः यूरोपदेखि पाइलट आए, तर उड्न पाएनन्
१५ कार्तिक २०७९
•
६ मिनेट पाठ
प्याराग्लाइडिङः यूरोपदेखि पाइलट आए, तर उड्न पाएनन्
पोखरामा प्याराग्लाइडिङ गर्दै सोलो पाइलट। तस्बिरः उमेश पुन/नागरिक
स्पेनदेखि आएका एक जना प्याराग्लाइडिङ पाइलट केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को पोखरास्थित कार्यालयमा तीन घन्टासम्म बसे। ती विदेशीले प्राधिकरणमा तीन घण्टा बिताउनुको कारण थियो–प्याराग्लाइडिङ उडानको अनुमति लिनु।




तर, प्राधिकरणले पोखराको सराङकोट क्षेत्रमा अहिले प्याराग्लाइडिङको सोलो (एकल) उडान बन्द गरिदिएको छ। यहाँको आकाशमा अहिले प्याराग्लाइडिङको टेण्डम (व्यवसायिक) उडानको अनुमति मात्र प्राधिकरणले दिएको छ।

सोलो उडान बन्द भएको थाहा नपाएका ती स्पेनी पाइलट प्राधिकरणमा अनुमति लिन पुगेका थिए तर, उनलाई प्राधिकरणले अनुमति दिएन। उड्ने अनुमति नपाएपछि निराश भएर ती पाइलट फर्किएका थिए। यहाँको आकाशमा अहिले प्राधिकरणले प्याराग्लाइडिङको सोलो उडान बन्द गरिदिँदा स्पेनी जस्ता धेरै पाइलट मर्कामा परेका छन्।

पोखराको अकाशमा उड्नकै लागि भनेर यूरोपदेखि आएका धेरै विदेशी पाइलट अहिले पोखरामा रोकिएको यहाँका व्यवसायीले बताएका छन्। सराङकोटको आकाशमा व्यवसायिक बाहेक अन्यखालका कुनैपनि उडान गर्न नपाउने गरि नेपालको हवाई सेवाको नियमनकारी निकाय प्राधिकरणले प्रतिबन्ध लगाएको छ।

असोज ३० गते मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्राधिकरणले सराङकोटको आकाशलाई व्यवसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने गरी सोलोलाई प्रतिबन्ध लगाएको हो। तर, त्यसको अप्ठेरोमा विदेशी पाइलट परेका छन्। जो पोखराकै आकाशमा उड्ने गरी ग्लाइडर बोकेर यूरोपदेखि आएका छन्।  

‘पोखराको आकाशमा सोलो उडान गर्नकै लागि भनेर १०–१२ जना विदेशी पाइलट आइसकेका छन्। तर, उनीहरु उड्न पाएका छैनन,’ नेपालकै पहिलो प्याराग्ग्लाइडिङ पाइलट राजेश बमजन भन्छन्, ‘उड्नै भनेर यूरोपदेखि आएका उनीहरु पर्खेर बसेका छन्। तर, प्राधिकरणले अनुमति दिएको छैन। ती पाइलट निराश छन्। कतिपयको पाइसकेको उडान अनुमति पनि रद्द भएको।’
बमजनका अनुसार पोखरा अरुखाले पाहुनाका लागि पछिल्लो समय ट्रान्जिट मात्र बनेको छ। तर, लामो समय बस्ने पाहुना भनेकै प्याराग्लाइडिङका पाइलट हुन्। ती पाइलट कम्तिमा २ हप्तादेखि २ महिनासम्म बस्छन्। उनीहरु उड्दा सरकारलाई राजश्व तिर्छन् भने रेस्टुरेन्ट, होटल पनि चलायमान बनाउँछन्। तर, अहिले सोलो उडानलाई विकल्प बिना बन्द गराउँदा त्यसको मार परेको उनले बताए।

‘टेण्डम जस्तै सोलोलाई पनि व्यवस्थापन गर्नुपर्नेमा राज्य चुकेको हो। सोलोलाई व्यवस्थापन गर्नेबारे कसैले सोचेन। व्यवसायिक उडान बाहेक सोलोलाई प्याराग्लाइडिङ उडान नै ठानिएन,’ उनले भने, ‘सोलो उडान बन्द नकारात्मक सन्देश गएको छ, पर्यटनमा उस्तै नोक्सान पुगेको छ।’

उनका अनुसार नेपालमा उड्न नपाउने सन्देश पाएका कतिपय विदेशी अहिले भारतको हिमाञ्चल प्रदेशको धरमशालाको नजिकको आकाशमा उड्न पुगेका छन्। जहाँ सयौंको संख्यामा सोलो उडान हुने गरेको छ। ‘पर्यटक आउने पिक सिजनमा यहाँ प्याराग्लाइडिङ पाइलटलाई उड्न रोकियो। यसको मार प्याराग्लाइडिङ मात्र नभइ पर्यटनका सबै क्षेत्रमा पर्छ। प्याराग्लाइडिङलाई मात्र नभइ सबैलाई घाटा छ,’ उनले भने, ‘कम्तीमा दुई साता बस्दा यहाँ ती पाइलटले केही रकम त खर्च गर्थे, तर खर्चनै नपाइ फर्किने अवस्था आएको छ।’  

सराङकोटको आकाश साँघुरो भयो भन्दै अन्यत्र पठाउँदा पाहुना जान नमान्ने उनले बताए। सबैतिर उचित व्यवस्थापन नहुँदा पाहुना जान नमान्ने उनले बताए। ‘आकाशमा उड्ने भनेर मात्र हुँदैन, उचित सुरक्षासहित खानपिन र बसोबास तथा पहुँचको राम्रो व्यवस्थापन हुनुपर्छ,’ उनले भने। उनका अनुसार पोखराको प्याराग्लाइडिङको प्रवर्द्धन विदेशी सोलो पाइलटले गरेका हुन्। पोखरामा प्याराग्लाइडिङको सुरु सोलोबाट हुँदै व्यवसायिकतामा उक्लेको हो। तर, अहिले सोलोलाई नै व्यवस्थापन नगर्दा नेपालबारे नराम्रो सन्देश गएको उनले बताए।

‘प्याराग्लाइडिङमा सोलो उडान बिना ‘चार्म’ आउँदैन। टेण्डमसँगै सोलोलाई पनि तत्कालै व्यवस्थापन गरेको भए हुन्थ्यो। व्यवसायिक उडानको समय छुट्याएर सराङकोटको आकाश केही समय सोलोलाई दिन सकिन्छ,’ बमजन भन्छन्, ‘हाल टेण्डम उडान हुने सराङकोट र तोरीपानी बाहेक नजिकैका मान्द्रेढुंगा र ढिकीडाँडामा सोलो उडान अनुमति दिन सकिन्थ्यो।’  
ठूलो खर्च गरेर प्याराग्लाइडिङ उड्न आउने पर्यटक प्रकृतिप्रेमी हुने र उनीहरु प्रकृति  नियाल्न आउने भएकोले यो अवरोधले ती विदेशीको मन दुखेको उनले सुनाए। ‘पैसा खर्च गर्छु भन्दा पनि प्रतिबन्ध लगाएका हौ। यो सिजनमा २–३ सय जना यस्ता पाइलट आउने गरेका थिए। यो सिजन विदेशीका लागि उपयुक्त भएपनि रोकिँदा मार परेको छ,’ उनले भने, ‘पर्यटनको सबै क्षेत्रले आम्दानी गुमाएको छ।’

त्यसबाहेक पाइलटले आफ्नो क्षमता अभिवृद्धि गर्न सोलो उडान गर्नुपर्ने भएपनि सोलोका लागि व्यवस्थापन जरुरी रहेको उनले बताए। प्याराग्लाइडिङ पाइलटहरुका अनुसार अक्टोवर र नोभेम्बरमा नेपाल प्याराग्लाइडिङ उडानका लागि सबैभन्दा राम्रो समय मानिन्छ। यो सिजनमा उड्नकै लागि भनेर विदेशीहरु ग्लाइडरको झोला बोकेर टाढाटाढादेखि आउँछन्।

तर, अहिले आएका पाहुना पनि उड्न नपाएको पाइलट क्लवका अध्यक्ष बिमल पहारी बताउँछन्। पहारी भन्छन्, ‘पोखरा आसपासका क्षेत्रमा तत्कालै यसलाई व्यवस्थित गर्नुपर्छ। प्याराग्लाइडिङलाई हामीले खेल र व्यवसाय सोच्यौ, तर प्राधिकरणले खेलको रुपमा हेरेन, व्यवसाय मात्र देख्यो। नेपालको प्रडक्ट भन्ने नै बिर्सियौं।’

उनका अनुसार यसरी आउने प्याराग्लाइडिङका यस्ता पाइलटहरु पोखरामा लामो समय बिताउँछन्। प्राधिकरणसँग अनुमति लिएर उड्छन्। होटल बस्ने र रेस्टुरेन्टमा खानपिन गर्दा ठूलो रकम खर्चन्छन्। तर, त्यो सबै भुलेर सोलोलाई प्रतिबन्ध लगाइएको गुनासो अध्यक्ष पहारीको छ।

उनका अनुसार तोरिपानी र सराङकोटको आकाश व्यवसायिक उडानका लागि उपयोग गर्ने भए नजिकैको मान्द्रेढुंगा र ढिकीडाँडा सोलो उडानका लागि उपयुक्त छ। मान्द्रेढुंगा फेवाताल माथि पर्छ। ढिकीडाँडा पोखरा–१६ को अर्मला माथिको आकाश हो।

‘मान्द्रेढुंगा र ढिकीडाँडा सोलो उडानका लागि उपयुक्त ठाउँ हो। लामो समय उड्न मिल्ने भएकोले उपयुक्त छ। त्यसबारेमा तत्कालै अध्ययन गरेर सोलोका लागि उडान खुलाउनुपर्छ,’ पहारी भन्छन्, ‘पोखराको आकाशमा उड्नकै लागि भनेर आएका पाहुनालाई निराश बनाउनुहुँदैन। अहिले उड्नै नपाई फर्केका विदेशी आगामी दिनमा नआउन पनि सक्छन्। यसले नेपालको पर्यटनमा झनै मार पार्छ।’  

पहारीका अनुसार सराङकोटको आकाशमा चाप भएपनि प्याराग्लाइडिङलाई सोलोले चिनाएकोले व्यवस्थापन जरुरी छ। ‘टेण्डम मात्र गरेको भए त नेपालले मेडल नै ल्याउँदैनथ्यो। सोलोलाई पनि ठाउँ दिनु पर्दथ्यो। यो बेला विदेशी आउने समय हो,’ उनले भने। सन् २०१८ मा इन्डोनेशियामा भएको १८ औँ एशियन गेममा नेपालले प्याराग्लाइडिङमा पहिलो सहभागीतामै क्रसकन्ट्रि (टीम इभेन्ट)मा रजत पदक जितेर नाम उचो बनाउन सफल भएको थियो। राज्यले मेडल बिर्सेको उनले बताए।  
प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार व्यवसायीको शिफारिसमा प्राधिकरणले सोलोका लागि ठाउँ तोक्ने हो। पोखरा नजिकैका क्षेत्रमा सोलो उडानका लागि ठाउँ खोज्नुपर्ने उनले बताए। सोलोका लागि मंसिरभित्र एयरस्पेस छुट्टिने उनले बताए।

‘व्यवसायिक र एकल उडान एकै ठाउँ हुँदा भीडभाड बढेर व्यवसायिकमा अप्ठेरो परेको हो। तर, पोखरा नजिकको कुनैपनि ठाउँमा सोलो उडानका लागि तुरुन्त विकल्प दिनुपर्छ। सोलो पाइलटले नै पोखराको प्याराग्लाइडिङ चिनाइदिएका हुन्। अहिले उनीहरुलाई नै ठाउँ छैन,’ भण्डारीले भने, ‘तत्कालै व्यवस्थापन जरुरी छ। यो समयमा उड्नकै लागि विदेशी पाइलट आउने भएकोले पनि व्यवस्थापन गर्नुपर्छ।’

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने विदेशी पाइलटले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति लिनुपर्छ । प्राधिकरणले १५ दिनको ५ हजार रुपैयाँ लिएर अनुमति दिन्छ। १५ दिन कटेमा पुन अनुमति लिनुपर्छ। अनुमति लिन जाँदा विदेशी पाइलटले कुनैपनि प्याराग्लाइडिङ कम्पनि मार्फत जानुपर्छ। किनकी पाइलटले कम्पनिकै टेकअफ र ल्याण्डिङ क्षेत्र उपयोग गर्नुपर्छ।  

‘अहिले सोलो बन्द हुँदा धेरै विदेशी पाइलट उड्न पाएका छैनन्। अनुमति चाहियो भन्दै प्राधिकरणमा आउँछन्, तर, नपाएपछि निराश छन्,’ प्राधिकरणका पोखरास्थित एकजना अधिकारी भन्छन्, ‘यसले पोखराको प्याराग्लाइङि र समग्र नेपालको पर्यटनबारे नराम्रो सन्देश गएको छ।’ प्राधिकरणबाट अनुमति नपाएपछि अनुमति बिना नै उड्ने भनेर विदेशी झर्किने गरेको पनि ती अधिकारीले बताए।  
अर्को समाचार
प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन
२६ पौष २०७९
•
४ मिनेट पाठ
प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन
पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ । फाइल तस्बिरः नागरिक
झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि अझै सुचारु भएको छैन।  




सोलो उडान बन्द हुँदा प्याराग्लाइडिङ पाइलटले अभ्यास गर्न पाएका छैनन्। त्यसबाहेक सोलो उडानकै लागि भनेर आएका विदेशी पाइलट पनि उड्न नपाएको व्यवसायीको गुनासो छ। प्याराग्लाइडिङ क्षेत्रमा प्रवेश गरेका पाइलटले थप अनुभव बटुल्नका लागि सोलो उडान गर्नुपर्छ। तर, प्राधिकरणले अहिले सोलो उडानका लागि ठाउँ तोकिदिएको छैन। गत असोज ३० गते मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएकोमा पछि व्यवसायिक (टेण्डम) उडान भने खुलाइएको थियो। तर, सोलोका लागि भने ठाउँ नभएको भन्दै उडान सुरु हुन सकेको छैन।  

प्राधिकरणले मात्र नभई स्वयं प्याराग्लाइडिङ व्यवसायीले पनि सोलो उडानका लागि उपयुक्त भनेर निश्चित ठाउँ तोक्न सकेका छैनन। प्राधिकरणले सोलो उडानका लागि उपयुक्त हुने ठाउँ तोक्ने जिम्मा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)लाई दिएको थियो। ना ले पूर्व अध्यक्ष राजेश बमजनको अध्यक्षतामा अध्ययन टिम तयार पारेर सोलो उडानका लागि उपयुक्त ठाउँ शिफारिस गर्न लगाएको थियो। तर, त्यो टिमले पनि उपयुक्त ठाउँ पहिचान गर्न सकेको छैन।  
सोलो उडान बन्द हुँदा कतिपय विदेशी पाइलटले उड्न पाएका छैनन भने प्याराग्लाइडिङ उडान क्षेत्रमा प्रवेश गर्ने नयाँ पाइलट उत्पादनमा पनि असर पर्ने व्यवसायीको गुनासो छ। प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार सोलो फ्लाइटका लागि अहिले कतै पनि उड्ने ठाउँ छैन। उनका अनुसार यसअघि पोखराको सराङकोट आकाशमा प्याराग्लाइडिङको सोलो र टेण्डम (व्यवसायिक) उडान हुँदै आएको थियो। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जनवरी १ देखि प्याराग्लाइडिङको व्यवसायिक उडान भने सराङकोटबाट हटेर मान्द्रेढुंगा सरेको छ। तर, सोलो उडानको लागि भने अझै ठाउँ यकिन नभएको उनले बताए।  

‘सोलो उडानको ठाउँ पहिचान गरेर शिफारिस गर्न प्राधिकरणले ना लाई भनेको हो। हामीले पनि त्यही अनुुसार अध्ययन टिम बनाएका हौ, तर, अहिलेसम्म ठाउँ यकिन हुन सकेको छैन। कुन ठाउँ उपयुक्त हुन्छ भनेर भन्न सकिएको छैन,’ भण्डारीले भने, ‘पोखरामै प्याराग्लाइडिङ उडान रहने वा नरहने भन्ने अन्योल रहिरहँदा पनि यो कामले गति लिएन। त्यसबाहेक उपयुक्त ठाउँ पहिचान गर्न पनि सकिएको छैन।’

भण्डारीका अनुसार स्याङजाको पुतलीबजार र स्वरेक मैदानमा उपयुक्त हुन सक्ने भनेर प्रस्ताव गरिएको पनि हो। त्यस्तै कास्कीको माछापुच्छ«े गाउँपालिकाको घाचोक पनि सम्भावित ठाउँको रुपमा रहेको भनेर स्थानीयस्तरबाट शिफारिस भएपनि त्यसबारे टुंगो लागिनसकेको उनले बताए। ‘हवाई सुरक्षाका दृष्टिले पनि जहाँ पायो त्यहाँ उडान हुने कुरा रहेन,’ उनले भने। ना ले गठन गरेको टिमले अध्ययन गरेर प्रतिवेदन दिने र त्यही प्रतिवेदन प्राधिकरणमा पेश गर्ने भनेपनि अझै टुंगो नलागेको उनले बताए। ‘सोलो पाइलट ठाँउ नपाउँदा उड्न पाएका छैनन। त्यसबाहेक सोलो उडान गरेर अवधि बढाउने पाइलट पनि बञ्चित भएका छन्। तरपनि सोलो उडानका लागि यही ठाउँ पक्का भनेर भन्न सकिएको छैन,’ उनले भने।  

ना को तर्फबाट गठिन अध्ययन समितिका संयोजक राजेश बमजनले पनि प्याराग्लाइडिङ नै पोखरामा रहने वा नरहने भन्ने व्यवसायिक अन्योलले गर्दा अघि बढ्न नसकेको बताए। ‘प्याराग्लाइडिङमा पोखरामै रहने त भयो, तर, सराङकोट र तोरीपानीबाट हटेपछि सोलोका लागि नयाँ ठाउँ तोक्नेबारे ‘वर्कआउट’ हुनसकेको छैन,’ बमजनले भने। बमजनका अनुसार प्राधिकरणले प्याराग्लाइडिङ उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १० नटिकल माइल बाहिर मात्र उड्न पाउने भनेकोले पनि उपयुक्त ठाउँ पाउन सकस भएको उनले बताए।

‘१० नटिकल माइल भन्दा बाहिर जाँदा पहुँचयुक्त ठाउँ देखिएको छैन। तरपनि खोजी गरिरहेका छौ। पोखराभित्र सम्भव देखिएको छैन,’ उनले भने, ‘आउजाउका लागि सहज र खानपिन तथा बसोबासका लागि पनि उपयुक्त ठाउँ हुनुपर्छ। तर, टाढा जानुपर्दा सहज छैन।’ १० नटिकल माइल भन्दा बाहिर खोज्नुपर्ने भएपछि बढी अन्योल भएको उनले बताए।  
‘हामीले नै उपयुक्त ठाउँ शिफारिस गर्न सकेका छैनौ। अध्ययन नै नगरि प्रस्ताव मात्र गरेर भएन। कहाँ कसरी गर्ने भनेर टुंगो लगाउन सकिएन,’ उनले भने, ‘कतिपय उपयुक्त भनिएका ठाउँले पहिले नै कुनै रुपमा अनुमति पाइसकेका छैन। स्याङजाको स्वरेक मैदान प्याराग्लाइडिङ स्कुलका लागि हो। त्यस्तै अरु ठाउँले व्यवसायिक रुपमा उडानका लागि अनुमति पाएका छन।’ सोलो उडानका लागि भनेर अहिलेसम्म कतैपनि अनुमति नपाएको र ठाउँ नतोकिएको उनले बताए।  

अहिले सोलो उडान गर्न नपाउँदा प्राधिकरणलाई पनि राजस्व घाटा उनले बताए। उनका अनुसार एकल  उडानका लागि आउने विदेशी पाइलट पोखरामा २ सातासम्म बसेर उडान गर्दथे। तर, अब भने उनीहरुले उडान गर्न नपाएको उनले बताए। ती विदेशीले शुल्क तिरेर उड्ने गर्दथे। त्यसबाहेक टेण्डम उडान गर्ने पाइलटले पनि अनुभव बढाउनका लागि फुर्सदको समयमा एक्लै गएर उड्ने गरेकोमा अहिले त्यो अवसर पनि गुमेको उनले बताए।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस