कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी विद्युत् लाइन विस्तारमा भेरीगंगा नगरपालिकाका स्थानीयले अवरोध गरेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका –१० का स्थानीयले गाउँकै बीचबाट १ सय ३२ केभी लाइन लैजान लागेको भन्दै उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै अवरोध गरेका हुन्।
कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण आयोजनाले आफ्नो घर तथा जग्गा लैजाने भन्दै स्थानीय आन्दोलित भएका छन्। अनुमतिबिना आफ्नो जग्गामा विद्युत् प्रसारण टावर राख्न लागिएको भन्दै त्यसको डटेर सामना गर्ने आयोजना पीडितले बताए।
भेरीगंगा नगरपालिकामा १ सय २० घर टावर बनाउँदा प्रभावित हुने स्थानीय बताउँछन्। हामीले स्थानीयदेखि केन्द्रसम्म क्षतिपूर्तिका लागि धाउँदासमेत सुनुवाइ नभएपछि संघर्ष समिति बनाएर आन्दोलन गर्नुपरेको पीडित पूर्णबहादुर नेपालीले बताए।
‘हामीले हाम्रो क्षमताले भ्याएसम्म हारगुहार गर्यौं। मागहरू सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलित छौं,’ पीडित नेपालीले भने, ‘आफूहरूले जग्गाको मूल्य निर्धारणसमेत गरेकाले त्यहीअनुसार क्षतिपूर्ति दिनुपर्छ।’ आयोजनाको स्थान र बाटो परिवर्तनका विकल्पसमेत दिएको पीडित ललितबहादुर रोकायले बताए। ‘पहिलो वैकल्पिक स्थानबाट आयोजनाले काम गरोस् भन्ने हो,’ पीडित रोकायले भने, ‘६ महिनादेखि आफूहरू समस्या र मुआब्जाका लागि लागिपरेका छौं।’ स्थानीय वीरबहादुर बस्नेतलले आयोजनाले सुटुक्क इआइए गरेर आफूहरूले दुःख गरेर कमाएको बास र जग्गा पनि सरकारले लगे हाम्रो अवस्था सुकुम्बासी हुने बताए।
सिडियोको अध्यक्षतामा चलनचल्तीको रेटअनुसार जग्गाको मुआब्जा दिइने र स्थानीयसँग छलफल भइरहेको कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण आयोजनाका प्रोजेक्ट मेनेजर रवि चौधरीले बताए। ‘आयोजना निर्माणका लागि प्रक्रिया चलिरहेको बेला स्थानीयले टावर सार्ने माग गर्नुभएको छ।
सर्वेदेखि इआइएसमेत भइसकेकाले टावर सार्न सकिँदैन,’ आयोजनाका प्रोजेक्ट मेनेजर रवि चौधरीले भने, ‘स्थानीयसँग धेरै चरणमा कुरा भएका र मुख्यतः मुआब्जाको कुरा भएकाले चलनचल्तीको रेट दिइनेछ।’ टावर कहाँ कहाँ राख्ने त्यसको फाइनल भएपछि कति परिवारले मुआब्जा पाउने भन्ने फाइनल हुने उनले बताए।
टावरको बीच सेन्टरबाट दायाँबायाँ ९ मिटरसम्मको जग्गा अधिकरण हुनेछ। बाँकेको बैजनाथ गाउँपालिका १ र ४ वडामा र निकुञ्जभित्र प्रसारण लाइन विस्तारमा समस्या छ। ७० करोड लागतमा २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि प्रसारण लाइन विस्तार गर्दा निकुञ्ज र वन पर्ने भएकाले क्याबिनेटमा पुगेकाले समय लाग्ने म्यानेजर चौधरीले बताए।