गत आईतबार देखिको वर्षाले लुम्बिनी प्रदेशमा साढे चार अर्ब रुपैयाँ बराबरको धान नोक्सानी पुर्याएको छ। प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिज्ञप्ती जारी गर्दै वर्षाका कारण प्रदेशमा ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको धान नष्ट भएको जनाएका छन्।
उनका अनुसार ३६ हजार ४ सय ८० हेक्टरमा काटेर खेतमै राखिएको धान र ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलमा नकाटिएको धान गरि १ लाख ६१ हजार २ सय २३ मेट्रिक धान नष्ट भएको छ। यस्तै मुख्यमन्त्री केसीले पीडित किसानहरुलाई राहत प्याकेज घोषणा गरेका छन्।
‘प्रदेश सरकारको तर्फबाट राहत प्याकेजको घोषणा सहित किसानहरुलाई परेको समस्या प्रति प्रदेश सरकार हातेमालो गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु,’ मुख्यमन्त्री केसीले बिज्ञप्तीमा भनेका छन्।
यसैगरि बर्दियाको राजपुर नगरपालिकाका १ हजार २७ र गेरुवा गाउँपालिकाका २ सय १० घर परिवार गर कुल १ हजार २ सय ३७ घरपरिवार प्रभावित भएको मुख्यमन्त्री केसीको बिज्ञप्तीमा उल्लेख छ। प्रभावित तथा बिस्थापितहरुलाई सुरक्षित स्थानमा राखिएको पनि जनाईएको छ।
उनका अनुसार ३६ हजार ४ सय ८० हेक्टरमा काटेर खेतमै राखिएको धान र ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलमा नकाटिएको धान गरि १ लाख ६१ हजार २ सय २३ मेट्रिक धान नष्ट भएको छ। यस्तै मुख्यमन्त्री केसीले पीडित किसानहरुलाई राहत प्याकेज घोषणा गरेका छन्।
‘प्रदेश सरकारको तर्फबाट राहत प्याकेजको घोषणा सहित किसानहरुलाई परेको समस्या प्रति प्रदेश सरकार हातेमालो गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु,’ मुख्यमन्त्री केसीले बिज्ञप्तीमा भनेका छन्।
लुम्बिनीमा एकको मृत्यु, १२ सय घरपरिवार प्रभावित
यस्तै लगातार तीन दिनको झरीक कारण लुम्बिनीमा १ को मृत्यु भएको छ भने १ हजार २ सय ३७ घर परिवार प्रभावित भएका छन्। प्रदेश मुख्यमन्त्री केसीले जारी गरेको बिज्ञप्ती अनुसार प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ निवासी देबिसरा कार्किको खोलाले बगाउँदा मृत्यु भएको छ।यसैगरि बर्दियाको राजपुर नगरपालिकाका १ हजार २७ र गेरुवा गाउँपालिकाका २ सय १० घर परिवार गर कुल १ हजार २ सय ३७ घरपरिवार प्रभावित भएको मुख्यमन्त्री केसीको बिज्ञप्तीमा उल्लेख छ। प्रभावित तथा बिस्थापितहरुलाई सुरक्षित स्थानमा राखिएको पनि जनाईएको छ।