गाउँगाउँमा सडक, हरेक वडामा नमुना कृषि ब्लक
२४ असोज २०७८
•
३ मिनेट पाठ
गाउँगाउँमा सडक, हरेक वडामा नमुना कृषि ब्लक
जुम्लाको हिमा गाउँपालिका भित्रका सबै गाउँमा सडक पुगेको छ। अहिले गाउँमै दैनिक उपभोग्य वस्तु लिएर मालबहाक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीय बताउँछन्। गाउँपालिका भित्रका २८ वटा गाउँमा दुई गाउँमा मात्र सडक पुग्न सकेको छैन। ती दुई गाउँमा सडक जोड्न यो वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको छ।




हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही पहिलो बर्ष सडकलाई प्राथमिकता दिइएको बताउँछन। उनले भने,‘सबै गाउँमा सडक पुगे। मालबहाक गाडी पनि पुगेका छन।यहाँको उत्पादित अन्न, जडिबुटी पनि गाउँबाटै जाने गरेका छन्। स्थानीय सरकारको यो पहिलो उपलब्धि हो। सडक गाउँगाउँमै पुगेपछि हिमा गाउँपालिकाले वडामा उत्पादन हुने बस्तु अनुसारको कृषि ब्लक स्थापना गरेको छ। वडा नं. १ मा धान ब्लक छ। बाख्रा पालनलाई प्रोत्साहित गरिएको छ। दुई वडालाइ अलुसन ब्लकका रुपमा स्थापित गरिएको छ। यहाँ चरनक्षेत्र बढि भएकोले भेडाफर्र्ममा पनि जोड दिइएको छ। वडा नंम्बर ३ मा पोषण ब्लक छ। यहाँ पोषिलो तरकारी खेतिका साथै भेडाबाख्रा पानमा लगानी गरिएको छ। ४ मा आलु पकेट क्षेत्र बनाइएको छ। यहाँ घरेलु उद्योग समेत सञ्चालनमा छ।  

५ नम्बर वडा स्याउ पकेट क्षेत्र हो। यहाँ बाख्रा पालनमा लगानी गरिएको छ। निगालो प्रशोधन उद्योग सञ्चालनमा छ। यहाँबाट ढाकाका विभिन्न कपडा बुनेर निर्यात भइरहेको छ। मोजा र पञ्जा बुनिन्छ। ६ मा मौरीपालन,भेडाबाख्रापालन र सिँचाइका क्रियाकलाप छन। ७ नम्बर वडामा भेडाबाख्रा पालन,सिँचाइ र कृषि ब्लवकका रुपमा राखिएको छ। हरेक वडामा कृषि ब्लक स्थापना भएपनि किसान पनि हौसिएका छन्। हिमामा हरेक विद्यालयमा भौतिक संरचना निर्माण भएका छन्। यहाँका २२ विद्यालयमा शैक्षिक सुधारका क्रियाकलाप भइरहेका छन्। शैक्षिक सामाग्रीको व्यवस्थापन र रिक्त दरबन्दीमा शिक्षक नियुक्ती लगायतका बिषयमा पहल भइरहेको छ।  

यो गाउँ पालिकामा एक आवाशिय विद्यालय खोलिएको छ। त्यहाँ ५५ जना असाहय बालबालिका अध्ययनरत छन। त्यो विद्यालयमा ३ जना शिक्षक राखिएको छ। तीन जना व्यवस्थापक छन्। घरपरिवारबाट बहिस्कृत बालबालिकालाई आवाशिय सुविधा सहित पठनपाठन भइरहेको छ। यो गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र छ। दुई बर्थिङ सेन्टर छन्। सबै वडामा स्वास्थ्य क्लिनिक छन। आवश्यक पर्ने भवन,औषधि उपकरण र जनशक्ति फुलफिल छन्। स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता बढाईएको छ।  

हरेक बस्तीमा बिजुली पुर्याउन थालिएको छ। यो गाउँपालिकामा खागलखोला, भित्रिखोला, ओदीघाट, मालुवा फ्डका गरेर चारवटा साना जलविद्युत सञ्चालनमा छन्। हिमा हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ। यही वर्षभित्र बिजुलीले गाउँपालिका नै झिलिमिली हुने अध्यक्ष शाही बताउँछन्। चार वटा झोलुङगे र ट्रसपुल निर्माण भइसकेका छन्। नाग्म र जोगिवाडामा पक्की पुलको पहल भइरहेको छ। यहाँका अधिकांस वडा हिलोमुक्त भइसकेका छन। सबै गाउँमा एक घर एक धाराको शुरुवात गरिएको छ।  

भेडाबाख्रापालनलाई मध्ये नजर गर्दै भेडीगुवालालाई पाटनमा खर्क निर्माण भएका छन्। विपदमा परेका बिरामीलाई १० हजार रुपैयाँ र घर तथा बाटो भत्केका परिवारलाई १० हजार रुपैयाँ राहत दिने गरिएको छ। गाउँपालिका भित्रका अति विपन्न ४ सय परिवारलाई रोजागारी सिर्जना गरिएको छ। गाउँपालिका अध्यक्ष शाही यो साढे चार वर्षे अवधिमा निकै राम्रो काम भएको दाबी गर्छन्। उनले भने,’हामीलाई उपलब्ध भएको साधनस्रोत मुताविक निकै सन्तोषजनक कार्य गरेका छौँ। यहाँको आवश्यकता र माग अनुसारका कार्यक्रम ल्याउन सफल भएका छौँ।’ कृषि,स्वास्थ्य,शिक्षा,रोजगारका सवालमा निकै उपलब्धि हासिल भएको उनले बताए। ‘जति काम गरेपनि जस त पाइदैन। तर स्थानीय सरकारले गर्नु पर्ने काम गर्न सकेका छौँ,’अध्यक्ष शाहीले भने। 
अर्को समाचार
गाउँगाउँमा सडक, हरेक वडामा नमुना कृषि ब्लक
२५ असोज २०७८
•
३ मिनेट पाठ
गाउँगाउँमा सडक, हरेक वडामा नमुना कृषि ब्लक
जुम्लाको हिमा गाउँपालिकाभित्रका सबै गाउँमा सडक पुगेको छ। अहिले गाउँमै दैनिक उपभोग्यवस्तु लिएर मालबाहक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीयको भनाइ छ। गाउँपालिकाभित्रका २८ वटा गाउँमध्ये दुईमा मात्र सडक पुग्न सकेको छैन। ती दुई गाउँमा सडक जोड्न यो वर्ष एक करोड रूपैयाँ विनियोजन गरिएको छ।  




हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही पहिलो वर्ष सडकलाई प्राथमिकता दिइएको बताउँछन। उनले भने,‘सबै गाउँमा सडक पुगे। मालबहाक गाडी पनि पुगेका छन्। यहाँ उत्पादित अन्न, जडिबुटी पनि गाउँबाटै जाने गरेका छन्। स्थानीय सरकारको यो पहिलो उपलब्धि हो। सडक गाउँगाउँमै पुगेपछि हिमा गाउँपालिकाले वडामा उत्पादन हुने वस्तुअनुसारको कृषि ब्लक स्थापना गरेको छ। वडा नं. १ मा धान ब्लक छ। 

बाख्रा पालनलाई प्रोत्साहित गरिएको छ। दुई वडालाई अलुसन ब्लकका रूपमा स्थापित गरिएको छ। यहाँ चरनक्षेत्र बढी भएकाले भेडाफर्ममा पनि जोड दिइएको छ। वडा नम्बर ३ मा पोषण ब्लक छ। यहाँ पोषिलो तरकारी खेतिका साथै भेडाबाख्रा पानमा लगानी गरिएको छ। ४ मा आलु पकेट क्षेत्र बनाइएको छ। यहाँ घरेलु उद्योगसमेत सञ्चालनमा छ।  

५ नम्बर वडा स्याउ पकेट क्षेत्र हो। यहाँ बाख्रा पालनमा लगानी गरिएको छ। निगालो प्रशोधन उद्योग सञ्चालनमा छ। यहाँबाट ढाकाका विभिन्न कपडा बुनेर निर्यात भइरहेको छ। मोजा र पञ्जा बुनिन्छ। ६ मा मौरीपालन, भेडा–बाख्रापालन र सिँचाइका क्रियाकलाप छन्। ७ नम्बर वडामा भेडाबाख्रा पालन, सिँचाइ र कृषि ब्लवकका रूपमा राखिएको छ। हरेक वडामा कृषि ब्लक स्थापना भएपनि किसान पनि हौसिएका छन्।

हिमामा हरेक विद्यालयमा भौतिक संरचना निर्माण भएका छन। यहाँका २२ विद्यालयमा शैक्षिक सुधारका क्रियाकलाप भइरहेका छन। शैक्षिक सामाग्रीको व्यवस्थापन र रिक्त दरबन्दीमा शिक्षक नियुक्तिलगायतका विषयमा पहल भइरहेको छ। यो गाउँपालिकामा एक आवासीय विद्यालय खोलिएको छ। त्यहाँ ५५ जना असाहय बालबालिका अध्ययनरत छन्। त्यो विद्यालयमा ३ जना शिक्षक राखिएको छ। तीनजना व्यवस्थापक छन। घरपरिवारबाट बहिस्कृत बालबालिकालाई आवासीय सुविधासहित पठनपाठन भइरहेको छ।  

यो गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र छ। दुई बर्थिङ सेन्टर छन्। सबै वडामा स्वास्थ्य क्लिनिक छन्। आवश्यक पर्ने भवन, औषधि उपकरण र जनशक्ति उपलब्ध छ। स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता बढाइएको छ।  

हरेक वस्तीमा बिजुली पुर्‍याउन थालिएको छ। यो गाउँपालिकामा खागलखोला, भित्रीखोला, ओदीघाट, मालुवा फ्डका गरेर चारवटा साना जलविद्युत् सञ्चालनमा छन्। हिमा हाइड्रो पावर निर्माणाधीन अवस्थामा छ। यही वर्षभित्र बिजुलीले गाउँपालिका नै झिलिमिली हुने अध्यक्ष शाही बताउँछन्।  

चारवटा झोलुङगे र ट्रसपुल निर्माण भइसकेका छन्। नाग्म र जोगिवाडामा पक्की पुलको पहल भइरहेको छ। यहाँका अधिकांश वडा हिलोमुक्त भइसकेका छन्। सबै गाउँमा एक घर एक धाराको शुरुवात गरिएको छ।  

भेडाबाख्रापालनलाई दृष्टिगत गरी भेडीगुवालालाई पाटनमा खर्क निर्माण भएका छन्। विपदमा परेका बिरामीलाई १० हजार रूपैयाँ र घर तथा बाटो भत्केका परिवारलाई १० हजार रूपैयाँ राहत दिने गरिएको छ।  

गाउँपालिकाभित्रका अति विपन्न ४ सय परिवारलाई रोजागारी सिर्जना गरिएको छ। गाउँपालिका अध्यक्ष शाही यो साढे चार वर्षे अवधिमा निकै राम्रो काम भएको दाबी गर्छन्। उनले भने, ’हामीलाई उपलब्ध भएको साधनस्रोत हुँदाहुँदै पनि निकै सन्तोषजनक काम गरेका छौं। यहाँको आवश्यकता र मागअनुसारका कार्यक्रम ल्याउन सफल भएका छौं।’
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस