चाडपर्वको बेला बाहेक बजार अनुगमन भएन
०७ भदौ २०७८
•
३ मिनेट पाठ
चाडपर्वको बेला बाहेक बजार अनुगमन भएन
अघिल्ला वर्षमा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन हुने गरिए पनि यो वर्ष भने बैतडी बजार अनुगमन गरिएको छैन। उपभोक्ता हित रक्षा र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यको बजार अनुगमन गौरा पर्व नजिक आउँदासमेत हुन नसकेको उपभोक्ताले बताए। 




चाडपर्वको बेला कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण हुने गरे पनि सम्बन्धित निकायले अनुगमनमा चासो देखाएको छैन। अनुगमन नहुँदा कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्री वितरण बढ्न थालेको छ। 

व्यवसायीले उपभोग्य सामग्रीको मूल्य पनि आफूखुसी बढाएका छन्। उपभोक्ताको खाद्य अधिकार सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताए। गुणस्तरहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा असर गर्छ जस्तो गरेर चाडपर्वमा मात्र अनुमगन गर्ने परम्परा हटाउनुपर्ने उनको धारण छ।

बजार अनुमगन पनि सदरमुकाम मात्रे सीमित नराखेर ग्रामीण क्षेत्रमा समेत हुनुपर्ने उनको भनाइ छ। चाडपर्वलाई लक्ष्य गरेर केही दिनमै बजार अनुगमन सुरु गर्ने तयारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र  भारती बताउँछन्। यसअघि निषेधाज्ञाको बेला पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरी ८ लाखको अखाद्य सामग्री बरामद गरी नष्ट गरेको थियो। त्यस बेला २ लाख ८४ हजार राजस्व संकलन भएको बताइएको छ।

बजारमा बिक्री हुने सामग्रीका विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। चाडपर्वमा मात्रै गरिने अनुगमन प्रभावकारी नहुँदा सदरमुकामकै पसलमा म्याद नाघेका चाउचाउ बिस्कुट भेटिने गरेको उपभोक्ताको गुनासो छ। पसलबाट अखाद्य वस्तु बरामद गरे पनि व्यवसायीलाई कारबाही नगर्दा म्याद नाघेका वस्तु बिक्री–वितरण हुने गरेको उपभोक्ताले बताए। गोठालापानी बजारमा धेरै पसल दर्ता नगरी सञ्चालन गरेको समेत अनुगमनका क्रममा भेटिएका छन्।  

म्याद नाघेका वस्तु तराईका बजारबाट पहाड आउँदा समस्या हुने गरेको व्यापारी बताउँछन्। ‘म्याद सकिनै लाग्दा यता पठाउँछन्,’ उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले भने, ‘व्यापारी र ग्राहक जागरुक नहुँदासम्म यस्ता सामग्रीको बिक्री रोक्न समस्या छ।’ नीति–नियम तथा कार्यान्वयन पाटो पनि फितलो छ। फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत गराएर छाड्ने गरिएको उपभोक्ता बताउँछन्।

अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्र समेत ल्याउँदैन। वस्तुको उत्पादन मिति र ब्याच मात्रै हेरेर अनुगमन हुन्छ। एक व्यापारीले अर्कोलाई अनुगमन गर्न टोली आउँदैछ भन्ने सूचना दिँदा कतिपय पसलको अनुगमन नै हुन पाउँदैन। अनुगमन टोली आएको सुइँको पाउनासाथ व्यापारी ढोका थुनेर बस्छन्। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख लेखक चाडपर्वमा मात्रै नभएर नियमित रूपमा अनुगमन हुनुपर्ने औंल्याउँछन्। प्रत्येक वर्ष उपभोक्ता ठगिइरहे पनि उचित अनुगमन र कारबाही नहुँदा ठग्ने क्रम नरोकिएको स्वतन्त्र विचार मञ्च बैतडीका अध्यक्ष गणेश ठकुराठीले बताए। मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू नहुँदा यो देखाउने दाँत मात्र भएको उनी बताउँछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस