त्रिशूली प्रसारण लाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको प्रसारण लाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा आएको हो। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा १३२/३३ केभी समुद्रटार सबस्टेसन र २६ किलोमिटर लामो प्रसारण लाइनको शनिबार उद्घाटन भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत असार १० गतेदेखि नै अनौपचारिक रूपमा प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माण गर्न २०७३ मंसिर १३ गते ठेक्का सम्झौता भएको थियो।
प्रसारण लाइन अन्तर्गत ८४ वटा टावर निर्माण गरिएको छ। यो प्रसारण लाइनमा प्रवाह हुने गरी निजी लगानीमा तादी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोडिने छन्। तादी खोलामा ६० मेगावाटका १० जलविद्युत् आयोजना निर्माणको चरणमा छन्।
२६ किलोमिटर प्रसारण लाइनमध्ये तीन किलोमिटर खण्ड मल्टिसर्किट छ। जसमध्ये दुई सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्नेछ । कूल एक अर्ब ५५ करोड रूपैयाँ लागतमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण पूरा भएको प्राधिकरणले जनाएको छ। चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरेको हो। प्रसारण लाइन तथा सबस्टेसन आयोजनामा सरकार, एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंकले संयुक्त लगानी गरेका छन्। प्रसारण लाइन सञ्चालनमा आएपछि २७० मेगावाट विद्युत् प्रवाह गर्ने संरचना तयार भएको छ। यो प्रसारण लाइन २०७७ वैशाखदेखि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो। कोभिड–१९ को महामारीका कारण ढिलो गरी निर्माण सकिएको हो।