भूकम्पपीडितले आवास अनुदान कात्तिकसम्म लिइसक्नुपर्ने
२० असार २०७८
•
३ मिनेट पाठ
भूकम्पपीडितले आवास अनुदान कात्तिकसम्म लिइसक्नुपर्ने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ।  




बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो।

अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ। लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्मण गर्न मञ्जुर हुनुपर्नेछ।त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस समेत गर्नुपर्नेछ।  

त्यसपछि प्राधिकरणको जिल्ला एकाइले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ। त्यसैगरी, बैठकले निर्माण भइसकेका निजी आवासहरू निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिस अनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ।  

यस्ता घरहरूका लागि लाभग्राहीले अनुदानको किस्ता लिई सकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ। अनुदान लिएर घरमा आवश्यक सुधार कार्य गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कारवाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ।

त्यस्तै, कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिदको कार्य सम्पन्न गर्न पनि आग्रह गरेको छ। यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानका किस्ता लिने गरी घर निर्माण गर्नुपर्नेछ।  

यसअघि २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कात्तिक मसान्तसम्म निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो। उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणालीउक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो।  

बिहीबारसम्म ८ लाख ५८ हजार २८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएका छन्। तीमध्ये ९५.३७ प्रतिशत (८ लाख १८ हजार ६२४) ले अनुदान सम्झौता गरेका छन्। अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३२८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २३३ (८१.२६ प्रतिशत) पुगेका छन्।  

त्यस्तै, अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत (६ लाख ११ हजार २४१) घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् भने हाल पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या १ लाख ४६ हजार १५३ छ, जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो। घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५७ हजार ३९४ पुगेको छ, जुन अनुदान सम्झौता गरेकामध्ये ९२.५३ प्रतिशत हो।  

प्रबलीकरण लाभग्राहीमध्ये कैयौं पुनर्निर्माण लाभग्राहीमा परिवर्तन भएपछि हाल यस्ता लाभग्राहीको संख्या ५३ हजार ९५८ कायम भएको छ जसमध्ये ८४.९१ प्रतिशत अर्थात् ४५ हजार ८१४ ले अनुदान सम्झौता गरेका छन्। सम्झौता गरेकामध्ये ४५ हजार ७८१ अर्थात् ९९.९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन्।
अर्को समाचार
पुनर्निर्माणलाई अझै ९० अर्ब आवश्यक
०९ पौष २०७८
•
५ मिनेट पाठ
पुनर्निर्माणलाई अझै ९० अर्ब आवश्यक
सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
२०७२ सालमा विनाशकारी भूकम्प आएको साढे ६ वर्ष बित्यो। भूकम्पपछिको पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पनि त्यत्ति नै भयो। प्राधिकरणको म्याद आजबाट सकिएको छ। यसबीचमा प्राधिकरणबाट भएका कामबारे त्यसका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग नागरिकका हिमाल लम्सालले गरेको कुराकानीको सम्पादित अंशः




भूकम्पपछिको साढे ६ वर्षमा भएको पुनर्निर्माणलाई कसरी हेर्नुभएको छ?  

भूकम्पपछि अत्यन्त जटिल परिस्थितिबाट हामी अघि बढेका थियौं। नेपालले भूकम्पपछिको पुनर्निर्माणमा अत्यन्त राम्रो सफलता हात पारेको भन्ने मेरो मूल्यांकन छ। हामीले आइसोलेसनमा बसेर हेर्दा वा छुट्टै ढंगले हेरेर मुलुकको समग्र राजनीतिक अवस्था, सुशासन, शासनप्रणाली र अरू निकायबाट भइराखेका कामको अवस्था स्रोत–साधनको न्यूनता लगायतको समग्रतामा हेर्दा नेपालले पुनर्निर्माणमा गरेको उपलब्धि अन्यन्त राम्रो छ।

हाम्रो आफ्नै सन्दर्भमा हेर्ने हो भने विगतमा थुप्रै विपत्हरू हामीले भोग्यौं। त्यसपछि भएका निर्माण र पुनस्र्थापनाका आफ्नै अनुभवको तुलनामा पनि पुनर्निर्माणमा सन्तोषजनक काम भएको पाएको छु। छिमेकी भारत, पाकिस्तान लगायतसँग तुलना गरेर हेर्दा पनि परिवेशको आधारमा सन्तोषजनक उपलब्धि पाएको छु।

विदेशमा भूकम्पपछि हुने पुनर्निर्माण र नेपालमा खास अन्तर के रह्यो?

हामीले जनताले आफैंले घर बनाउने योजना अगाडि बढायौं। जनतालाई सबै कुराको स्वामित्व दिने र उनीहरूकै सहभागितामा निर्माण गर्ने ढाँचा अगींकार गर्दै अघि बढ्यौं। यद्यपि भारत, पाकिस्तानमा पनि त्यही विधि अवलम्बन गरिएको थियो। यहाँ भूकम्पप्रतिरोधी प्रविधिलाई भूकम्पअघि पनि प्राथमिकतामा राखेर काम अघि बढाइएको थियो। तर कार्यान्वयन नभएको अवस्था थियो।

भूकम्पपछि पुनर्निर्माणमा भूकम्पप्रतिरोधी प्रविधि अनिवार्य कार्यान्वयन गर्दै आयौं। हामीले स्थानीय निर्माण सामग्रीको भरपूर प्रयोग गर्दै निर्माण अघि बढायौं। हामीले भूकम्पप्रतिरोधी प्रविधि अपनाएर कार्यान्वयन गर्दै अघि बढ्यौं। यो एकदमै राम्रो कुरा भयो। हामीले गरिब र विपन्न परिवारलाई साथमा लिएर पुनर्निर्माणको काम अघि बढायौं। १२–१३ हजार भूमिहीनका लागि घर बनाउन लागेका छौं।

जोखिममा परेका लाभग्राहीको घर पनि बन्यो। अपांगता भएकाहरूलाई विशिष्ट सहयोग गरेर घर बनाउन मदत गर्‍यौं। यो कुरामा विशिष्ट ढंगले काम भयो। एकीकृत बस्ती सानो संख्यामा भए पनि जटिल काम गर्नु थियो। त्यो पनि सफलतापूर्वक भयो। भूकम्पप्रतिरोधी सम्पदाको पुनर्निर्माणमा धेरै चुनौती थियो। सम्पदाको संरक्षण गर्दै भूकम्पप्रतिरोधी संरचना तयार पारेका छौं।

प्राधिकरणमा राजनीतिक परिर्वतनसँगै प्रमुख फेरिने प्रवृत्ति देखिइरह्यो। त्यसको बाबजुद कसरी पुनर्निर्माण अहिलेको अवस्थामा आउन सक्यो?

प्राधिकरणको स्थापनाकालदेखि नै एउटा अवधारणा हामीले अघि सारेका थियौं। नेपालमा राजनीतिक संक्रमण पहिलादेखि नै थियो। यो परिवेश हुन्छ भनेर पहिल्यै आकलन गरिसकेका थियौं। प्राधिकरणसम्बन्धी ऐन बन्ने बेलामै मैले योगदान गर्ने मौका पाएको थिएँ। निर्देशक समितिको उपाध्यक्षमा विपक्षी दलको नेता राखौं भनेर त्यो बेला सांसदहरूसँग कुराकानी गरेका थियौं।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परामर्श परिषद् बनायौं। यसमा विपक्षी दलका नेताहरू रहने व्यवस्था गराएका थियौं। यसले नीतिगत तहमा निरन्तरता हुने अवस्था देखियो। नेतृत्व परिवर्तन भए पनि नीति उस्तै हुने देखियो। यसले गर्दा पुनर्निर्माणमा ढिलाइ र लिकभन्दा बाहिर जान पाएन। नेतृत्व जाँदा र आउँदा केही ढिलो पक्कै भयो। तर बाटो बिराउने काम भएन।

सरकारले पुनर्निर्माणको काम सम्पन्न गर्न प्राधिकरणको म्याद एक वर्ष थप्यो। तर थपिएको समयमा किन पुनर्निर्माण सकिएन?

हाम्रोमा विगत दुई वर्षदेखि कोभिड–१९ महामारीले पुनर्निर्माणको काम स्वाभाविक रूपमा ढिलो हुन पुग्यो। हामीले चाहे जति काम गर्न सकेनौं। काम गर्न खोज्नेलाई पनि नगर्नुस् भन्ने अवस्था आयो। स्वास्थ्यको मापदण्ड अबलम्बन गर्नुपर्ने अवस्था आयो। कोभिड–१९ अलिकति मत्थर हुनेबित्तिकै स्वास्थ्य मापदण्ड अपनाएर काम अघि बढाइरहेका थियौं। कोभिडको बेला पनि केही न केही काम गरिरहेका थियौं।

कोभिडको कारणले वित्तीय स्रोतमा पनि चाप पार्‍यो। पुनर्निर्माणको निम्ति प्राप्त हुने जुन बजेट थियो, त्यो लक्षित कार्यक्रम अनुसार आउन सकेन। त्यसले गर्दा पनि चाहेअनुसारको काम गर्न सकेनौं। त्यसैले केही काम बाँकी रहे। कोभिडबाट काम र वित्तीय स्रोत दुवैमा परेको प्रभावले गर्न सकेनौं। निजी भवनतर्फ ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ।

सरकारी भवनतर्फ सबै निर्माण सम्पन्न गरिसक्यौं। विद्यालय र स्वास्थ्यचौकीतर्फ पनि राम्रो प्रगति गरेका छौं। पुरातात्विक सम्पदाको निर्माण अन्य सम्पदाको तुलनामा अलि सुस्त छ। सम्पदातर्फ पनि ८५ प्रतिशत काम सुरु गरिसकेका छौं।

अब पुनर्निर्माण कति बाँकी छ र कति लागत लाग्ला?

हामीले निर्देशक समितिको बैठकबाट कुन आयोजनाको लागि कति पैसा चाहिने भनेर खाका बनाइसकेका छौं। निजी आवास निर्माणको लागि कति पैसा चाहिने, सम्पदा निर्माणको लागि कति चाहिने,अहिले कुन पूर्वाधार निर्माणको कुन चरणमा छ भनेर सबै खाका तयार भइसकेको छ। सुरु हुन नसकेका आयोजनाको लागि कति पैसा चाहिने भनेर सम्पूर्ण खाका तयार पारिसकेका छौं। बाँकी रहेका पुनर्निर्माण गर्न र काम भइसकेका आयोजनाको रकम भुक्तानी गर्न ८० देखि ९० अर्ब रूपैयाँ आवश्यक पर्ने देखिन्छ। गत असार मसान्तसम्म तीन सय ७१ अर्ब रूपैयाँ खर्च भइसकेको छ। एक्जिम बैंक भारतले दिने भनेको २६ अर्ब रूपैयाँ अस्पताल र विश्वविद्यालय निर्माण गर्न लगेका छौं। त्यो पैसा पनि यसमा छ।  

दातृ निकायले प्रतिबद्धता जनाए अनुसारको रकम प्राप्त भयो?

लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले चार सय १० अर्ब रूपैयाँ बराबरको प्रतिबद्धता व्यक्त गरेको थियो। ४१० अर्बमध्ये भारत सरकारले एक्जिम बैंकमार्फत १४० अर्ब रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो।

भारतको एक्जिम बैंकबाट आउने १४० अर्बमध्ये ८९ अर्ब विभिन्न निकायमा डाइभर्ट गर्‍यौं। त्यो पैसा खर्च गर्न अनेक जटिलता भएकाले नै डाइभर्ट गरेका हौं। तीन सय २१ अर्ब थियो। हामीले अन्य निकायबाट तीन सय २१ अर्बभन्दा माथि नै ल्याइसक्यौं। काम गर्दै जाने शोधभर्ना लिँदै/लिँदै गर्ने भइरह्यो। अन्य क्षेत्रबाट आएको पनि शतप्रतिशत नै खर्च भएको देखिन्छ।

अब ठूला खालका भूकम्प आएको खण्डमा प्राविधिक रूपले सामना गर्न सक्ने अवस्थामा आइपुगेका हौं र? 

अहिले एक हिसाबले क्षमतामा ठूलो मात्रामा वृद्धि भएको छ। जनतामा भूकम्पप्रतिरोधी चेतना विस्तार भएको छ। भूकम्पप्रभावित जिल्लामा प्राधिकरणले काम गरेर भूकम्पप्रतिरोधी भवन र जनशक्ति दुवै तयार भएको छ। तर भूकम्पप्रभावित ३२ जिल्लाबाहेक अन्यमा बाँकी नै छ नि! त्यसैले अब क्षमता नयाँ चरणमा विस्तार गर्नुपर्ने बेला भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग मिलेर सन् २०३० सम्म यो मुलुकलाई विपत् जोखिमपूर्ण मुलुकबाट सुरक्षित मुलुकतर्फ अगाडि बढाउने प्रयास गरिरहेका छौं।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ११ सेकेन्ड अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस