प्रदेश २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार
०१ असार २०७८
•
१ मिनेट पाठ
प्रदेश २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार
बजेट प्रस्तुत गर्न प्रदेशसभामा जादै आर्थिक मामिला मन्त्री वीजय कुमार यादव। तस्बिर: नागरिक
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ। प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन्। बजेटमा वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको  छ।




बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए। उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए। 

अगामी आर्थिक वर्षमा पनि प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ। सो कार्यक्रमका लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय तहका लागि ३ अर्ब १६ करोड ५० लाख छुट्याइएको मन्त्री यादवले बताए। 
अर्को समाचार
गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत
०२ साउन २०७९
•
४ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत
गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ७०.४२ प्रतिशत बजेट खर्च गरेको हो। 




यो अघिल्लो वर्षको भन्दा ०.६७ प्रतिशतले कम हो। अघिल्लो वर्ष गण्डकी सरकारले ७१.०९ प्रतिशत बजेट खर्च गरेको थियो। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा ३१ अर्ब ३७ करोड ३६ लाख ८५ हजार बजेट विनियोजन गरेकोमा २२ अर्ब ९ करोड ४१ लाख ७४ हजार ९१ रुपैयाँ खर्च गरेको छ।

प्रदेश सरकारले चालुतर्फ ६०.५४ प्रतिशत बजेट खर्च गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ०.७६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७७/७८ मा गण्डकी सरकारले ५९.७८ प्रतिशत बजेट खर्च गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा गण्डकी सरकारले पुँजीगततर्फ ७८.०५ प्रतिशत बजेट खर्च गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २.१६ प्रतिशतले कम हो। आर्थिक वर्ष २०७७/७८ मा गण्डकी सरकारले पुँजीगततर्फ ७५.८९ प्रतिशत बजेट खर्च गरेको थियो।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालुतर्फ १२ अर्ब ६० करोड ४२ लाख १० हजार बजेट विनियोजन गरेकोमा ७ अर्ब ६३ करोड १० लाख ८३ हजार ७१ रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ १८ अर्ब ५२ करोड ९४ लाख ७५ हजार बजेट विनियोजन गरेकोमा १४ अर्ब ४६ करोड ३० लाख ९१ हजार २० रुपैयाँ खर्च गरेको छ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ५६.६५ प्रतिशत बजेट खर्च गरेको छ। १ अर्ब ४७ करोड २२ लाख ७२ हजार बजेट विनियोजन भएकोमा ८३ करोड ४० लाख ४० हजार ८ सय ९३ रुपैयाँ मात्र खर्च गरेको छ।

अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा ४४.१२ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले १८ करोड ५६ लाख २४ हजार बजेट विनियोजन गरिएकोमा १० करोड ३७ लाख ३० हजार ४ सय ६६ रुपैयाँ खर्च गरेको हो।

त्यस्तै, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७३.८० प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले ४७ करोड ३६ लाख ६० हजार बजेट विनियोजन गरेकोमा ३४ करोड ९५ लाख ४७ हजार ८ सय १२ रुपैयाँ खर्च गरेको छ। भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ७३.६२ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले १ अर्ब ८५ करोड ९६ लाख ४७ हजार बजेट विनियोजन भएकोमा १ अर्ब ५८ करोड ३ लाख १५ हजार ६ सय ४१ रुपैयाँ बजेट खर्च गरेको छ।

कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले ७२.९७ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले ८८ करोड ८४ लाख ९० हजार बजेट विनियोजन भएकोमा ६४ करोड ८३ लाख १३ हजार ४१ रुपैयाँ बजेट खर्च गरेको छ। वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ७५.९० प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले ९१ करोड ९२ लाख ४७ हजार बजेट विनियोजन भएकोमा ६९ करोड ७७ लाख १४ हजार ८ सय ९६ रुपैयाँ खर्च गरेको छ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले ७४.०५ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले ९ अर्ब ६४ करोड ३४ लाख ९ हजार बजेट विनियोजन भएकोमा ७ अर्ब १४ करोड १३ लाख ५८ हजार ९ सय ७५ रुपैयाँ खर्च गरेको छ।

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ८९।६० प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले ५ अर्ब ६५ करोड ७९ लाख ३१ हजार बजेट विनियोजन भएकोमा ५ अर्ब ६ करोड ९६ लाख ५५ हजार ५ सय ९३ रुपैयाँ खर्च गरेको छ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ६९.७३ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले २ अर्ब १९ करोड ३७ लाख ७१ ह्जार बजेट विनियोजन भएकोमा १ अर्ब ५२ करोड ९८ लाख १० हजार ८ सय २० रुपैयाँ बजेट खर्च भएको छ।

युवा तथा जनसंख्या मन्त्रालयले ५६.४८ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले ४० करोड ८ लाख ४२ हजार बजेट विनियोजन भएकोमा २२ करोड ६३ लाख ८८ हजार रुपैयाँ बजेट खर्च गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६९.७३ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले २ अर्ब ७६ करोड ६३ लाख ६६ हजार बजेट विनियोजन भएकोमा १ अर्ब ५२ करोड ९८ लाख १० हजार ८ सय २० रुपैयाँ बजेट खर्च गरेको छ।

असारे विकासले पायो निरन्तरता

गण्डकी प्रदेशमा यस वर्षपनि असारे विकासले निरन्तरता पाएको छ। प्रदेश सरकारले असारे विकासलाई निरन्तरता दिदै असारमा मात्रै कुल बजेटको २५.७ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले जेठ मसान्त सम्ममा कुल बजेटको ४४.७२ प्रतिशत मात्र बजेट खर्च गरेको थियो। 

तर उसले असार मसान्तसम्म आईपुग्दा बजेट खर्च बढाएर ७०.४२ प्रतिशत पुर्‍याएको हो। अर्थात जेठ मसान्त सम्म गण्डकी सरकारले १३ अर्ब ९७ करोड ८६ हजार १ सय २३ रुपैयाँ मात्र खर्च गरेको थियो। तर असारमा मात्रै ८ अर्ब ११ करोड ५५ लाख ७३ हजार ९ सय ६८ रुपैयाँ खर्च गर्दै गण्डकी सरकारले कुल खर्च २२ अर्ब ९ करोड ४१ लख ७४ हजार ९१ रुपैयाँ पुर्‍यायो।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस