लुम्बिनी प्रदेश: १० महिनामा ४९ प्रतिशत खर्च
१८ जेष्ठ २०७८
•
२ मिनेट पाठ
लुम्बिनी प्रदेश: १० महिनामा ४९ प्रतिशत खर्च
लुम्बिनी प्रदेशमा यो वर्ष पनि बजेट खर्चको प्रगति सन्तोषजनक छैन । विकास बजेटको खर्चदर न्युन नै छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६.१७ प्रतिशत छ । 




चालु वर्षका लागि छुट्याइएको २० अर्ब २४ करोड विकास बजेट मध्ये वैशाख मसान्तसम्मका १० महिनामा ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ । अबको २ महिनामा बाँकी १० अर्ब ९० करोड खर्च होला भन्नेमा विकासे मन्त्रालयकै अधिकारीहरु आशंका व्यक्त गर्छन् । पोहोरभन्दा कोरोनाको दोश्रो भेरियन्टको त्रास यसपाली बढी फैलिएकाले तुलनात्मक रुपमा असारे विकास केही कम हुने आशा अधिकारीहरुले लिएका हुन् । चालु तर्फ १७ अर्ब २१ करोड बजेट मध्ये ९ अर्ब १८ करोड अर्थात ५३.३६ प्रतिशत खर्च भएको छ ।

प्रदेशको कुल बजेट ३७ अर्ब ४५ करोड २५ लाख हो । वैशाख मसान्तसम्मको १० महिनामा  १८ अर्ब ५२ करोड ९५ लाख खर्च भएको छ । चालु आर्थिक वर्षका दश महिनामा प्रदेश सरकारले कुल बजेटको ४९.४७ प्रतिशत बजेट खर्च गरेको छ । अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गएपनि बजेटको खर्चदर भने खासै बढ्न सकेको छैन । सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले कोभिड १९ ले हरेक क्षेत्रलाई प्रभावित पारेको बताए । 

१५ अर्ब ९७ करोड बढी बिकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले १० महिनामा ४९.१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो मन्त्रालयले वैशाख मसान्तसम्म ७ अर्ब, ८२ करोड बजेट खर्चेको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वैशाख मसान्त सम्मको कुल बजेट खर्चदर जम्मा २१.३१ प्रतिशत छ । मन्त्रालयले दश महिनामा जम्मा ७६ करोड खर्च गरेको छ । मन्त्रालयको कुल बजेट ३ अर्ब ५८ करोड हो । 

समाजिक विकास मन्त्रालयले १० महिनामा २ अर्ब ५१ करोड खर्च गरेको छ । उसको कुल बजेट ५ अर्ब ९३ करोड हो । मन्त्रालयको फागुन मसान्तसम्मको खर्चदर ४२.३४ प्रतिशत छ । कोभिड १९ कारण  स्वास्थ्यका पूर्वाधार तथा जनशक्ति व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा परेकाले तुलनात्मक रुपमा यसपाली यो मन्त्रालयले बजेट बढी पाएको थियो । तर पनि स्वास्थ्य पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सरकारले ध्यानै दिएन । जसका कारण एक वर्षअघिदेखि सुरु भएको कोरोनाको दोश्रो लहरको सामना गर्ने स्वास्थ्य पूर्वाधार जनशक्ति उपकरण नहुँदा प्रदेशका जनताले उपचारै नपाएर मृत्युबरण गर्नु परीरहेको छ ।  

पर्यटन, उद्योग वन वातावरण मन्त्रालयले २ अर्ब ९१ करोड बजेट मध्ये दश महिनामा १ अर्ब ५० करोड अर्थात ५१.६८ प्रतिशत बजेट खर्च गरेको छ । अहिलेसम्म सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय हो यो । कोरोना महामारीले हरेक क्षेत्र प्रभावित हुँदा त्यसको असर बजेट खर्चमा पनि देखिएको हो । केन्द्र र प्रदेशमा विकसित राजनीतिक घटनाक्रमहरुले समेत प्रदेश सरकारका काम कार्वाहीलाई असर गरेको सरकारी अधिकारीहरु बताउँछन् । 

आवश्यकताका आधारमा योजना छनौट गरी पर्याप्त पूर्वतयारी पछि बजेटमा पारिनु पर्नेमा त्यसो हुन नसकेको अधिकारीहरु बताउँछन् । बजेट नेता कार्यकर्ता लक्षित हुने गरेको टिप्पणी उनीहरुको छ ।
अर्को समाचार
लुम्बिनीमा आधा आर्थिक वर्ष सकिँदा पुँजीगत खर्च जम्मा १२ प्रतिशत
१६ माघ २०७८
•
३ मिनेट पाठ
लुम्बिनीमा आधा आर्थिक वर्ष सकिँदा पुँजीगत खर्च जम्मा १२ प्रतिशत
लुम्बिनी प्रदेशमा यो वर्ष पनि प्रदेशको बजेट खर्च निराशजनक छ। आधा आर्थिक वर्ष सकिँदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशत छ। चालु आर्थिक वर्ष २०७८/२०७९ को ६ महिनामा प्रदेश सरकारले कुल बजेटतर्फ जम्मा १५.४६ प्रतिशत बजेट खर्च गरेको हो। विकास बजेटको खर्चदर झन न्युन छ। साउनदेखि पुष मसान्तसम्मको पुँजीगत खर्च जम्मा १२.६८  प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। चालु वर्षकालागि सरकारले कुल ४० अर्ब ९५ करोड ९७ लाख बजेट ल्याएको थियो। त्यसमध्ये पुष मसान्तसम्म जम्मा ६ अर्ब ३३ करोड ११ लाख रुपैँया बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए।  




पुँजीगत तर्फको २२ अर्ब ४७ करोड १५ लाख बजेट मध्ये चालु बर्षका ६ महिनामा जम्मा २ अर्ब ८४ करोड ९३ लाख अर्थात १२  प्रतिशत खर्च भएको छ। चालु तर्फको १८ अर्ब ४८ करोड ८१ लाख बजेट मध्ये पुष मसान्तसम्म ३ अर्ब ४८ करोड १७ लाख अर्थात १८.८३ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जानकारी दिए।  

प्रदेशमा गठबन्धन सरकार बनेसंगै मन्त्रालय टुक्रयाएर १२ पुर्याइएको छ। तर कुनैपनि मन्त्रालयको बजेट खर्चदर सन्तोषजनक छैन।  सांसद व्यवस्थापनकालागि गठबन्धनको सरकारले टुक्रयाइएका मन्त्रालयहरु लामो समय कार्यालय र कर्मचारी बिहिन भएकाले बजेट खर्चदर न्युन रहेको सम्बन्धित मन्त्रालयका अधिकारीहरुको विश्लेषण छ।  लकडाउनको बेला भन्दा पनि यसपाली बजेट खर्च दर कम छ। गत बर्ष कोभिडका कारण भएको लामो समयको लकडाउनले आर्थिक गतिविधिहरु सुस्ताएको थियो। गत वर्षको सोही अवधीको पुँजीगत खर्चको तुलनामा यो बर्ष खर्चदर करिब ५ प्रतिशत कम हो।  

प्रमुख कोष नियन्त्रक ज्ञवालीले यो वर्ष दुई/दुई पटक बजेट ल्याउने परिस्थिती सृजना हुँदा समयमै कार्यान्वनयमा जान नपाएकाले खर्चदर कम देखिएको बताए। भुक्तानीमा हुने ढिलाइले पनि खर्च कम देखिने उनको भनाइ छ।  प्रदेशका १२ वटै मन्त्रालयको प्रगती सन्तोषजनक छैन। आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु वर्षका ६ महिनामा ३१ करोड बजेट मध्ये जम्मा ३ करोड खर्च गरेको छ। उसको बजेट खर्चको कार्यप्रगती १० प्रतिशत हो। भौतिक पुर्वाधार विकास मन्त्रालयले ९ अर्ब ९ करोडको बजेट मध्य आधा आर्थिक वर्ष सकिदा जम्मा १ अर्ब ३९ करोड बजेट खर्च गरेको छ। मन्त्रालयको पुँजीगत खर्च १४ प्रतिशत छ। उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयको ३ अर्ब ६२ करोड बजेट मध्य ६ महिना बितिसक्दा सम्म जम्मा २९ करोड अर्थात ८ प्रतिशत बजेट खर्च भएको छ। भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३ अर्ब ४० करोड मध्ये ६ महिनामा जम्मा २५ करोड ४६ लाख अर्थात ७.४८ प्रतिशत बजेट खर्च गरेको छ।  

ग्रमिण तथा सहरी विकास मन्त्रालयले ५ अर्व ९६ करोड मध्ये जम्मा ५७ करोड ७३ लाख बजेट खर्च गरेको छ। यो मन्त्रालयले ६ महिनामा ९.६८ प्रतिशत मात्रै बजेट खर्च गरेको हो। वन वातावरण तथा भु–सरक्षण मन्त्रालयले १ अर्ब ८६ करोड मध्ये ६ महिनामा जम्मा २८ करोड ३३ लाख अर्थात १५ प्रतिशत बजेट खर्च गरेको छ। शिक्षा तथा सामाजिक विकास मन्त्रालयले २ अर्ब ७४ करोड मध्ये पुष मसान्त सम्म ३६ करोड ६७ लाख मात्रै खर्च गरेको छ। उसको ६ महिनाको कार्यप्रगती १३.३५ प्रतिशत छ। आन्तरिक  मामिला तथा कानुन मन्त्रालयको खर्च दर १८.४ प्रतिशत छ। ६ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ प्रतिशत, श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले १० प्रतिशत बजेट मात्रै खर्च गरेका छन्।  

सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय उद्योग वन तथा वातावरण हो । उसले ६ महिनामा ४८ प्रतिशत खर्च गरेको छ। मन्त्रालयको कुल बजेट जम्मा ४२ करोड १ लाख हो। त्यसमध्ये मन्त्रालयले पुष मसान्त सम्म २० करोड ३३ लाख खर्च गरेको छ। सबै भन्दा कम महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ०.४३ प्रतिशत प्रतिशत मात्रै बजेट खर्च गरेको छ। मन्त्रालयले पाएको कुल बजेट जम्मा ६१ करोड ११ लाख मध्ये २६ लाख ४७ हजार खर्च गरेको छ। यो रकम पनि चालु खर्च तर्फको हो। मन्त्रालयले पुँजीगत तर्फको एक पैसा पनि खर्च गर्न सकेको छैन।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४२ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस