लुम्बिनी प्रदेश: बजेट कार्यान्वयन निराशाजनक, ८ महिनामा २९ प्रतिशत खर्च
२३ चैत्र २०७९
•
४ मिनेट पाठ
लुम्बिनी प्रदेश: बजेट कार्यान्वयन निराशाजनक, ८ महिनामा २९ प्रतिशत खर्च
सत्ता खिचातानीमा अल्झिएको लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको दोस्रो चौमासिक बितिसक्दा बजेट खर्चको प्रगति सन्तोष जनक बनाउन सकेन। आर्थिक वर्ष सकिन जम्मा तीन महिना बाँकी रहँदा विकासका काम ठप्प जस्तै छन्। विकास बजेटको खर्च दर न्यून छ।




प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७९/२०८० को दोस्रो चौमासिक सम्मको पुँजीगत बजेटको खर्च दर जम्मा २४.६६ प्रतिशत छ। चालु आर्थिक वर्षकालागि छुट्टाइएको २४ अर्ब ६३ करोड १९ लाख विकास बजेट मध्ये फागुन मसान्त सम्म जम्मा ६ अर्ब ७ करोड खर्च भएको छ। ८ महिनामा जम्मा ६ अर्ब ७ करोड ५१ लाख विकास बजेट खर्च भएकाले अबको ४ महिनामा १८ अर्ब खर्च होला भन्नेमा विकास मन्त्रालयकै अधिकारीहरु विश्वस्त छैनन्।

प्रदेशको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाख हो। फागुन मसान्त सम्मका ८ महिनामा जम्मा १२ अर्ब ४२ करोड १ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका प्रमुख दिपक ज्ञवालीले बताए। चालु आर्थिक वर्षका ८ महिनामा प्रदेश सरकारले कुल बजेटको २९.१३ प्रतिशत खर्च गरेको हो। यो बजेट गत आर्थिक वर्षको भन्दा ७ प्रतिशतले कम हो।

गत वर्षको सोही अवधिमा ३६.४६ प्रतिशत बजेट खर्च भएको थियो। अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गए पनि बजेटको खर्च दर बढ्न सकेको छैन। गत वर्षको तुलनामा यसपालि बजेट खर्च दर कम देखिएको र दोस्रो चौमासिक सम्मको यो खर्च दर लाई सन्तोष जनक मान्न नसकिने आर्थिक मामिला मन्त्रालयकै एक जना अधिकारीले बताए।

९ अर्ब ८८ करोड ९७ लाख विकास बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो मन्त्रालयले फागुन मसान्त सम्म जम्मा २ अर्ब ४५ करोड बजेट खर्चेको छ। यो मन्त्रालयको कुल बजेट १० अर्ब १३ करोड ६१ लाख हो। प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको फागुन मसान्त सम्मको बजेट खर्च दर जम्मा २३.८ प्रतिशत छ। मन्त्रालयले ८ महिनामा जम्मा ५७ करोड २३ लाख खर्च गरेको छ। मन्त्रालयको कुल बजेट २ अर्ब ४७ करोड ९५ लाख हो।

ऊर्जा जलश्रोत तथा सिचाइ मन्त्रालयले ८ महिनामा ९९ करोड बजेट खर्च गरेको छ। उसको कुल बजेट ३ अर्ब ६६ करोड २७ लाख हो। मन्त्रालयको फागुन मसान्त सम्मको बजेट खर्च दर २७ प्रतिशत छ।

पर्यटन, ग्रमिण तथा सहरी विकास मन्त्रालयले ६ अर्ब ९४ करोड ४१ लाख बजेट मध्ये ८ महिनामा जम्मा १ अर्ब ९७ करोड ७१ लाख खर्च गरेको छ। यो मन्त्रालयको खर्च दर २८.११ प्रतिशत छ। दोस्रो चौमासिक सम्म स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले ३१.९९ प्रतिशत बजेट खर्च गरेको छ। ४ अर्ब ५८ करोडको बजेटमा यो मन्त्रालयले १ अर्ब ४६ करोड खर्च गरेको हो। शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको अवस्था पनि उस्तै छ। यो मन्त्रालयले ८ महिनामा ९३ करोड ६८ लाख अर्थात् ३३ प्रतिशत बजेट खर्च गरेको छ। उसको कुल बजेट २ अर्ब ८१ करोड ३५ लाख हो। वन वातावरण तथा भू–संरक्षण मन्त्रालयले कुल २ अर्बको बजेटमा जम्मा ६७ करोड ४९ लाख खर्च गरेको छ। यो मन्त्रालयको खर्च दर ३३ प्रतिशत छ।

आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले जम्मा १८ करोड ९१ लाख अर्थात् २८ प्रतिशत बजेट खर्च गरेको छ। ६७ करोड २७ लाख कुल बजेट रहेको मन्त्रालयको खर्च दर २८ प्रतिशत छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ८ महिनामा जम्मा ६ करोड ८६ लाख बजेट खर्च गरेको छ। यो मन्त्रालयले जम्मा १२ प्रतिशत बजेट खर्च गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाएको कुल ४२ करोड ६९ लाख बजेट मध्ये १४ करोड ८३ लाख खर्च गरेको छ। उसको खर्च दर ३४ प्रतिशत छ। श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले ११ करोड ४६ लाख खर्च गरेको छ। उसको कुल बजेट ३४ करोड ६१ लाख हो। यी मन्त्रालयले दोस्रो चौमासिक सम्म खर्च गरेको बजेटमा पुँजीगत बजेट कम छ। चालु खर्च धेरै छ।

विगतका वर्षमा जनशक्ति र संरचना अभावलाई मुख्य कारण देखाएको प्रदेश सरकारले यो वर्ष बजेट खर्च गर्न नसक्नुको मुख्य कारण राजधानीको स्थानान्तरण, निर्वाचन र निर्वाचन पछिको राजनीतिक अस्थिरतालाई दिइएको छ। न्यूनतम संरचना तथा पूर्वाधार बिनै हतारमा रातारात प्रदेश राजधानी बुटवलबाट दाङ सारिँदा मन्त्रालय व्यवस्थापनमै समस्या भएको र कामकाज प्रभावित भएको अधिकारीहरु बताउँछन्।

प्रदेश सांसदहरुले पनि विकास निर्माणका काम हुन नसकेको भन्दै सरकारलाई खबरदारी गरिरहेका छन्। प्रदेश सांसद वादशाह कुर्मीले आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी छँदा प्रदेश सरकारले अपेक्षा अनुरूप काम गर्न नसकेको बताए।

‘विकास निर्माणका काम ठप्प छन्, अल्पमतमा परिसकेको सरकारसँग आगामी कार्ययोजना केही छैन त्यसैले अव मुख्यमन्त्रीले मार्ग प्रशस्त गरिदिनु पर्छ’ सांसद कुर्मीले भने।
संघीय सरकारमा फरक गठबन्धन बनेदेखि नै लुम्बिनी प्रदेश पनि सत्ता खिचातानीमा अल्झिरहेको छ। यो प्रदेशमा एमालेको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो। तर करिब दुई साता अघि नै माओवादी केन्द्र सहितका ६ दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्। माओवादी, नागरिक उन्मुक्ति, जनमत, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन।
अर्को समाचार
लुम्बिनीमा बजेट कार्यान्वयन निराशाजनक, ८ महिनामा २५ प्रतिशत पुँजीगत खर्च
१२ चैत्र २०८०
•
३ मिनेट पाठ
लुम्बिनीमा बजेट कार्यान्वयन निराशाजनक, ८ महिनामा २५ प्रतिशत पुँजीगत खर्च
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्मको बजेट कार्यान्वयनको अवस्था निराशा जनक देखिएको छ।




प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/२०८१ को दोश्रो चौमासिक सम्म जम्मा २७ प्रतिशत बजेट खर्च गरेको छ। चालु आर्थिक बर्षका लागि विनियोजित ४० अर्ब ४७ करोड ९७ लाख मध्ये फागुन मसान्त सम्मका ८ महिनामा जम्मा ११ अर्ब ४ करोड ५०लाख खर्च  गरेको हो।

लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि फागुनसम्मका ८ महिनामा लुम्बिनीमा पुँजीगत तर्फ २५.४१  प्रतिशत र चालुतर्फ २९.८१  प्रतिशत गरी जम्मा २७.२९ प्रतिशत बजेट खर्च भएको छ। पुँजीगत तर्फको २३ अर्ब २५ करोड ६९ लाख बजेट मध्ये हाल सम्म जम्मा ५ अर्ब १३ करोड ४६ लाख खर्च भएको छ। चालु तर्फको १७ अर्ब २२ करोड २७ लाख बजेट मध्ये  ५ अर्ब ९१ करोड ४ लाख बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए।

राजनीतिक अस्थिरता, सरकार गठन भएको लामो समयसम्म सरकारलाई पूर्णता दिन नसक्नु, कर्मचारी व्यवस्थापनमा चुस्तता नहुनु, आन्तरिक राजश्व परिचालन र व्यवस्थापनमा ठोस कार्ययोजना नहुँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन निकै सुस्त भएको हो।

यो प्रदेशमा १० वटा मन्त्रालय छन्। विकासे मन्त्रालयका अधिकारीहरू नै ८ महिनामा जम्मा २७ प्रतिशत बजेट कार्यान्वयन हुनु  निराश जनक भएको स्वीकार गर्छन्। विकासे मन्त्रालयकै पुँजीगत खर्च निराश जनक छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको विकास  बजेट १३ अर्ब ३१ करोड ६० लाखमा हाल सम्म ३ अर्ब २८ करोड ८० लाख खर्च गरेको छ। ८ महिना बितिसक्दा यो मन्त्रालयको पुँजीगत खर्च जम्मा  २३ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयले दोश्रो चौमासिक सम्म ४१.३६ प्रतिशत खर्च गरेको छ। जसमा चालुमा ४०.८९ प्रतिशत र  पुँजीमा ४३.४१ प्रतिशत खर्च गरेको छ। प्रदेशको अर्थ मन्त्रालयले २६.३३ प्रतिशत खर्च गरेको छ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २१.२७ प्रतिशत बजेट खर्च गरेको छ। वन वातावरण मन्त्रालयले कुल बजेटको ३० प्रतिशत खर्च गरेको छ। अर्को विकासे मन्त्रालय खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयले पनि दोश्रो चौमासिक सम्म जम्मा  ३० प्रतिशत बजेट खर्च गरेको छ।सामाजिक विकास मन्त्रालयले जम्मा २५ प्रतिशत खर्च गरेको प्रदेश कोष नियन्त्रक कार्यालयले जनाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ७.२४ प्रतिशत खर्च गरेको छ।  गृह मन्त्रालयले ८ महिनामा ४३.४० प्रतिशत खर्च गरेको छ।

८ महिनामा जम्मा २७ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले अबको ४ महिनामा बाँकी बजेट कार्यान्वयनमा सन्तोषजनक नतिजा हासिल गर्ला भन्नेमा विकासे मन्त्रालयकै अधिकारीहरू विश्वस्त छैनन्। यसअघि लामो समय मन्त्रालय भागबण्डा अल्झिएको लुम्बिनी प्रदेशमा  केन्द्रमा सत्ता समीकरण बदलिए सँगै सरकार परिवर्तनको खेल सुरु भइसकेको छ। अस्थिर राजनीतिक अवस्था सँगै मन्त्रालयहरू हाँक्ने मन्त्रीहरूकै असक्षमताका कारण अधिकांश मन्त्रालयहरूको बजेट कार्यान्वयन सन्तोषजनक हुन नसकेको अधिकारीहरू बताउँछन्।

प्रदेश सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष पाण्डेले भने बजेट कार्यान्वयनका सम्बन्धमा अहिले नै तनाव लिनुपर्ने  अवस्था नरहेको बताए। विकास निर्माणका काम अगाडी बढेको भएपनि भुक्तानीमा प्रक्रियामा ढिलाइ हुँदा बजेट खर्चदर कम देखिएको दाबी मन्त्री पाण्डेले गरे। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस