स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोनाबाट प्रभावित आफ्ना दुई कर्जाधनीलाई व्यवसाय उत्थान कार्यक्रम अन्तर्गत जनही २४ हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरेको छ ।
कोरोनाका कारण दैनिक उपभोग्य बस्तुको अभाव झेलीरहेका ४० जना कर्जाधनीलाई भने दाल, चामल, नुन र तेल लगायतका सामग्री वितरण गरेको सो संस्थाले जनाएको छ । स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक मणिराज चेम्जोङका अनुसार ४० कर्जाधनीलाई जनही १ हजार मूल्य बराबरको प्रति कर्जाधनी १० किलोग्राम चामल, १–१ किलोग्राम दाल र नुन तथा १ लिटर तेल प्रदान गरिएको छ ।
उनका अनुसार व्यवसाय उत्थान कार्यक्रम अन्तर्गत कर्जाधनी सविता राई र रेखा ढुङ्गेललाई जनही २४ हजार रुपैयाँका दरले सहयाग रकम प्रदान गरिएको छ । कोभिड–१९ बाट प्रभावित आफ्ना कर्जाधनीलाई राहत तथा व्यवसाय उत्थान सहयोग वितरण गर्ने निर्णय अनुसार ताप्लेजुङका४० कर्जाधानीलाई आपतकालिन राहत अन्र्तगत दैनिक उपभोग्य बस्तु र व्यवसाय उत्थानका लागि नगद रकम वितरण गरिएको स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडाले जानकारी दिए ।
छिमेक लघुबित्तले नगरपालिकाको कोरोना कोषमा जम्मा गर्यो २० हजार
ताप्लेजुङको फुङ्लिङस्थित छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेडले फुङ्लिङ नगरपालिकाको कोरोना कोषमा २० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले २० हजार रुपैयाँ नगरपालिकाको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा जम्मा गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।