६ महिनामा पुँजीगत खर्च ५.८७ प्रतिशत मात्रै
१८ माघ २०७७
•
३ मिनेट पाठ
६ महिनामा पुँजीगत खर्च ५.८७ प्रतिशत मात्रै
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ८.३९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। सबैभन्दा धेरै विकास बजेट रहेका मन्त्रालयहरूकै खर्च न्यून छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ ५.८७ प्रतिशत र चालुतर्फ ११.६६ प्रतिशत रकम खर्च गरेको छ।  




कार्यालयका अनुसार चालू आवको ६ महिनाको अवधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ०.०१ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ०.०३ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १.१६ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ३.२३ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३.३३ प्रतिशत, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३.७९ प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयले ९.१५ प्रतिशत पुँजीगत खर्च गरेका छन्।

प्रदेश सरकारले चालू आवका लागि कुल ३३ अर्ब ३४ करोड ३५ लाख ३४ हजार बजेट ल्याएको थियो। त्यो मध्ये दुई अर्ब ८३ करोड ७७ लाख नौ हजार २९८ रूपैयाँ मात्रै खर्च भएको छ। पुँजीगततर्फको १९ अर्ब ६ करोड ९१ लाख २१ हजारमध्ये एक अर्ब ११ करोड ९४ लाख ३२ हजार तीन सय ६२ रूपैयाँ खर्च भएको छ भने चालूतर्फको १४ अर्ब ६७ करोड २२ लाख ३२ हजारमध्ये एक अर्ब ७१ करोड १३ लाख ४६ हजार नौ सय ३६ रूपैयाँ खर्च गरेको छ।  

सबैभन्दा धेरै विकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले जम्मा बजेटको ९.१५ प्रतिशत खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक मानबहादुर बमका अनुसार १० अर्ब ७६ करोड, ८८ लाख ५६ हजार विकास बजेटमध्ये भौतिक पूर्वाधार मन्त्रालयले ९८ करोड ५१ लाख १२ हजार आठ सय ३६ रूपैयाँ मात्रै खर्च गर्न सकेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुँजीगततर्फ ०.०३ प्रतिशत मात्रै खर्च गरेको छ। पुँजीगततर्फको २९ करोड पाँच लाख ५० हजारमध्ये ९२ हजार सात सय ७० रूपैयाँ मात्रै खर्च गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आवको ६ महिनामा पुँजीगततर्फ ०.०१ प्रतिशत मात्रै खर्च गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको तीन अर्ब ७६ करोड ५९ लाख ९६ हजार पुँजीगत बजेटमध्ये दुई लाख सात हजार ४० रूपैयाँ मात्रै खर्च गरेको छ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पुँजीगततर्फ १.१६ प्रतिशत बजेट खर्च गरेको छ। चालू आवका लागि आर्थिक मामिला मन्त्रालयमा एक अर्ब २८ करोड ६२ लाख ३५ हजार पुँजीगत बजेट छ। त्यो मध्ये चालू आवको ६ महिनामा आर्थिक मामिला मन्त्रालयले एक करोड ४९ लाख ३८ हजार ६ सय ६१ रूपैयाँ मात्रै खर्च गरेको छ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६ महिनाको अवधिमा ३.७९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ। एक अर्ब एक करोड १३ लाख ५० हजार पुँजीगत बजेटमध्ये उद्योग मन्त्रालयले तीन करोड ८३ लाख ६९ हजार १९ रूपैयाँ मात्रै खर्च गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवको पुस मसान्तसम्म ३.३३ प्रतिशत विकास बजेट खर्च गरेको छ। पुँजीगततर्फको ५१ करोड ४९ लाख ६५ हजार रूपैयाँमध्ये एक करोड ७१ लाख ४५ हजार तीन सय ४५ रूपैयाँ खर्च गरेको छ।  

सामाजिक विकास मन्त्रालयले पुँजीगततर्फको ३.२३ प्रतिशत बजेट खर्च गरेको छ। पुँजीगततर्फको एक खर्ब ४२ करोड २० लाख १४ हजारमध्ये सामाजिक विकास मन्त्रालयले चार करोड ५९ लाख ३० हजार एक सय ५१ रूपैयाँ खर्च गरेको लेखा नियन्त्रक बमले जानकारी दिए।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले काम सम्पन्न नहुँदासम्म भुक्तानी नदिने नीतिका कारण पुँजीगत खर्च कम देखिएको बताइन्। तेस्रो चौमासिकबाट खर्चको प्रगति देखिने उनको भनाइ छ। ‘कर्णालीमा पेश्की दिने र बाँकी काम नगर्ने देखिएकाले चालू आवबाट काम सम्पन्न नहुँदासम्म कुनै किसिमको भुक्तानी नदिने निर्णय भएको छ,’ उनले भने, ‘काम भइरहेको छ, भुक्तानी नहुँदा खर्चको प्रगति नदेखिएको मात्रै हो।’

मन्त्री केसीले अघिल्ला वर्षहरूमा भन्दा चालू आवमा विकास बजेट खर्च धेरै हुने बताइन्। ‘हामीले चालू आवको सुरुबाटै काम गरिरहेका छौं, विषयगत कार्यालयलाई अख्तियारी दिएर काम भइरहेका छन्,’ उनले भने, ‘अघिल्ला वर्षभन्दा चालू आवमा कर्णाली प्रदेश सरकारको वित्तिय प्रगति उल्लेख्य हुन्छ।’
अर्को समाचार
कर्णालीको बजेट खर्चः ११ महिनासम्म २७ प्रतिशत, असारमै ३८ प्रतिशत
१२ साउन २०७८
•
३ मिनेट पाठ
कर्णालीको बजेट खर्चः ११ महिनासम्म २७ प्रतिशत, असारमै ३८ प्रतिशत
अघिल्लो आर्थिक वर्षको ११ महिनासम्म कर्णाली प्रदेश सरकारले २७ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको थियो। असार मसान्तमा आइपुग्दा खर्च बजेट बढेर ६५ प्रतिशत पुग्यो। बजेट खर्च गर्नका लागि असार कुर्नुपर्ने अवस्था कर्णालीमा अझै छ।




प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ २४.४६ र चालूतर्फ ३०.०९ प्रतिशत बजेट मात्रै खर्च गरेको थियो। असार महिनामा पुँजीगत खर्च ४६.१७ प्रतिशतले बढेर ७०.६३ प्रतिशत पुग्यो भने चालूतर्फ असार महिनामा २६.९५ प्रतिशत बढेर ५८.८८ प्रतिशत पुग्यो। 

‘अघिल्लो आर्थिक वर्ष मात्रै होइन, प्रदेश सरकार गठन भएयताका सबै आर्थिक वर्षको अन्त्यतिर मात्रै हतार हतारमा बजेट खर्च भएको देखिन्छ,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले भने, ‘यस्तो गतिले कर्णाली सरकारले लिएको समृद्ध र सुखारी कर्णालीवासीको सपना पूरा हुँदैन।’

आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ २४.४६ र चालूतर्फ ३०.०९ प्रतिशत बजेट मात्रै खर्च गरेको थियो। असार महिनामा पुँजीगत खर्च ४६.१७ प्रतिशतले बढेर ७०.६३ प्रतिशत पुग्यो भने चालूतर्फ असार महिनामा २६.९५ प्रतिशत बढेर ५८.८८ प्रतिशत पुग्यो।
हुन पनि कर्णालीमा ११ महिनासम्म पुँजीगत खर्च अत्यन्तै न्यून हुन्छ। आर्थिक वर्षको अन्तिम महिनामा दोब्बरभन्दा बढी खर्च हुन्छ। कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख बजेट ल्याएको थियो। त्यो मध्ये २२ अर्ब १० करोड ८६ लाख रुपैयाँ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा खर्च गर्‍यो। उक्त बजेट मध्ये ११ महिनामा प्रदेश सरकारले नौ अर्ब सात करोड ९२ लाख ६२ हजार १६६ रुपैयाँ खर्च गरेको थियो भने असार महिनामा मात्रै १३ अर्ब दुई करोड ९३ लाख ३७ हजार ८३३ रुपैयाँ खर्च गर्‍यो।

पुँजीगततर्फको १९ अर्ब छ करोड ९१ लाख मध्ये १३ अर्ब ४६ करोड ८२ लाख ३३ हजार ५७ रुपैयाँ प्रदेश सरकारले खर्च गर्‍यो। पुँजीगततर्फ छुट्याइएको कुल बजेट मध्ये प्रदेश सरकारले ११ महिनामा चार अर्ब ६६ करोड ४७ लाख ८२ हजार १२६ रुपैयाँ मात्रै खर्च गरेको थियो। बाँकी रकम खर्च गर्न असार महिना कुर्नुपर्‍यो।  

चालूतर्फको १४ अर्ब ६७ करोड २२ लाख मध्ये अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले आठ अर्ब ४९ करोड २० लाख ३३ हजार ५७३ रुपैयाँ खर्च गर्‍यो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो मध्ये असार महिनामा चार अर्ब सात करोड ७५ लाख ५३ हजार ६६४ रुपैयाँ खर्च भएको छ।  

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुँजीगत खर्च जेठ मसान्तसम्म १०.४६ प्रतिशत थियो। असारमा बढेर १०५.६५ प्रतिशत पुग्यो। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जेठ मसान्तसम्मको पुँजीगत खर्च २६.९९ प्रतिशत थियो भने आर्थिक वर्ष सकिँदा पुँजीगत बजेटको खर्च प्रतिशत ५३.४१ प्रतिशत पुग्यो। आर्थिक मामिला तथा योजना मन्त्रालयले ११ महिनासम्म २.१५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो। असार मसान्तमा पुग्दा ३.४० प्रतिशत बजेट खर्च गर्न सक्यो।

सामाजिक विकास मन्त्रालयले जेठ मसान्तसम्म पुँजीगत खर्च २५.५१ प्रतिशत गरेको थियो। असार मसान्तसम्म पुग्दा खर्च पतिशत बढेर ७२.८४ पुग्यो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ मसान्तसम्म ४४ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो। असार मसान्तसम्म पुँजीगत खर्च बढेर १११.३३ प्रतिशत पुग्यो। उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले जेठ मसान्तसम्म १८.३० प्रतिशत विकास बजेट खर्च गरेको थियो। असार मसान्तमा पुग्दा पुँजीगत खर्च बढेर ८०.८२ प्रतिशत पुग्यो। भौतिक पूर्वाधार विकास मन्त्रालयले ३१.१५ प्रतिशत पुँजीगत खर्च गरेको थियो। असार मसान्तमा पुग्दा ६३.४८ प्रतिशत पुग्यो।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली अघिल्ला आर्थिक वर्षको तुलनामा समग्र बजेटको खर्च प्रतिशत राम्रो रहेको बताउँछिन्। ‘कोरोना महामारीका बेला पनि चालूतर्फ ५८.०२ र पुँजीगततर्फ ७१.२९ प्रतिशत बजेट खर्च हुनु राम्रो हो,’ सरकारका प्रवक्ता नेपालीले भनिन्, ‘आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३३.३३ प्रतिशत बजेट धेरै खर्च गर्न सफल भएका छौं।’
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस