कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित
२६ पौष २०७७
•
५ मिनेट पाठ
कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित
नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार सात सय ६२ (५.१ प्रतिशत) थियो।




नेपालमा यति धेरै पाहुना भित्रिने मुलुक स्रोत बेलायत कोरोना भाइरसको नयाँ प्रकारले यतिबेला आक्रान्त छ। कोरोनाको नयाँ प्रकारको भाइरस अहिले बेलायतसहितका विभिन्न मुलुकमा तीव्ररूपमा फैलिँदा त्यसको चिन्ता पर्यटनमा छाएको छ। कोरोना संक्रमणका कारण झन्डै एक वर्षदेखि विदेशी पाहुनाविहीन भएको पर्यटन क्षेत्र यो बेलासम्म सुधारको अपेक्षामा थियो। तर, व्यवसायीको त्यो अपेक्षा बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरस र त्यसको तीव्र संक्रमणसँगै निराशामा बदलिएको छ।  

नयाँ भाइरसको तीव्र संक्रमणसँगै पर्यटन क्षेत्रका जानकारले भन्न थालेका छन्, ‘पर्यटन क्षेत्र अझै केही वर्ष पछाडि धकेलिने निश्चित भयो।’ नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये बेलायतको हिस्सा ‘टप फाइभ’ भित्र पर्छ। तर, कोरोनाको नयाँ भाइरसले बेलायतसहितका मुलुक आक्रान्त हुँदा पर्यटनमा त्यसको नकारात्मक असर पर्ने पक्का भएको उनले बताए। ‘बेलायतसहितका मुलुक कोरोनाको नयाँ भाइरसले आक्रान्त छन्। अघिल्लो वर्ष देखिएको कोरोना यो बेलासम्म केही कमजोर हुने र पर्यटकको हिँडडुल सुरु हुने अनुमान थियो,’ लामिछानेले भने, ‘तर, त्यो अनुमान अपूरो हुने निश्चित छ।’

लामिछानेका अनुसार नेपालमा आउने विदेशी पर्यटकको संख्या भारत, चीन, अमेरिकापछि बेलायतलगायत मुलुकका बढी हुन्थे। तर, अहिले बढी पर्यटक आउने मुलुकमै कोरोनाको नयाँ संक्रमणले त्रास फैलाएको उनले बताए। ‘यो बेलासम्म कोरोना कम होला र विदेशी आउन थाल्नेछन् भनेर व्यवसायी ढुक्क थिए। तर, अब नयाँ भाइरसका कारण पाहुनाको हिँडडुल अझै पछाडि धकेलिने निश्चित भयो,’ लामिछानेले भने, ‘नयाँ भाइरसको लहर नयाँनयाँ मुलुकमा फैलिँदा त्यसको प्रभाव पनि बढिरहेको छ। विभिन्न मुलुकले नयाँ भाइरसको त्रासले गर्दा लकडाउन सुरु गरिसकेका छन्। नेपालले विदेशी पर्यटक पाउने मुख्य स्रोतमै कोरोनाको नयाँ भाइरसले आक्रान्त बनाएको छ।’

नेपालमा सन् २०१५ मा २० हजार चार सय ४६ बेलायती पाहुना भित्रिएका थिए। भूकम्पका कारण त्यो वर्ष आगमन कम भएपनि सन् २०१६ मा बढेर ४६ हजार दुई सय ९५ पुगेको थियो। सन् २०१७ मा नेपाल आउने बेलायती पाहुनाको संख्या ५१ हजार थियो। त्यो संख्या उक्लिएर २०१८ मा ६३ हजार चार सय ६६ पुगेको थियो। ‘नेपालमा विदेशी भित्रिने मुख्य स्रोतभित्र बेलायतको स्थान बलियो छ। तर, अब त्यही श्रोतमा नै असर पारेको छ,’ लामिछानेले भने, ‘युरोपियन मुलुकमा कोरोनाको नयाँ लहरले सबैतिर चिन्ता फैलाएको छ। यस्तो बेला विदेशी यात्रामा निस्कन सक्दैनन्। अन्य मुलुकमा पनि लहर फैलिँदै जाँदा सर्वत्र चिन्ता छ।’  

कोरोनाविरुद्धको पहिलो खोपको सुरुवात बेलायतले गर्दा सबैतिर आशाको लहर पलाए पनि अहिले भने निराशामा बदलिएको उनले बताए। ‘बेलायतले कोरोनाविरुद्ध खोप सुरु गर्दा सबैतिर उत्साह जागेको थियो। तर, त्यो उत्साह छोटो समयमै निराशामा बदलियो,’ लामिछानेले भने, ‘पर्यटनमा अझ बढी क्षतिको आंकलन गरिएको छ। अहिलेसम्म जसोतसो टिकेका व्यवसायीलाई अब भने व्यवसाय टिकाइरहन चुनौती छ।’ यूरोपियन बजारका पाहुना अब नेपालमा तत्काल आउन सहज नभएको उनले बताए। ‘अब आन्तरिक पर्यटनमा नजर पु¥याउने अवसर आएको छ,’ उनले भने, ‘पर्यटक भित्रिने मुख्य स्रोतमै मार खेप्नुपरेको अवस्था देखिएको छ। यसले पर्यटनमा सहजता ल्याउने संकेत देखाएको छैन।’

लामिछानेको विश्लेषणमा नेपालमा तत्काल विदेशी पर्यटक आउन नसक्ने दुईवटा मुख्य कारण छन्। ती हुन, वैशाखका लागि निर्वाचन घोषणा गर्नु र कोरोना भाइरसको नयाँ स्वरूप फैलिनु। ‘भाइरसको नयाँ स्वरूपले पनि विश्वलाई नै त्रसित बनाएको छ। त्यसबाहेक नेपालमा निर्वाचन घोषणा गर्दा पनि पर्यटक आउने छैनन्,’ उनले भने, ‘निर्वाचन घोषणाले कुनैपनि मुलुकको पर्यटनको अन्तर्राष्ट्रिय बजार खस्किन्छ। निर्वाचन घोषणा गरिएका मुलुकमा पर्यटक हिँडडुल गर्न चाहँदैनन्।’ निर्वाचन घोषणा गरिएका मुलुकमा घुमघाममा अवरोध आउने त्रास पर्यटनमा हुने गरेको उनले बताए।  

पर्यटन व्यवसायी पनि नयाँ भाइरसबाट बढी त्रसित छन्। एक वर्ष अघिदेखि थलिएको व्यापार कोरोनाको घट्दो संक्रमणसँगै सुधार हुनेमा केही आशावादी पनि थिए। तर, अहिले कोरोनाले नयाँ स्वरूपमा तीव्र विस्तार फैलाउँदा पर्यटकको हिँडडुलमा अवरोध आउने चिन्ता व्यवसायीको छ। ‘कोरोनाको पुरानो संक्रमण हराउँदै जान थाल्दा पर्यटक हिँडडुल सुरु हुने अनुमान थियो। तर, अब युरोपियन मुलुकमा नयाँ स्वरूपको कोरोनाको तीव्र संक्रमणसँगै लकडाउन सुरु हुँदा पर्यटन झनै प्रभावित हुने पक्का भएको छ,’ पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भन्छन्, ‘एक वर्ष अघिदेखि थलिएका व्यवसायी पुनः व्यवसायमा फर्किन मात्र थालेका छन्। यही बेला नयाँ स्वरूपको भाइरसले तीव्रता लिँदा पर्यटक आउने दिन पछाडि धकेलिने अवस्था आएको छ।’

‘अन्तर्राष्ट्रियस्तरमा पर्यटक हिँडडुल सुरु नभएसम्म नेपालले पनि पाहुना पाउँदैन। यो बेलासम्म केही सकारात्मक रिजल्ट आउनेमा आशावादी थियौं,’ भट्टराईले भने, ‘अब भने व्यवसाय कसरी थेग्ने भन्ने चिन्ता पलाएको छ। अहिलेसम्म व्यवसायीले व्यवसाय पहिलेको अवस्थामा फर्किन्छ भनेर थेगेका थिए। तर अब चुनौती थपिने संकेत देखेका छौ।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पर्यटनमा झनै कठिन दिन आइपर्ने संकेत पाएको बताउँछन्। ‘एक वर्षदेखि थलिएको व्यवसाय यो बेला उठ्ने अपेक्षा थियो। तर, बेलायतमा देखिएको र फैलिएको नयाँ संक्रमणले सबैतिर चिन्तित तुल्याएको छ,’ पराजुलीले भने, ‘बेलायतमा फैलिएको संक्रमणलाई देखाएर विभिन्न मुलुकले कनेक्टिङ फ्लाइट रोकेको र केही मुलुकले लकडाउन थालिसक्दा पर्यटन क्षेत्र झनै त्रासमा छ।’  

लामो समयको लकडाउन हटाएर नेपालले अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्दा पर्यटन क्षेत्रले केही आशाको संकेत पाएपनि अहिलेको संक्रमणले पुनः त्रासमा फर्काएको पराजुलीको भनाइ छ। ‘नेपालमा विदेशी पाहुना आउने दिन झनै पछाडि धकेलिने देखिएको छ। धमाधम अन्तर्राष्ट्रिय उडान रोकिन थालेका छन्,’ पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्षसमेत रहेका पराजुली भन्छन्, ‘पर्यटनमा कठिन दिन आउने संकेत देखेका छौं।’ 

कोरोनाले पर्यटनमा निम्त्याएको घाटाको व्यवसाय कहिलेसम्म थेग्ने भन्ने निश्चित नभएको उनले बताए। ‘बत्ती बालौं पैसा उठ्छ, नबालौं, अन्धकार हुन्छ। अन्धकारमा बस्न पनि सकिएन, बत्ती बालेर झिलिमिलि पार्दा खर्च पुर्‍याउन सकस छ,’ उनले भने, ‘घाटाको व्यवसायले सबैलाई तनाव दिएको छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस