अब सहकारीमार्फत पनि ब्याज अनुदान
१९ पौष २०७७
•
३ मिनेट पाठ
अब सहकारीमार्फत पनि ब्याज अनुदान
बैंकमार्फत कृषकलाई ब्याज अनुदान दिँदै आएको कर्णाली प्रदेश सरकारले अव सहकारी संस्थामार्फत पनि नाका कृषकहरुलाई उक्त कार्यक्रममा समावेश गरेको छ । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह गर्नका लागि सहकारी संस्थामार्फत व्याज अनुदानको कार्यक्रम ल्याइएको हो ।




भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारी संस्थामार्फत कृषकले लिएको ऋणको व्याज मध्ये १० प्रतिशत र एक प्रतिशत सेवा शुल्क मन्त्रालयले तिर्ने बताइन् । ‘अनुदानको दुरुपयोग रोक्नका लागि बैंक तथा सहकारी संस्थामार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएका हौं,’ मन्त्री केसीले भनिन्, ‘बैंकको पहुँचमा नहुने र धितो नहुने कृषकहरुका लागि सहकारीमार्फत समेटेका छौं ।’ प्रदेश सरकारले यसअघि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत कृषि व्यवसायका लागि एक करोडसम्म ब्याजमा अनुदान दिने संझौता गरिसकेको छ ।

ब्याज अनुदानका लागि सहकारी संस्थाहरु प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने छ । हाल कर्णालीमा प्रदेश सरकार मातहत ३१४ सहकारी संस्थाहरु छन् । यि मध्ये कम्तिमा ५० लाख शेयर पुँजी भएका सहकारी संस्थामार्फत कृषकहरुलाई व्याज अनुदान दिइने छ । प्रदेश सरकारले ब्याज अनुदानका लागि चालू आर्थिक वर्षका लागि सात करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘ठूला र मझौला कृषि व्यवसायीहरुका लागि बैंकमार्फत र साना कृषकहरुका लागि सहकारीमार्फत ब्याज अनुदान दिँदा प्रभावकारी हुने देखिएकाले प्रदेश मातहतका सहकारीमार्फत यो कार्यक्रम लागू गरेका हौं,’ उनले भनिन्, ‘आवश्यकताका आधारमा स्थानीय तहमा दर्ता भएका सहकारीहरुलाई पनि यो कार्यक्रममा समेट्न सकिन्छ ।’

मन्त्री केसीले पूर्ण अनुदानको दुरुपयोग रोक्नका लागि ब्याज अनुदानको कार्यक्रम ल्याइएको बताइन् । उनले वर्षमा तीन महिना पनि खान नपुग्नेहरुका लागि भने अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको बताइन् । ‘सरकारी अनुदान बास्तविक कृषकसम्म नपुगेर बिचौलियाले खाने गरेको पाइएपछि कर्णालीमा ब्याज अनुदान कार्यक्रम सुरु गरेका हौं,’ उनले भनिन्, ‘तीन महिना पनि खान नपुग्ने, बैंक तथा सहकारीको पनि पहुँचमा नभएकाहरुका लागि अनुदान कार्यक्रम निरन्तर छ ।’

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले ऋणको ब्याज अनुदानको अवधि पाँच वर्ष राखिएको छ । त्यसपछिको ब्याज भने स्वयम् कृषकले तिर्नुपर्नेछ । बैंकमार्फत एक करोडसम्म ऋण लिने कृषकका लागि सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले तिर्नेछ भने सहकारीमार्फत ऋण लिने कृषकहरुका लागि १० प्रतिशत व्याज र एक प्रतिशत सेवा शुल्क सरकारले तिर्नेछ । सचिव मिश्रका अनुसार चालू आर्थिक वर्षमा यो कार्यक्रमबाट बैंकमार्फत १०० र सहकारीमार्फत एक हजारबढी कृषक लाभान्वित हुनेछन् ।

ब्याज अनुदान लिने कृषकले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । यस्तै १० लाखभन्दा बढी ऋण लिनुपरे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्नेलगायतका शर्तहरु राखिएको छ । यदि कृषकले ऋण नतिरे कालो सूचीमा राख्ने, चलअचल सम्पत्ती रोक्का गर्ने, सामाजिक सुरक्षालगायतका सेवाहरुमा रोक लगाइने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट पाँच प्रतिशत ब्याज अनुदान लिइरहेका कृषकहरुले भने प्रदेश सरकारको यस कार्यक्रमबाट लाभ लिन पाउने छैनन् ।
अर्को समाचार
अब सहकारीमार्फत पनि ब्याज अनुदान
२१ पौष २०७७
•
३ मिनेट पाठ
अब सहकारीमार्फत पनि ब्याज अनुदान
बैंकमार्फत कृषकलाई ब्याज अनुदान दिँदै आएको कर्णाली प्रदेश सरकारले अव सहकारी संस्थामार्फत पनि नाका कृषकलाई उक्त कार्यक्रममा समावेश गरेको छ। व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह गर्नका लागि सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यक्रम ल्याइएको हो।




भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारी संस्थामार्फत कृषकले लिएको ऋणको ब्याजमध्ये १० प्रतिशत र एक प्रतिशत सेवा शुल्क मन्त्रालयले तिर्ने बताइन्।‘अनुदानको दुरूपयोग रोक्नका लागि बैंक तथा सहकारी संस्थामार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएका हौं,’ मन्त्री केसीले भनिन्, ‘बैंकको पहुँचमा नहुने र धितो नहुने कृषकका लागि सहकारीमार्फत समेटेका छौं।’ प्रदेश सरकारले यसअघि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत कृषि व्यवसायका लागि एक करोडसम्म ब्याजमा अनुदान दिने संझौता गरिसकेको छ।

ब्याज अनुदानका लागि सहकारी संस्था प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने छ।हाल कर्णालीमा प्रदेश सरकार मातहत तीन सय १४ सहकारी संस्था छन्।यि मध्ये कम्तिमा ५० लाख सेयर पुँजी भएका सहकारी संस्थामार्फत कृषकलाई व्याज अनुदान दिइने छ।प्रदेश सरकारले ब्याज अनुदानका लागि चालू आर्थिक वर्षका लागि सात करोड रूपैयाँ विनियोजन गरेको छ।‘ठूला र मझौला कृषि व्यवसायीका लागि बैंकमार्फत र साना कृषकका लागि सहकारीमार्फत ब्याज अनुदान दिँदा प्रभावकारी हुने देखिएकाले प्रदेश मातहतका सहकारीमार्फत यो कार्यक्रम लागू गरेका हौं,’ उनले भनिन्, ‘आवश्यकताका आधारमा स्थानीय तहमा दर्ता भएका सहकारीलाई पनि यो कार्यक्रममा समेट्न सकिन्छ।’ मन्त्री केसीले पूर्ण अनुदानको दुरूपयोग रोक्न ब्याज अनुदानको कार्यक्रम ल्याइएको बताइन्। उनले वर्षमा तीन महिना पनि खान नपुग्नेहरूका लागि भने अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको बताइन्।‘सरकारी अनुदान वास्तविक कृषकसम्म नपुगेर बिचौलियाले खाने गरेको पाइएपछि कर्णालीमा ब्याज अनुदान कार्यक्रम सुरु गरेका हौं,’ उनले भनिन्, ‘तीन महिना पनि खान नपुग्ने, बैंक तथा सहकारीको पनि पहुँचमा नभएकाहरूका लागि अनुदान कार्यक्रम निरन्तर छ।’

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले ऋणको ब्याज अनुदानको अवधि पाँच वर्ष राखिएको छ।त्यसपछिको ब्याज भने स्वयं कृषकले तिर्नुपर्नेछ।बैंकमार्फत एक करोडसम्म ऋण लिने कृषकका लागि सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले तिर्नेछ भने सहकारीमार्फत ऋण लिने कृषकका लागि १० प्रतिशत ब्याज र एक प्रतिशत सेवा शुल्क सरकारले तिर्नेछ। सचिव मिश्रका अनुसार चालू आर्थिक वर्षमा यो कार्यक्रमबाट बैंकमार्फत एक सय र सहकारीमार्फत एक हजारबढी कृषक लाभान्वित हुनेछन्।

ब्याज अनुदान लिने कृषकले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ।यस्तै १० लाखभन्दा बढी ऋण लिनुपरे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेस गर्नुपर्नेलगायत सर्त राखिएको छ। यदि कृषकले ऋण नतिरे कालो सूचीमा राख्ने, चलअचल सम्पत्ती रोक्का गर्ने, सामाजिक सुरक्षालगायत सेवामा रोक लगाइने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख छ।नेपाल राष्ट्र बैंकबाट पाँच प्रतिशत ब्याज अनुदान लिइरहेका कृषकले भने प्रदेश सरकारको यस कार्यक्रमबाट लाभ लिन पाउने छैनन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस