नयाँ वर्षले पर्यटनमा जगाएको आशा
१७ पौष २०७७
•
३ मिनेट पाठ
नयाँ वर्षले पर्यटनमा जगाएको आशा
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको बुधबार साँझको रमझम । तस्बिर:उमेश पुन/नागरिक
सन् २०२० को अन्तिम दिन, मध्यरातदेखि २०२१ सुरु हुँदैछ। पोखराको पर्यटन क्षेत्रमा पुरानो अंग्रेजी वर्ष विदाइ र नयाँवर्षको स्वागतले विशेष अर्थ राख्छ। कारण– पुरानो वर्ष विदाइ र नयाँ वर्षको स्वागतार्थ यहाँको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना हुन्छ। महोत्सवले पर्यटन क्षेत्र झकिझकाउ हुने गरेको छ भने पाहुनाको चहलपहल पनि बाक्लै हुने गरेको थियो।




तर, कोरोना संक्रमणले गर्दा यो वर्ष सडक महोत्सव अघिल्ला वर्षजस्तो उल्लासमय हुन सकेन। पाहुनाको आगमनको हिसाबले लेकसाइड उल्लासमय नबनेपनि महोत्सवका कारण लेकसाइड राती केही अबेरसम्म चम्किन भने पाएको छ। झन्डै नौ महिनापछि लेकसाइड राती अबेरसम्म जागा बस्न पाएको छ।  

महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले पाहुनाको आगमनको हिसाबले अघिल्ला वर्षजस्तो उल्लासमय हुन नसकेपनि कोरोनाको यो महामारी रहिरहँदा आन्तरिक पाहुनाको आगमनले केही उत्साह थपेको जनाएको छ। घुम्न आएका उनै सीमित आन्तरिक पाहुनाकै कारण लेकसाइड राती अबेरसम्म चम्किन पाएको उनीहरूको भनाइ छ।

‘अघिल्ला वर्षजस्तो आकारमा आन्तरिक पाहुना आउँछन् भनेर हामीले महोत्सव आयोजना गरेका पनि होइनौं,’ आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले भने, ‘तर, अहिलेको अप्ठेरोका बाबजुद पनि केही पाहुना आउँदा हामी आशावादी भने भएका छौं। कम्तिमा लेकसाइड राती अबेरसम्म निदाउन पाएको छैन।’ कोरोना कहर सुरु भएपछि साँझ पर्न नपाउँदै सुस्ताउने गरेको लेकसाइड अहिले केही दिनका लागि भने राती अबेरसम्म जागै रहने माहोल महोत्सवले ल्याइदिएको उनले बताए।  

अघिल्ला वर्षजस्तो आकारमा पाहुना आउलान र कमाइ गरौला भनेर यो पटक महोत्सव आयोजना गरेको नभई निरन्तरताका लागि मात्र २२ औं संस्करण गरेको उनले बताए। ‘विगत नौ महिनादेखि थलिएको पर्यटन क्षेत्रलाई केही भएपनि राहत मिलेको छ। व्यवसायीले कमाउने भन्दा पनि व्यवसायको ढोका खोल्ने आधार यो महोत्सव भएको छ,’ उनले भने, ‘राती अबेरसम्म व्यवसायको ढोका खोल्न व्यवसायी बाध्य भएका छन्। किनकी सीमित पाहुना यो बेला पोखरा आएका छन्।’

अध्यक्ष बरालका अनुसार बुधबार सुरु भएको महोत्सव शुक्रबार सकिँदैछ। सधैं पाँच दिन आयोजना हुने महोत्सव यो वर्ष घटाएर तीन दिनमा झारिएको छ। महोत्सवमा पनि केही आन्तरिक पाहुना पोखरामा भित्रिँदा व्यवसायीले भविश्यका लागि आशावादी भएका छन्। ‘मेरै होटलमा ५० प्रतिशत कोठामा पाहुना छन्। जबकी यसअघि त्यति धेरै पाहुना कोरोना कहर सुरु भएपछि कहिल्यै पाएको थिइन,’ बरालले भने, ‘त्यस्तै रेस्टुरेन्टले पनि केही व्यापार गरेको छ। सानो आकारको यो आम्दानी पनि व्यवसायीलाई उत्साही बनाउने आधार बनेको छ।’  

महोत्सवका कारण लेकसाइडमा केही चमक थपिएको छ। महोत्सवको पहिलो रात बुधबार अबेरसम्म लेकसाइडमा आन्तरिक पाहुनाको चहलपहल देखिन्थ्यो। चल्तीका धेरै होटलले ५० प्रतिशतभन्दा बढी कोठामा पाहुना पाएका छन्। ती सबै पाहुना आन्तरिक हुन्।  

‘कोरोनाको अरू कहर नथपिने हो भने आन्तरिक पाहुनाबाट व्यवसाय धानिन्छ भन्ने पुष्टि भएको छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘यो बेला पनि आन्तरिक पाहुनाले पोखरालाई माया गरेका छन्। कमाउनका लागि विदेशी पाहुना अवश्य चाहिन्छ, तर, व्यवसाय थेग्नका लागि आन्तरिक पाहुना नै काफी हुन्छन्।’ पोखराभित्रै र आसापसका क्षेत्रका थोरै पाहुनाको भरमा पनि व्यवसाय खोल्ने आँट गरेका व्यवसायी अहिले विभिन्न सहरबाट आन्तरिक पाहुना आउँदा आशावादी भएको उनले सुनाए।  

लामो समय पाहुनाविहीन भएका होटल तथा रेस्टुरेन्ट सडक महोत्सवकै निहुँमा व्यवसाय सुचारु गरेका छन्। सडक छेउँमा रेस्टुरेन्ट निकालेर पाहुनालाई सेवा दिइरहेका छन्। ‘अघिल्ला वर्षजस्तो तामझामपूर्ण महोत्सव गर्ने अवस्था पनि छैन। तर, निरन्तरताका लागि मात्र यो प्रयास गरेका हौं,’ भट्टराईले भने, ‘तर व्यवसायी उत्साही बन्न पाएका छन्। नौ महिना सुस्ताएका व्यवसायीलाई ब्युताउने प्रयास महोत्सवले गरेको छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस