कोभिड महामारी जारी रहेकै बेला गत नोभेम्बरमा एक हजार नौ सय ४७ विदेशी नेपाल आएका छन्। कोरोनाका कारण नेपालमा लकडाउन सुरु भएपछिको अक्टोबरसम्ममा अरू दुई हजार विदेशी आएका थिए।
नोभेम्बरमा भित्रिएका झन्डै दुई हजार विदेशी के साच्चै पर्यटक थिए त ? पर्यटन बोर्डका प्रवक्ता मणि लामिछाने भन्छन्, ‘नोभेम्बरमा मात्र नेपालमा झन्डै दुई हजार विदेशी त भित्रिए। ती सबै विदेशी पर्यटक हुन वा होइनन् भनेर हामीले खुट्याउन सक्दैनौं। केही संख्याका विदेशी पक्कै पनि पर्यटककै रूपमा आएका हुन सक्छन्।’ कतिपय पर्यटन व्यवसायीले नेपाल भित्रिएका सबै विदेशी नागरिकलाई पर्यटकको रूपमा बुझने गरे पनि भित्रिने जति सबै विदेशी पर्यटक नहुने जानकार बताउँछन्।
‘पर्यटक र गैरपर्यटकको भिन्नाभिन्नै विवरण राख्न जरुरी छ,’ लामिछाने भन्छन्, ‘उनीहरू अन्तर्राष्ट्रिय भ्रमणकर्ता भने पक्का हुन्। तर पर्यटक हुन् वा होइनन् भनेर यकिन भने गर्न सकिन्न। किनकि त्यो अर्थमा नेपालमा विदेशीको तथ्यांक राखिँदैन।’ नेपाल भित्रिएका अन्य मुलुकका सबै नागरिकलाई पर्यटक भन्न नमिल्ने उनले बताए।
विदेशी नागरिक घुम्ने बाहेकका कामले पनि विभिन्न मुलुक आउजाउ गर्छन्। नेपालमा पनि घुम्नबाहेक व्यक्तिगत कामले आउने विदेशी पनि पर्याप्त हुन्छन्। नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको रूपमा पर्याप्त विदेशी आउँछन्। त्यस्तै, दातृ निकायले निर्माण गरिरहेका विकास निर्माणका विभिन्न आयोजनामा काम गर्न पनि विदेशी नागरिक कामदारको रूपमा आउँछन्। त्यस्तै व्यवसायी, विद्यार्थी पनि विदेशी नागरिक हुन्छन्। ती सबै पर्यटक नहुने उनले बताए।
‘नितान्त घुमफिर र पैसा खर्चनका लागि भित्रिने व्यक्ति मात्र पर्यटक हुन्। यहाँ त खर्च गर्ने भन्दा कमाउनका लागि पनि विदेशी आउँछन्,’ लामिछाने भन्छन्, ‘अन्तर्राष्ट्रिय नागरिक मात्र हुन् वा साँच्चैका पर्यटक भनेर अब तथ्यांक राख्नुपर्छ।’ पर्यटनका गतिविधिमा संलग्न नहुने विदेशी पर्यटक बन्न नसक्ने उनले बताए। ‘हामीले परम्परागत हिसाबले राखेको तथ्यांकको आधारमा नोभेम्बरमा झन्डै दुई हजार विदेशी भित्रिएको भन्न सक्छौं, तर पर्यटक नै भित्रिए भनेर ठोकुवा भने गर्न सकिन्न,’ उनले भने, ‘यो महामारीमा पनि झन्डै दुई हजार विदेशी भित्रिँदा पर्यटन क्षेत्र आशावादी हुनु स्वाभाविक हो।’
नेपाल भित्रिएका यी विदेशीबाट पनि अहिलेको महामारीमा नेपाल घुम्न सकिनेबारे सन्देश फैलाउन सकिने उनले बताए। ‘कोरानाको संक्रमणले कसैलाई पनि भीडभाड नगर भन्छ, सकेसम्म एकान्तबास अपनाउन सुझाउँछ,’ लामिछानेले भने, ‘त्यसैले यो बेला नेपाल आउन खोज्ने पनि छन्।’ अहिले भित्रिएका विदेशीमध्ये केही आकारका पदयात्री भएको हुनसक्ने उनको अनुमान छ।
सन् २०१९ को नोभेम्बरमा मात्र नेपालमा एक लाख २२ हजार विदेशी भित्रिएका थिए। तीमध्ये ९८ हजार पाँच सय विदेशी हवाईमार्ग र २३ हजार चार सय स्थलमार्गबाट नेपाल भित्रिएका थिए। सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्म नेपाल भित्रिने विदेशीको संख्या दुई लाख २० हजार एक सय १७ छ। सन् २०१९ को त्यही अवधि (जनवरी–नोभेम्बर)मा त्यो संख्या झन्डै ११ लाख थियो।
कोरोना महामारीका कारण नेपालले रोकेको अन्तर्राष्ट्रिय हवाई उडान खुलाएर गत कात्तिक १ देखि पर्वतारोहण र पदयात्राका लागि मात्र विदेशीलाई नेपाल आउन खुला गरिएको थियो। अध्यागमन विभागका अनुसार अहिले पर्वतारोहण र पदयात्रा गर्ने बाहेक अन्य पर्यटकलाई नेपाल आउन अझै अनुमति सरकारले दिएको छैन। अध्यागमन विभागका प्रवक्ता रामचन्द तिवारी भन्छन्, ‘सबैखाले विदेशी पर्यटकलाई नेपाल भित्रिनका लागि बाटो खुलाउने तयारी भइरहेको छ। अब केहीदिनमा सबै पर्यटकका लागि बाटो खुल्नेछ।’
उनले पनि अहिले भित्रिएका सबै विदेशी पर्यटक नभएको बताए। ‘विभिन्न उद्देश्यले विदेशी नेपाल भित्रिन्छन्, ती सबै पर्यटकको रूपमा हुँदैनन्,’ तिवारीले भने, ‘भित्रिएका विदेशीमध्ये को पर्यटक हो र को होइन भनेर अहिलेसम्म फरक तथ्यांक छैन।’