महामारीबीच विदेशीको नेपाल आगमनः नोभेम्बरमा झन्डै दुई हजार भित्रिए
१९ मंसिर २०७७
•
४ मिनेट पाठ
महामारीबीच विदेशीको नेपाल आगमनः नोभेम्बरमा झन्डै दुई हजार भित्रिए
पोखरा लेकसाइडको हल्लनचोकमा विदेशी पर्यटक । फाइल तस्बिरः उमेश पुन/नागरिक
कोरोना भाइरस महामारी जारी रहँदा २०२० को नोभेम्बरमा नेपालमा १९४७ जना विदेशी नागरिक भित्रिएका छन्। महामारीले विश्वव्यापी आउजाउ प्रभावित भईरहँदा गत नोभेम्बरमा नेपालले झन्डै दुई हजार विदेशीलाई भित्र्यायो।  




त्यसबाहेक कोरोनाका कारण नेपालमा लकडाउन सुरु भएपछिको अक्टोबरसम्मको अवधिमा अरु दुई हजार जना विदेशी भित्रिएका थिए। लकडाउनपछि नोभेम्बरसम्म नेपाल भित्रिने विदेशीको संख्या सबैगरि झन्डै चार हजार पुगेको छ। नोभेम्बरमा भित्रिएका झन्डै दुई हजार विदेशी के साच्चै पर्यटक थिए त?  

–भित्रिएका सबै विदेशी पर्यटक हुन् वा होइनन् भनेर भन्न सकिन्नः पर्यटन बोर्ड
पर्यटन बोर्डका प्रवक्ता मणि लामिछाने भन्छन्, ‘नोभेम्बरमा मात्र नेपालमा झन्डै दुई हजार विदेशी त भित्रिएका छन्। तर, ती सबै विदेशी पर्यटक हुन वा होइनन् भनेर हामीले खुट्याउन सक्दैनौ। तर, केही संख्याका विदेशी पक्कै पनि पर्यटककै रुपमा आएका हुन सक्छन्।’ कतिपय पर्यटन व्यवसायीले नेपाल भित्रिएका सबै विदेशी नागरिकलाई पर्यटकको रुपमा बुझने गरेको भएपनि भित्रिनेजति ती सबै विदेशी नागरिक पर्यटक नहुने जानकारहरु बताउँछन्।

‘पर्यटक र गैर पर्यटकको भिन्दाभिन्दै विवरण राख्न जरुरी छ,’ लामिछाने भन्छन्, ‘उनीहरु अन्तर्राष्ट्रिय भ्रमणकर्ता भने पक्का हुन्। तर, पर्यटक हुन् वा होइनन् भनेर यकिन भने गर्न सकिन्न। किनकी त्यो अर्थमा नेपालमा विदेशीको तथ्यांक राखिदैन।’ नेपाल भित्रिएका अन्य मुलुकका सबै नागरिकलाई पर्यटक भन्न नमिल्ने उनले बताए। तर, अहिलेको अप्ठेरो अवस्थामा भित्रिएका ती विदेशीबाट पनि पर्यटन प्रवर्द्धनमा योगदान पुग्न भने सक्ने उनले बताए। नेपाल भित्रिएका सबै विदेशीको तथ्यांक एकैठाउँमा राख्दा पर्यटक र गैर पर्यटक छुट्याउन सहज नहुने उनले बताए।

विदेशी नागरिक घुम्ने बाहेकका कामकाजले पनि विभिन्न मुलुक आउजाउ गर्छन्। नेपालमा पनि घुम्न बाहेक व्यक्तिगत कामले आउने विदेशी पनि पर्याप्त हुन्छन्। नेपालस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीको रुपमा पर्याप्त विदेशी आउँछन्। त्यस्तै दातृ निकायले निर्माण गरिरहेका विकास निर्माणका विभिन्न आयोजनामा काम गर्न पनि विदेशी नागरिक कामदारको रुपमा आउँछन्। त्यसैगरि, व्यवसायी, विद्यार्थी पनि विदेशी नागरिक हुन्छन्। तर, ती सबै पर्यटक नहुने उनले बताए।  

‘नितान्त घुमफिर र पैसा खर्चनका लागि भित्रिने व्यक्ति मात्र पर्यटक हुन्। यहाँ त खर्च गर्ने भन्दा कमाउनका लागि पनि विदेशी आउँछन्,’ लामिछाने भन्छन्, ‘अन्तर्राष्ट्रिय नागरिक मात्र हुन् वा साच्चैका पर्यटक हुन भनेर अब तथ्यांक राख्नुपर्छ।’ पर्यटनका गतिविधिमा संलग्न नहुने विदेशी पर्यटक बन्न नसक्ने उनले बताए। ‘हामीले परम्परागत हिसाबले राखेको तथ्यांकको आधारमा नोभेम्बर महिनामा झन्डै २ हजार विदेशी भित्रिएको भन्न सक्छौ, तर पर्यटक नै भित्रिए भनेर ठोकुवा भने गर्न सकिन्न,’ उनले भने, ‘तर, यो महामारीमा पनि झन्डै दुई हजार विदेशी भित्रिँदा पर्यटन क्षेत्र आशावादी हुनु स्वभाविक हो।’

नेपाल भित्रिएका यी विदेशीबाट पनि अहिलेको महामारीमा नेपाल घुम्न सकिने बारे सन्देश फैलाउन सकिने उनले बताए। ‘कोरानाको संक्रमणले कसैलाई पनि भीडभाड नगर भन्छ, सकेसम्म एकान्तबास अपनाउन सुझाउँछ,’ लामिछानेले भने, ‘त्यसैले यो बेला नेपाल आउन खोज्ने पनि छन्।’ अहिले भित्रिएका विदेशीमध्ये केही आकारका पदयात्री भएको हुनसक्ने उनको अनुमान छ।  

सन् २०१९ को नोभेम्बरमा मात्र नेपालमा १ लाख २२ हजार विदेशी नागरिक भित्रिएका थिए। ती मध्ये ९८ हजार ५ सय विदेशी हवाईमार्ग र २३ हजार ४ सय स्थलमार्गबाट नेपाल भित्रिएका थिए। सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्म नेपाल भित्रिने विदेशीको संख्या २ लाख २० हजार ११७ छ। २०१९ को त्यही अवधि (जनवरी–नोभेम्बर)मा त्यो संख्या झन्डै ११ लाख थियो।

कोरोना भाइरस महामारीका कारण नेपालले रोकेको अन्तर्राष्ट्रिय हवाई उडान खुलाएर गत कात्तिक १ देखि पर्वतारोहण र पदयात्राका लागि मात्र विदेशीलाई नेपाल आउन खुला गरिएको थियो। अध्यागमन विभागका अनुसार अहिले पर्वतारोहण र पदयात्रा गर्ने बाहेक अन्य पर्यटकलाई नेपाल आउन अझै अनुमति सरकारले दिएको छैन। अध्यागमन विभागका प्रवक्ता रामचन्द तिवारी भन्छन्, ‘सबैखाले विदेशी पर्यटकलाई नेपाल भित्रिनका लागि बाटो खुलाउने तयारी भईरहेको छ। अब केही दिनमा सबै पर्यटकका लागि बाटो खुल्नेछ।’ उनले पनि अहिले भित्रिएका सबै विदेशी पर्यटक नभएको बताए। ‘विभिन्न उद्देश्यले विदेशीहरु नेपाल भित्रिन्छन, ती सबै पर्यटकको रुपमा हँुदैनन,’ तिवारीले भने, ‘भित्रिएका विदेशीमध्ये को पर्यटक हो र को होइन भनेर अहिलेसम्म फरक तथ्यांक छैन।’

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि नेपाल भित्रिएजति विदेशी सबै पर्यटक नहुने बताउँछन्। ‘भ्रमण बाहेक यहाँ व्यवसाय, कामका लागि, विदेशी नियोगमा कार्यरत, विद्यार्थी, कामदारको रुपमा विदेशी भित्रिन्छन्,’ सापकोटा भन्छन्, ‘कमाउने उद्देश्य नराखी खर्चिन आएका व्यक्ति मात्र पर्यटक हुन्छन्। नेपालमा आएर कमाउने व्यक्ति पर्यटक हुँदैनन्।’ पर्यटक बाहेक वर्क भिषा, विद्यार्थी भिषाबाट आएकाबाट सकारात्मक सन्देश प्रवाह गर्न सकिने भने उनले बताए। ‘पर्यटकजस्ता ती सबै आगन्तुक प्रभावशाली हुँदैनन्, तर, उनीहरुले नेपालबारे प्रचार भने गर्न सक्छन्। पर्यटक र गैर पर्यटक को हुन् भन्ने छुट्याउन जरुरी छ,’ सापकोटाले भने, ‘पर्यटक नभएपनि भित्रिएका विदेशीबाट केही आर्थिक गतिविधि हुँदा फाइदा त हुन्छ, तर, पर्यटककै रुपमा आएजस्तो हुँँदैन।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस