आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन्।आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाई मन्त्री भट्टराई स्मरण पत्र बुझाइएको हो।
उखु किसानहरुसँग गत वर्ष माघ महिना सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्रीलाई उखु किसानहरुले स्मरणपत्र बुझाएका छन्।
किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिएका छन्। मन्त्री भट्टले किसानलाई भने, 'उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिनेछ। जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं।’
मधेशका श्रद्धाको पर्व 'छठ’ भन्दा अघि किसानहरूको सम्पूर्ण रकम भुक्तानी भएन भने छठ पर्वपछि मंसिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई सिंहदरबार घेर्ने चेतावनी उखु किसानले दिएका छन्।
'नेपाल सरकारले तुरुन्त निर्धारित अवधिमा रकमको भुक्तानी गरियोस्। होइन भने कोरोनाले मर्नु र भोक, ऋणले मर्नु परिणाम एउटै आउने भएकोले हामी निर्णायक आन्दोलन गर्न बाध्य हुने जानकारी गराउन चाहन्छौं।’ मन्त्री भट्टराई बुझाइएको स्मरणपत्रमा उल्लेख छ।
उखु किसानले उखु प्रति क्विन्टल ७ सय ५० रुपैयाँ तोक्न माग गर्दै आएको भए पनि मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो।
यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनले भनिन्, 'सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। उखुको न्यूनतम खरिद मूल्य जुन छ उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ। यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने एउटा मात्रै निर्णय भएको छ।,'
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...