तमोर जलाशययुक्त परियोजनाः जग्गाको उचाइ एकिन गरी हकभोग गर्न पाइने
२५ असोज २०७७
•
३ मिनेट पाठ
तमोर जलाशययुक्त परियोजनाः जग्गाको उचाइ एकिन गरी हकभोग गर्न पाइने
लगानी बोर्डको कार्यालयले तमोर जलाशययुक्त परियोजना कारण यसअघि रोकिएका ताप्लेजुङ, तेह्रथुम र पाँचथरका समुद्री सतहबाट ६ सय मिटरमाथिका जग्गाको उचाइ एकिन गरी कारोवार खुल्ला गर्न सकिने औपचारिक पत्र पठाएको छ।




लगानी बोर्डले उक्त परियोजनाका कारण तटीय क्षेत्र समुद्री सतहबाट ६ सय मिटर उचाइ भन्दामाथिका कित्ताहरु नापी कार्यालयबाट उचाइ एकिन गराइ हकभोग गर्न सकिने पत्र गृह मन्त्रालयमा पठाएको हो। पत्रको बोधार्थ तथा कार्यार्थका लागि लगानी बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक तथा पूर्वाधार विकास, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र ताप्लेजुङ, पाँचथर र तेह्रथुमका जिल्ला प्रशासन र जिल्ला मालपोत कार्यालयमा पत्र पठाएको हो।  

लगानी बोर्डको कार्यालयले पत्र संख्या १३७ मिति २०७७।०६।२३ गते गृह मन्त्रालयलाई सम्बोधन गरी लेखेको पत्रमा ताप्लेजुङ, पाँचथर र तेह्रथुमका तटीय क्षेत्र(समुद्री सतहबाट ६०० मिटरसम्म उचाइ) स्थितका निजी हकभोगमा रहेका सबै प्रकृतिका जग्गा खरिद–बिक्रीका लागि रोक्का राख्न पत्राचार गरिएकोमा अब भने नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार गर्न सकिने उल्लेख गरिएको छ। लगानी बोर्डको पछिल्लो पत्र अनुसार अब तमोर जलाशययुक्त परियोजनाका कारण प्रभावित हुने ताप्लेजुङ, पाँचथर र तेह्रथुमका वडाहरुको यसअघि लागेको सोलोडोले जग्गाको हकभोग प्रतिवन्ध अब खुलेको छ।  

परियोजना प्रभावित क्षेत्र भनि किटान गरिएका वडाका नागरिकले अब हकभोग तथा कारोबारका लागि नापी कार्यालयबाट उचाइ एकिन गर्नुपर्ने हुन्छ। नापी कार्यालयबाट उचाइ एकिन गर्दा समुद्री सतहबाट ६ सय मिटर भन्दामाथिका जग्गा भए प्रभावित वडाभित्रका नागरिकले पनि निजी स्वामित्वका जग्गाको हकभोग वा कारोबार गर्न पाउने छन्। समुद्री सतहबाट ६ सय मिटर भन्दा मुनिका निजी स्वामित्वका जग्गाको हकभोग वा कारोबारमाथिको प्रतिबन्ध भने कायम रहेको छ।

प्रभावित वडाका सोलोडोलो जग्गा रोक्का प्रकृयाले नागरिकका अंशबण्डा, नामसारी, ऋण लेनदेनसहितका दैनिक व्यवहारका काम रोकिएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले लगानी बोर्डसंग सहजीकरण गरिदिन गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको थियो।  

ताप्लेजुङ प्रशासनको अनुरोध पत्रका आधारमा गृह मन्त्रालयले यहिँ असोज १५ गते लगानी बोर्डको कार्यालयमा नाप कार्यालयबाट उचाइ एकिन गरी हकभोग तथा कारोवार खुल्ला गर्ने प्रावधानका लागि पत्राचार गरेको थियो। प्रशासनले गृहमा लेखेको पत्रमा परियोजना क्षेत्रमा निजी स्वामित्वका जग्गा रोक्काको बिद्यमान प्रावधानबाट जनतामा प्रत्यक्ष असर परेकोले तमोर जलाशययुक्त परियोजनाका कारण कारोवार गर्न रोकिएका क्षेत्रहरुमा नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवारको व्यवस्था खुल्ला गरिनुपर्ने भनेको थियो।  

लगानी बोर्डले उचाइ एकिन गरी हकभोग तथा कारोवार खुल्ला गर्न सकिने व्यहोराको पत्र पठाउँदा समेत गृह मन्त्रालय र ताप्लेजुङ प्रशासनले लेखेको पत्रको व्यहोरा दोहो¥याएको छ। लगानी बोर्डले गृह मन्त्रालय र ताप्लेजुङ प्रशासन कार्यालयले लेखेको पत्रमा समुद्री सतहबाट ६ सय मिटर भन्दा माथिका जग्गाको उचाइ एकिन गरी हकभोग तथा कारोवार गर्न पाउनुपर्ने जनदबाब समेत रहेको पाइएको भन्दै यसअघिको रोक्का निर्णय परिवर्तन भइ थप अर्को निर्णय भएको बताएको छ।  

यसअघि लगानी बोर्डको पत्र अनुसार गृह मन्त्रालयले २०७६ पुस ६ गते तथा लगानी बोर्डले पहिलो पटक २०७६ साल मंसिर  २४ र दोस्रो पटक माघ १४ गते परियोजना प्रभावित क्षेत्रका जग्गाको हकभोग तथा कारोवार रोक्का गर्ने गरी सम्बन्धित प्रशासन कार्यालय र मालपोत कार्यालयमा पत्राचार गरेको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस