ताप्लेजुङको फुङ्लिङका बजार असोज १६ देखि पर्व अवधिभर खुल्ने भएको छ। साप्ताहिक रुपमा शुक्रबार बन्द हुँदै आएको फुङ्लिङका बजार मुख्य चाडपर्व अवधिमा भने सबैदिन खुल्ला हुने भएको हो।
ताप्लेजुङ उद्योग बाणिज्य संघको बैठकले दशैं, तिहार र छट पर्वसम्म प्रत्येक हप्ताको शुक्रबार बन्द हुने पसल सबैदिनका लागि खुल्ला गर्ने निर्णय गरेको छ। ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालका अनुसार असोज १६ गते शुक्रबारबाट खुल्ला हुने बजारपसल मंसिर ५ गते शुक्रबारसम्म खुल्ला हुने छन्।
मंसिर १२ गते शुक्रबारबाट भने नियमित रुपमा फुङ्लिङका बजारपसल फेरि साप्ताहिक रुपमा बन्द हुनेछन्।