कछुवा गतिमा कर्णाली : अन्तिम सातासम्म २६.१५ प्रतिशत मात्र बजेट खर्च
२३ असार २०७७
•
३ मिनेट पाठ
कछुवा गतिमा कर्णाली : अन्तिम सातासम्म २६.१५ प्रतिशत मात्र बजेट खर्च
चालू आर्थिक वर्षको अन्तिम सातासम्म कर्णाली प्रदेश सरकारले अपेक्षाभन्दा थोरै बजेट खर्च गरेको छ । कूल ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेटमा २६.१५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।




मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालूतर्फ ४.४९ र पुँजीगततर्फ ५.७ गरी जम्मा ५.३२ प्रतिशत रकम खर्च गरेको छ । चालू एक अर्ब ७८ करोड ८२ लाख ७८ हजार र पुँजीगत तीन अर्ब ४९ करोड ३३ लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको थियो । 

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको कूल विनियोजित बजेट पाँच अर्ब ६० करोड नौ लाख ५० हजारमध्ये १.६ अर्थात् पाँच करोड ९३ लाख ७७ हजार पाँच सय ३२ रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । उक्त कार्यालयका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ८६ करोड ५७ लाख ४३ हजारमध्ये २६.८० प्रतिशत रकम खर्च गरेको छ । 

तीन अर्ब ४३ करोड पाँच लाख ७९ हजार कूल बजेट भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३९.०५ प्रतिशत रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयकी सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालू आर्थिक वर्षको अन्तिमसातासम्म ४९.५९ प्रतिशत रकम खर्च गरेको छ । यहाँ कूल ६९ करोड ९९ लाख २४ हजार रूपैयाँ विनियोजन भएको थियो ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयले १० अर्ब ७० करोड ४८ लाख २३ हजार रूपैयाँमध्ये २३.७० प्रतिशत रकम खर्च गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर ठूलो रकम विनियोजन गरेको थियो । रकम ठूलो विनियोजन गरिएता पनि खर्च कम हुँदा सरकारले प्राथमिकता दिएको पूर्वाधार विकास निर्माण गर्ने लक्ष्यमा ठेस लागेको छ । 

सामाजिक विकास मन्त्रालय चार अर्ब ७० करोड दुई लाख ६९ हजार मध्ये ४१.९७ प्रतिशत रकम खर्च गरेको छ । यता प्रदेश व्यवस्थापिकाले ५८.१२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ५५.८८ र कर्णाली प्रदेश योजना आयोगले २३.१५ प्रतिशत रकम खर्च गरेका छन् । यता कर्णालीका ७९ वटा स्थानीय तहले १९५.०९ प्रतिशत रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसले बजेट खर्च हुन नसकेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनाइन् । ‘कोरोना भाइरसले गर्दा विकास निर्माणका ठप्प भए,’ उनले भनिन्, ‘जसले गर्दा रकम खर्च हुन सकेन ।’ यसले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको उनको भनाइ छ । 

तर कर्णाली प्रदेश सरकारले पहिलो चौमिक कात्तिक मसान्तसम्म १.६१ प्रतिशत मात्र रकम खर्च गरेको कर्णाली प्रदेश सरकारले दोस्रो चौमासिक फागुन मसान्तसम्म १०.९० प्रतिशत मात्र रकम खर्च गरेको थियो । बाँकी १६ प्रतिशत बजेट अन्तिम चौमासिकमा खर्च भएको छ । पूर्वाधार क्षेत्रमा व्यवस्थित नतिजा निकालिए भने अरु काम प्रभावित हुने कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले बताए ।

‘मन्त्रालय आफैँले भन्दा ढिलो गरी विभिन्न शीर्षकमा प्रदेश सरकारले स्थानीय तहलाई रकम पठाएका छन्,’ तरुण दलका सुर्खेत अध्यक्ष हरि बिष्टले भने, ‘उक्त रकम मन्त्रालयको खर्चमा देखिएको छ ।’ तर स्थानीय तहमा गएको त्यस्तो बजेट पूरै खर्च हुन नसकेको उनको भनाइ छ । पहिलो र दोस्रो चौमासिकमा रकम खर्च गर्न सकेको भए खर्च धेरै हुने विकाससँगै रकमको खर्च दायरा पनि बढ्ने उनको भनाइ छ । २६.१५ प्रतिशत मात्र बजेट खर्च गरेको कर्णालीलाई आधा रकम खर्च गर्न चुनौती देखिएको छ ।
अर्को समाचार
गण्डकी प्रदेशः ४५ प्रतिशत बजेट खर्च
०४ असार २०८१
•
३ मिनेट पाठ
गण्डकी प्रदेशः ४५ प्रतिशत बजेट खर्च
गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो। जसमा चालुतर्फ ४३.९४ प्रतिशत र पुँजीगततर्फ ४५.६० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले जनाएको छ। 




गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बिनियोजन गरेको थियो। जसमध्ये असार मसान्त अर्थात असार ३२ गतेसम्ममा १५ अर्ब २० करोड १० लाख १९ हजार ६ सय ४ रुपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीका अनुसार चालुतर्फ १० अर्ब ६३ करोड १२ लाख ३८ हजार रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ६७ करोड १४ लाख ५६ हजार ४ सय ८१  रुपैयाँ खर्च भएको छ। त्यसैगरी पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा ९ अर्ब २० करोड १० लाख १९ हजार ६ सय ४ रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

वित्तीय हस्तान्तरण अनुदानतर्फ भने सन्तोषजनक खर्च भएको छ। वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १० करोड ५५ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ३२ करोड ७१ लख १४ हजार ५५ रुपैयाँ अर्थात ६२.७७ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ। 

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पछिल्लो ११ महिनामा ४४.०८ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले १ अर्ब १३ करोड ८८ लाख २२ हजार बजेट रहेकोमा ५० करोड १९ लाख ७४ हजार रुपैयाँ खर्च गरेको छ। आर्थिक मामिला मन्त्रालयले ३९.४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। १५ करोड १५ लाख ७८ हजार बजेट रहेको आर्थिक मामिलाले ५ करोड ९७ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ। 

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५२.४ प्रतिशत बजेट खर्चिएको छ। १ अर्ब ६० करोड ४८ लाख ६८ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले ८४ करोड ९ लाख १२ हजार बजेट खर्च गरेको हो। 

कृषि तथा भूमि ब्यबस्था मन्त्रालयले ४०.६७ प्रतिशत बजेट खर्च गरेको छ। कुल २ अर्ब २१ करोड ६६ लाख २७ हजार बजेट रहेको सो मन्त्रालयले ९० करोड १५ लाख ७ हजार बजेट खर्च गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ४६.५६ प्रतिशत खर्च गरेको छ। १२ अर्ब ५१ करोड २ लाख २७ हजार बजेट रहेको सो मन्त्रालयले ५ अर्ब ८२ करोड ५२ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ।

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ५९.८५ प्रतिशत बजेट खर्चिएको छ। कुल ५ अर्ब १ करोड २० लाख ५५ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ९९ करोड ९५ लाख ३९ हजार रुपैयाँ बजेट खर्चिएको छ। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ५०.८४ प्रतिशत बजेट खर्च गरेको छ। कुल ५ अर्ब ५ करोड ७१ लाख ५६ हजार बजेट रहेको सो मन्त्रालयले २ अर्ब ५७ करोड ११ लाख ७६ हजार रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशले जनाएको छ। 

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले अस्थिर सरकारका कारण बजेट खर्च गर्न नसकिएको बताए। उनले भने,‘बजेट ल्याउनु अगाडि अर्कै सरकार थियो। बजेटको केहि समय अगाडि सरकार बदलियो र हामीले बजेट ल्यायौं। तर परिस्थिति फेरी बदलियो र अर्कै सरकार आयो। अहिले फेरी हाम्रै सरकार आएको छ। वर्षमा चार पटक सरकार परिवर्तन भएर अस्थिर सरकार बन्दा बजेट खर्च सोंचेजस्तो भएन।’ उनले अस्थिरताका बाबजुदपनि असार सम्ममा ४५ प्रतिशत बजेट खर्च हुनु सन्तोषजनक भएको बताए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस