लगानी सम्मेलनको तयारी गर्दै सुदूरपश्चिम प्रदेश सरकार
२५ जेष्ठ २०८२
•
३ मिनेट पाठ
लगानी सम्मेलनको तयारी गर्दै सुदूरपश्चिम प्रदेश सरकार
सुदूरपश्चिम प्रदेशमा लगानी र विकासका प्रचुर सम्भावना रहेको विज्ञहरूले औंल्याएका छन्। बुधबार सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन’मा भारतको राजधानी नयाँ दिल्ली लगायत आधा दर्जन बढी सहर ५, ६ घण्टाको दूरीमा रहेकाले पर्यटन, उद्योग, कृषि लगायतका क्षेत्रमा लगानी र विकासको प्रचुर संभावना रहेकोबारे सहभागीहरू एकमत देखिएका छन्।




सुदूरपश्चिममा पर्यटन, कृषि, हाइड्रोपावर ,जडीबुटी क्षेत्रमा धेरै संभावना रहेकाले लगानी बढे विकासले गति लिने कुरामा विज्ञ र अन्य सहभागीहरूको धारणा थियो।

सुदूरपश्चिम प्रदेशमा अथाह सम्भावना रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न सकिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन्। ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन’मा परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम लगानीका लागि अथाह सम्भावना भएको क्षेत्र भएकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरिन्।

सुदूरपश्चिममा लगानीका लागि हाइड्रोपावर, पर्यटन, कृषिलगायतका क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्, ‘सुदूरपश्चिम आफैंमा सुन्दर छ, यस क्षेत्रका जनता पनि इमान्दार र विकास प्रेमी छन्। लगानीको प्रतिफल सहजै पाउन सकिन्छ। तसर्थ लगानीकर्तालाई सुदूरपश्चिममा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु।’

विकाससँगै शान्ति अनिवार्य हुने भएकाले शान्तिका लागि राजनीतिक प्रतिवद्धता जरुरी रहेको बताउँदै उनले भनिन्, ‘देशमा शान्ति विनाको विकास कल्पना गर्न सकिँदैन, तसर्थ नेपालमा फरक वैचारिक धारका राजनीतिकदलहरू शान्ति र राजनीतिक स्थिरताका लागि एकै ठाउँमा उभिएका छौं।’

पछिल्लो समयमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारका कारण देशमा शान्ति र राजनीतिक स्थिरता कायम भएको र जसका कारण लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको उनले बताइन्।

परराष्ट्रमन्त्री राणाले पछिल्लो समयमा पहाडी जिल्लाहरूमा विकासले गति लिए पनि बढ्दो बसाइसराइका कारण बस्तीहरू खाली हुन थालेको प्रति चिन्ता व्यक्त गरिन्। उनले भनिन्, ‘पहाडी जिल्लामा एकीकृत बस्ती विकासको खाँचो छ, जसका कारण पहाडलाई सुन्दर र व्यवस्थित बनाउन सकिन्छ।’

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिममा धेरै सम्भावना रहेको चर्चा गर्दै कुरा मात्रै नगरी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। ‘सुदूरपश्चिममा सम्भावना छ तर पर्याप्त लगानी गर्न नसक्दा कति युवाहरू बेरोजगार बस्नु परेको छ,’ उनले भने, ‘तसर्थ यस क्षेत्रमा उद्योगमा लगानीको खाँचो देखिन्छ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमबारे प्रकाश पार्र्दै लगानी तथा विकास सम्मेलन सुदूरपश्चिमको विकासका लागि कोसे ढुंगो सावित हुने बताए। स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुदूरपश्चिममा भित्र्याउन सम्मेलन आयोजना गरिएको बताउँदै सुदूरपश्चिम प्रदेश सरकारले लगानीकर्ताहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे।

तयारी सम्मेलनमा नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम विकासका सम्भावनाले भरिएको बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरू, विभिन्न उद्योगी, पर्यटन व्यवसायीहरू, कूटनीतिक नियोगका उच्च पदस्थ व्यक्तिहरू, अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते धनगढीमा लगानी सम्मेलनको आयोजना गर्ने जनाएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस