व्यावसायिक कृषि प्रणालीमा लाग्दै पाथीभरा याङवरक
०८ जेष्ठ २०८२
•
२ मिनेट पाठ
व्यावसायिक कृषि प्रणालीमा लाग्दै पाथीभरा याङवरक
डुम्रिसेका किसानलाई सुन्तलाका बिरुवा र उपकरण प्रदान गर्दै पालिका अध्यक्ष केशरकुमार सुब्बासहित जनप्रतिनिध। तस्बिरः नागरिक
कृषि क्षेत्रमा आफ्नो पालिकालाई व्यावसायिक बनाउन पहल लिइरहेको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडागत रूपमा तरकारी बाली तथा फलफूल खेतीको पहिचान गरेको छ।




वडा नं ४ डुम्रिसेलाई पालिकाले सुन्तला फल उत्पादनमा प्राथमिकता दिएको छ। वडा नं २ थेचम्बुमा आलु खेती प्रवर्द्धन कार्यक्रममा लगानी गरेको छ। वडा नं ४ डुम्रिसेका लप्से क्षेत्रमा सुन्तलाको बलियो सम्भावना देखेपछि पालिकाले उक्त क्षेत्रका किसानलाई सुन्तलाका बिरुवादेखि सिँचाइ पाइप र सुन्तला टिप्ने भर्याङसम्म प्रदान गरेको छ। 

पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार यस वर्षको सिजनमा स्थानीय प्रेम मेन्याङ्वोले आफ्नो एक रोपनी बगानमा फलेका सुन्तलामध्ये ९१ हजार रुपैयाँको त बिक्री नै गरे। सुभाष उप्रेति त्यो क्षेत्रमा नाम कहलिएका कृषि व्यवसायी हुन्।

पालिका अध्यक्ष मेन्याङ्वोका अनुसार अहिले उक्त क्षेत्रका किसानका घरमा कम्तीमा सुन्तलाका ३० बोट छन्। यस वर्ष मात्र त्यहाँका किसानलाई करिब तीन सय बोट सुन्तलाका बिरुवा थप गर्ने गरी पालिकाले बिरुवा उपलब्ध गराएको छ भने विद्युतीय स्प्रेयर, पावर स्प्रेयर, डिजिटल काँटा, सिँचाइ पाइपसहितका सामग्री समेत पालिकाले दिएर उनीहरूको व्यावसायिकता अभिवृद्धि गर्ने कार्यक्रम राखेको छ।

पालिकाका कृषि विकास शाखा प्रमुख निकेश भट्टराईका अनुसार पाथीभरा याङवरकका किसान खेतीप्रति उत्साहित पनि छन्। उनीहरूका लागि चालु आर्थिक वर्षको बजेटमै सशर्त अनुदान र वित्तीय समानीकरण अनुदानतर्फ मात्र करिब १ करोड रुपैयाँ विनियोजन भई कृषि कार्यक्रम सञ्चालनमा रहेको भट्टराईले बताए।

पालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार किसानको मेहेनत र प्रोत्सानहको सम्मान गर्न पालिकाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष कम्तीमा ४ जना उत्कृष्ट किसानलाई प्रोत्साहन स्वरुप जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कृत समेत गर्दै आइरहेको छ। व्यावसायिक हुन खोज्ने किसानलाई पालिकाले उन्नत बीउ तथा मल, उपकरण र प्रविधि समेतमा निरन्तर सहयोग गर्दै आइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले जानकारी दिए।

पालिकाले माटो र हावापानी सुहाउँदो खेती प्रणालीमा ध्यान दिएको र पालिका क्षेत्रको अनुकूल स्थानमा फरक–फरक प्रकृतिको सहयोग गर्दै आइरहेको पालिकाले जनाएको छ। व्यावसायिक रूपमा लागेका किसानहरू प्रविधिबारे जानकारी लिन समेत उत्सुक छन्। उनीहरू प्राविधिक जानकारी लिन बोलाइएका कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउँछन्।

पालिकाले पनि किसानका टोलबस्तीमा पुगेर खेती प्रणालीबारे प्राविधिक सल्लाह समेत नियमित रूपले प्रदान गर्दै आइरहेको पालिकाले जनाएको छ।
अर्को समाचार
बाँकेका किसाननद्वारा ११ करोड ढीको धान बिक्री
१८ पौष २०८१
•
३ मिनेट पाठ
बाँकेका किसाननद्वारा ११ करोड ढीको धान बिक्री
बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन्।  




गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए।

'धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ,' कार्यालय प्रमुख लामिछानेले भने, 'स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ।'

धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए। 'पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ,' उनले भने।

मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ। धान बिक्री गर्ने धेरै किसानहरू आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ। गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो।

गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए।

'गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ,' लामिछानेले भने, 'गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ।'

पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए।

उनका अनुसार यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ। रासस
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस