बेलायतमा युवापुस्ताले जागिरमा अनुपस्थिति बढाउँदै जान थालेको एउटा अध्ययनले देखाएको छ। यो समस्या समाधान गर्न तत्काल पाइला नचाले बेलायती युवाहरू कार्यालयबाट अझ बढी टाढिने र युवाविहीन बन्न पुग्ने चेतावनी उद्यमशील अगुवाहरूले दिएका छन्।
ब्रिटिश च्याम्बर्स अफ कमर्सले पछिल्लो तथ्यांकलाई आधार मान्दै १६ देखि २४ वर्ष उमेरका १० लाख युवाहरू औपचारिक शिक्षा, उद्यमशील तालीमजस्ता कुरामा अनुपस्थित हुँदै जान थालेको र कालान्तरमा त्यो पुस्ता कार्यालयमा नदेखिने सम्भावना बढेर जान थालेको बताएको छ। यो समस्या समाधानका लागि सरकारले तुरून्त काम थाल्नुपर्ने र नयाँ प्रतिभा जन्माउने नीति तथा कार्यक्रम ल्याउनुपर्ने ब्रिटिश च्याम्बर्स अफ कमर्सले जनाएको छ।
त्यसो त यो १० लाखको तथ्यांक उति भरपर्दो भने छैन। यो तथ्यांक अफिस फर नेसनल स्टाटिस्टिक्स लेबर मार्केटले गरेको सर्भे भनी जारी गरिएको थियो। यसका बाबजुद पनि पछिल्लो समय युवाहरूले तिर्ने कर तथ्यांक विश्लेषण गर्दा उनीहरूले कर तिर्न छाडेको भने देखिन्छ।
कर तिर्न छाड्नुका पछाडि युवापुस्ताको दैनिक गुजारा नै कठिन अवस्थामा पुगेको र त्यसका कारण उनीहरूले करतर्फ ध्यान दिन छाडेको विश्लेषकहरूले बताएका छन्। पछिल्लो समय कतिपय कम्पनीहरूले कामदार नै लिन नसक्ने गरी मजदुरीको मूल्य बढेको पनि देखिएको छ।
एडजुना नामको काम खोज्ने वेबसाइटले हालै जारी गरेको सूचनाअनुसार गएका दुई वर्षयता मार्च महिनामा सबैभन्दा कम युवा स्नातकहरूले जागिरका लागि निवेदन दिएका थिए। गएको अक्टोबर महिनामा अर्थमन्त्री रचेल रिभ्सले बजेटमा कामदारहरूको करको दर बढाएकी थिइन् । त्यसका बाबजुद समग्र जागिरमा लाग्ने दर भने सुध्रिएको पाइएको थियो।
बिसिसी बिजनेस ग्रुपका महानिर्देशक सेभुन हेभिल्यान्डका अनुसार सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका जेन जी पुस्ताले पछिल्लो समय काम पाउन गाह्रो हुन थालेको छ। जागिरको भ्याकेन्सीको दर घट्दै जान थालेपछि उनीहरूको पुस्ताले काम पाउने अवसर पनि घटेको हेभिल्यान्डको भनाइ छ।
बिसिसी समूहले गत साता प्रकाशित गरेको रिपोर्टका अनुसार जागिर खान चाहने युवाले बेलायतमा सामान्यतः निट नामको कोर्स पढ्नु पर्छ। त्यहाँबाट निस्केका युवाले जति लामो समय जागिर पाउन लगाउँछन्, त्यति नै उसले जागिर पाउने सम्भावना घट्दै जान्छ।
यसपछि युवालाई जागिरप्रति रूचि घट्ने र उनीहरू काम बिना नै रमाउने सम्भावना बढ्दै जान्छ। यसरी एउटा उच्च ऊर्जायुक्त पुस्ता कामविहीन हुन थाल्छ। त्यसैले यस्तो अवस्था रोक्नका लागि र पूरै पुस्तालाई कामविहीन अवस्थामा पुर्याउने नीति र अन्य किसिमका अवरोधहरू घटाउनुपर्ने हेभिल्यान्डको भनाइ छ।
कारखाना तथा विभिन्न किसिमका अफिसमा पनि युवापुस्ता सबैभन्दा बढी चाहिने पुस्ता हो। यो सक्रिय, ऊर्जावान त हुन्छ नै पुराना पुस्ताको तुलनामा सस्तो पनि हुन्छ। त्यसैले अधिकांश कम्पनीहरू नयाँलाई काममा राख्न रूचाउँछन् तर कारखाना तथा कम्पनीहरूका लागि यस्ता नयाँ पुस्तालाई काममा लगाउनुअघि दिइने तालिम महँगिन थालेको छ। त्यसमाथि सरकारी नीतिका कारण अनावश्यक कामदार निकाल्न कानुनी झन्झट र अप्ठेरोका कारण पनि कम्पनीहरूले नयाँ पुस्तालाई काममा लगाएपछि अनावश्यक भए निकाल्न सक्दैनन्। त्यसैले कम्पनीहरू नयाँलाई हत्तपत्त काममा लिन अनिच्छुक देखिएको पनि हेभिल्यान्डको भनाइ छ।
केही विश्लेषकहरू भने पूरै युवापुस्ता रोगी हुन थालेकाले कामप्रति उनीहरूको रूचि घट्न थालेको बताइरहेका छन्। सरकारले दिने वेलफेयरको रकमका कारण पनि युवाहरू त्यो रकम लिने र त्यसैमा रमाउने गरिरहेको केहीको आरोप छ। त्यसका लागि सरकारले गत महिनादेखि डिसएबिलिटी बेनिफिट्समा भारी कटौती गरेको छ।
डिसएबिलिटी बेनिफिट्स दिनुको साटो कसरी त्यस्ता पुस्ताहरूलाई काममा लगाएर उनीहरूबाट देशले फाइदा लिनसक्छ भन्नेबारे हालै प्रख्यात व्यवसायी सर चार्ली मेफिल्डको अध्यक्षतामा एउटा सुझाव आयोग बनाइएको थियो। सो आयोगले दिएको सुझावअनुसार सरकारले रोगी र अक्षम युवालाई बेनिफिट्सको रकम दिनुभन्दा तिनलाई काम गरेबापत तलब दिनु उपयुक्त हुने सुझाव दिएको थियो। यसो हुँदा युवा कामदारको अभाव पूर्ति हुने उनको निष्कर्ष थियो। व्यवसायी चार्ली मेफिल्ड यसअघि बेलायतको चर्चित खुद्रा पसल जोन लेविस सुपरस्टोरका सञ्चालक थिए।
बिसिसी साना व्यवसायीहरूको छाता संस्था हो। यसले साना व्यवसायीहरूले झेलिरहेको समस्या समाधानका लागि सरकारलाई सुझाव दिने गर्छ। उसले युवापुस्ताका कामदार अभाव कम गर्न मानसिक स्वास्थ्यका क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने, इच्छुक युवालाई उच्च शिक्षा दिन पहल गर्नुपर्ने र अधिकांश अवस्थामा मन्त्रालयहरूबीच युवा सहभागिताका विषयमा संयुक्त पहल आवश्यक रहेको बताएको छ।