चिनियाँ सहरसँगको हवाई सञ्जालले हौसियो पोखरा
१८ चैत्र २०८१
•
६ मिनेट पाठ
चिनियाँ सहरसँगको हवाई सञ्जालले हौसियो पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एयरलाइन्स। तस्बिरः हिमालय एयरलाइन्स
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि मंगलबार पोखराबाट पहिलो सेड्यूअल उडान भयो। हिमालय एयरलाइन्सले गरेको पहिलो सेड्यूअल उडानमार्फत २९ जना यात्रु पोखराबाट चीनको ल्हासा गए। सोमबार ल्हासाबाट पोखरा आउँदा हिमालय एयरलाइन्सले १ सय ७ जना यात्रु लिएर आएको थियो।




त्यस्तै चीनकै अर्काे व्यापारिक सहर छेन्दुबाट मंगलबार पोखरा आएको सिचुवान एयरलाइन्सले ६० जना पाहुना ल्यायो भने पोखराबाट फर्किदा १ सय २० जना लिएर उड्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि हिमालयले गरेको यो पहिलो सेड्यूअल उडान थियो, तर, सिचुआनले गरेको भने चार्टर उडान थियो। सिचुवानको यो समेतको उडानलाई समेट्दा अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जम्मा १४ वटा चार्टर उडान भएका छन्।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार एकैपटक सेड्यूअल र चार्टर गरि दुइ अन्तर्राष्ट्रिय उडान भए, ती दुवै उडान चिनियाँ सहरका लागि भएका थिए। पछिल्लो समय पोखराले चिनियाँ पाहुना भित्र्याउने प्रयास थालिरहँदा सुरु भएका अन्तर्राष्ट्रिय हवाई उडानले पोखराको पर्यटन क्षेत्र हौसिएको छ। चिनियाँ पर्यटक भित्र्याउन सकेको खण्डमा पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा ‘भाइब्रेट’ आउने व्यावसायीको विश्वास छ।  

चिनियाँ पाहुना भित्र्याउनका लागि पोखराले हवाई संजाल बिस्तारमा मात्र जोड नदिई चिनियाँ सहरमा प्रर्वद्धनमा पनि उत्तिकै बल लगाएको छ। त्यसका लागि पर्यटन व्यावसायीको एउटा टोली अघिल्लो साता छेन्दु गएर फर्कियो भने दोश्रो टोली मंगलबार छेन्दु गएको छ।

‘पोखरालाई चिनियाँ सहरसँग सिधा हवाई सञ्जालमार्फत जोड्न पाउँदा हवाई कम्पनिहरु उत्साही भएका छन। अब बिजनेस दिने काम पोखराको हो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले भनिन, ‘अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनै सकेनन भन्ने गुनासो थियो। अब भने पोखरा अन्तर्राष्ट्रिय गन्तव्यसम्म जोडिएको छ । यो सबैका लागि खुसीको कुरा हो।’
हिमालयले सातामा एकपटक पोखराबाट चीनको ल्हासा उडान गर्ने स्वीकृति पाएको छ। हालका लागि कम्पनिले सातामा एकपटक मात्र यो रुटमा उडान गरेको भएपनि पर्यटकीय गतिविधि बढाउन सकेको खण्डमा उडान संख्या थपिने पनि सुवेदीले बताईन। हिमालयले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टरमा जोड्नेगरि उडान थालेको हो। ‘अहिलेसम्म अन्तर्राष्ट्रिय उडान नभएको भनेर टिप्पणी भईरहेकोमा अब भने पर्याप्त ब्यापार दिएर उडानलाई निरन्तरता दिन जरुरी छ,’ सुवेदीले भनिन, ‘व्यावसायीले बिजेनस प्लान बनाएर पर्यटकीय गतिविधि बढाउनुपर्छ।’

पोखरालाई सिधै अन्तर्राष्ट्रिय गन्तव्यसम्म सिधा हवाई उडानले जोड्न पाएकोमा पोखराको पर्यटन क्षेत्र पनि हौसिएको छ। होटल बाराहीका संचालक बिप्लव पौडेल भन्छन, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन हुन थालेको भन्ने सन्देश प्रवाह भएको छ। यो सबैभन्दा खुसीको कुरा हो। किनकी अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित थियो।’ आन्तरिक उडानमै सीमित रहँदारहँदै पनि पोखराको हवाई क्षेत्रले पहिलेको तुलनामा फड्को मारेकोमा अब भने पोखरा साच्चै अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडिएको उनले बताए।  

‘पोखरालाई सिधै अन्तर्राष्ट्रिय उडानमार्फत चिनियाँ सहरसम्म जोड्न सफल भएका छौ। हालका लागि उडान सुरु भएका छन। यी उडानको निरन्तरताको लागि व्यावसायी मात्र तातेर हुँदैन, सरकारले माहोल बनाउनुपर्छ,’ पौडेलले भने, ‘अहिलेका लागि उडानको बाटो खुल्यो। तत्कालका लागि चिनियाँ सहरसम्म उडान सुरु भएपनि अबका केही समयभित्र अरु अन्तर्राष्ट्रिय सहरसम्म पनि पोखराको हवाई सञ्जाल बिस्तार हुनेमा आशावादी छौं।’  

पोखरा अन्तर्राष्ट्रिय उडानबारे अनेक भ्रम रहेकोमा ती भ्रम तोड्न सफल भएको उनले बताए। ‘कहिले धावनमार्ग अपुग त कहिले तौल घटाउनुपर्ने लगायतका भ्रम छरिएका थिए। तर, ती सबै भ्रम अब हटेका छन। विमानस्थल संचालन भएको सन्देश प्रवाह भएपछि निजी हवाईजहाज र चार्टर जहाज लिएर आउनेका लागि बाटो खुलेको छ,’ पौडेलले भने, ‘पोखरा आउन मन लागेको मान्छेका लागि अब भने बाटो खुलेको छ। अहिलेको बिजनेसलाई बिस्तार गर्न जरुरी छ।’ पर्यटक आउजाउ हुनासाथ उडान संख्या पनि थपिने उनले बताए। ‘बिजनेस पाएपछि उडान बढिहाल्छन। आन्तरिक उडानमा भएको प्रगती जस्तै अन्तर्राष्ट्रिय उडान पनि अवश्य थपिन्छन,’ उनले भने।  

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने चिनियाँ सहरसँगको पोखराको पोखराको हवाई सञ्जालले चिनियाँ पर्यटक आगमनमा सकारात्मक प्रभाव पार्ने बताउँछन। पोखरा–ल्हासा हवाई सञ्जालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सेड्यूअल उडानमार्फत पहिलोपटक अन्तर्राष्ट्रिय सहरमा जोड्न सकेकोले यसले पोखराप्रति सकारात्मक प्रभाव पार्ने उनले बताए। उनका अनुसार आगामि दिनमा चिनियाँ पर्यटक पोखरा भित्रिनका लागि हवाई सञ्जालको बाटो खुलेको छ।  

‘अहिलेका लागि पोखरा–ल्हासा हवाई सञ्जालले जोडिएको छ। त्यस्तै पोखरा–छेन्दु पनि हवाई सञ्जालमा जोडिएको छ। अब चिनियाँ पर्यटक सहजै र सिधै पोखरा आउन सक्ने भएका छन,’ उनले भने। उनका अनुसार पोखरासँग हवाई सञ्जालले जोडिएको ल्हासा विदेशी पर्यटकको गन्तव्य हो। तिब्बतीयन संस्कृति हेर्नका लागि ल्हासामा अरु मुलुकका विदेशी पाहुना आउँछन्। ल्हासाका नागरिक घुमघामका लागि बाहिर जाने भन्दा पनि बाहिरका पर्यटक भित्रिने गन्तव्य भएकोले पोखराले ल्हासा भित्रिएका पर्यटकलाई पोखरा ल्याउन सक्ने उनी बताउँछन्।  

‘ल्हासाका मान्छे कमै मात्र घुम्न निस्कन्छन्। तर, पश्चिमा मुलुकका पर्याप्त पर्यटक धेरै संख्यामा ल्हासा जान्छन। बेइजिङदेखि ल्हासासम्मको रेल सेवाले चिनियाँ आन्तरिक पाहुनालाई पनि ल्हासा सहज भएको छ,’ उनले भने, ‘ल्हासा आएका उनै चिनियाँ र अरु मुलुकका पाहुनालाई पोखरा भित्र्याउन पोखरा–ल्हासा उडानले सहजीकरण गर्नेछ।’ 
ल्हासा भित्रिएका पश्चिमा मुलुकका पाहुनालाई पोखराका लागि अब काठमाडौंको भर पर्नु नपर्ने उनले बताए।  लामिछानेका अनुसार ल्हासाको उडान सामान्यतया सिजनल हुन्छ। किनकी उच्च क्षेत्रको सहर भएकोले त्यहाँ चिसो हुन्छ। चिसोको समयमा ल्हासामा पर्यटकीय गतिविधि कम हुन्छन। चिसोका कारण अक्टोवरदेखि मार्चमध्यसम्म ल्हासामा पर्यटकीय गतिविधि सुस्ताउने उनले बताए। ‘ल्हासामा पनि मार्चपछि विदेशी आउने हुन। ती विदेशीलाई सिधै पोखरा झार्न सकियो भने त पोखराले लाभ लिन्छ,’ उनले भने, ‘मार्चपछिको समयमा पोखरासम्मको उडानलाई यात्रु पर्याप्त हुनसक्छन।’

चीनकै आन्तरिक रेलसेवाले चिनियाँ पर्यटकलाई ल्हासा पु¥याएको र ती पर्यटकलाई ल्हासाबाट सिधै पोखरा उतार्न सक्ने हो भने चिनियाँको आगमन पनि पोखरामा बढ्ने उनले बताए। ल्हासा समुन्द्री सतहभन्दा ३६ सय ५० मिटर उचाईमा पर्छ।  

पोखरासँग चार्टर उडानमार्फत जोडिएको अर्काे चिनियाँ सहर छेन्दु भएकोले त्यहाँबाट बाहिरिने पर्यटकलाई पोखरा ल्याउन सकिने उनले बताए। चीनको ठुलो सहरमध्येको छेन्दु रहेको र छेन्दुको विमानस्थल अन्तर्राष्ट्रिय उडानको ट्रान्जिट पर्ने भएकोले पनि पाहुना भित्र्याउन सहज रहेको उनले बताए। ‘पोखराबाट मंगलबार मात्र एकैदिन दुईवटा अन्तर्राष्ट्रिय उडान भएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको खास काम बल्ल देखिएको छ,’ उनले भने। पोखरामा गत जनवरीमा ८ हजार १ सय ९१, फेब्रुअरीमा ८ हजार २ सय ८३ र मार्चमा ११ हजार ४ सय ४३ जना चिनियाँ पाहुना भित्रिएका छन।
अर्को समाचार
पर्यटन मन्त्री किराँती भन्छनः पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्ने प्रयास छ
०४ फागुन २०७९
•
२ मिनेट पाठ
पर्यटन मन्त्री किराँती भन्छनः पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्ने प्रयास छ
पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती। तस्बिरः उमेश पुन/नागरिक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्ने प्रयास भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा किराँतीले पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताए।  




‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना राम्रो छ,’ उनले भने, ‘चीन र भारतका नेपालका लागि राजदुतसँग मैले कुरा गरेको छु। पोखराको भगिनी सम्बन्ध रहेका नगर सहित चीनको, राजधानी बेईजिङ, तिब्बतका सहरहरुसँग हवाई सम्बन्ध जोड्ने प्रयास भइरहेको छ। त्यस्तै, भारतका विभिन्न सहरसँगपनि हवाई सम्बन्ध जोड्न कुटनीतिक पहल भइरहेको छ।’ तर यहि मितिबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर पात्रो हेरेर मिति भने भन्न नसक्ने उनको भनाई छ।

मन्त्री किराँतीले हवाई सम्बन्ध बिस्तारका लागि कुटनीतिक पहल भईरहेपनि परिणाम भने आउन समय लाग्न सक्ने बताए। ‘नागरिक उड्डयन प्राधिकरण समस्याको चाङ माथि छ। जादुको छडी होईन कि भन्ने बित्तिकै रिजल्ट आओस्। तैपनि चाँडै रिजल्ट आउने विश्वास छ,’ उनले भने।

मन्त्री किराँतीले पोखरा विमानस्थलमा आउजाउ गर्न पर्यटकलाई अप्ठेरो परेको गुनासो आएको आफूले सुनेको बताए । यसको समाधानका लागि आफूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्म करिब चारकिलोमिटर दुरिसम्म विमानस्थल आफैले सवारी साधन सञ्चालन गर्नेबारे छलफल भइरहेको उनले बताए । ‘सायद चाँडै निर्णय होला,’ उनले भने।
मन्त्री किराँतीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई आफूले बिजनेस प्लान दिन निर्देशन दिइसकेको बताए। ‘म प्राविधिक होईन, कहाँ मुसाले काट्यो? कहाँ कति क्षति पु¥यायो भनेर हेर्ने,’ उनले थपे, ‘मैले निर्देशन दिइसकेको छु कि मलाई बिजनेस प्लान चाहियो। राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम गौरवको बन्नुप¥यो।’ 

उनले हवाई सेवामा सुरक्षाको ग्यारेण्टी हुने वातावरण निर्माणका लागि पनि निर्देशन दिइसकेको बताए। मैले सुन्छु पाईलटले पार्टपुर्जा फेर्नुप¥यो भन्दापनि एकदुई फ्लाईटपछि मात्रै फेरौंला भनेर टार्ने गरेको सुनेको छु,’ उनले भने, ‘तर अब त्यस्तो हुँदैन, हुन दिईंदैन। तोकिएकै मितिमा पार्टपुर्जा फेरिनुपर्छ।’ उनले काम र परिणाम जनताले देख्ने र बुझ्ने गरि ल्याउन निर्देशन दिएको बताए।

मन्त्री किराँतीले माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि सो कम्पनीको जहाज चढ्न डराउने मनोविज्ञान भइरहेकाले त्यसलाई तोड्न आफू यतीकै जहाज चढेर पोखरा आएको बताए। उनले भने, ‘यो जहाज चढ्न आतंकित, भयभित मनोविज्ञान देखिएको छ। यसलाई चिर्न म यतीकै जहाज चढेर पोखरा आएको छु। दुर्घटना एक पटक भयो भनेर सँधै त्यस्तो हुन्छ भनेर सोंच्नु हुँदैन।’फरक प्रसङ्गमा उनले राष्ट्र नै एकढिक्का हुनेगरी राष्ट्रपतिको खोजी भइरहेको बताए। त्यसका लागि सहमतिको प्रयास भइरहेको उनको भनाई थियो।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस