स्पेनले कसरी अर्थतन्त्र राम्रो बनाइरहेको छ?
३० माघ २०८१
•
६ मिनेट पाठ
स्पेनले कसरी अर्थतन्त्र राम्रो बनाइरहेको छ?
हालैको एक शीतकालीन अपराह्नका बेला स्पेनको सेगोभियामा पर्यटकको ओइरो छ। रोमन जलाशयको रमिता हेर्न ओइरिएका पर्यटक सेल्फी खिचिरहेका छन्। धेरै आगन्तुक स्पेनी भए पनि त्यहाँ अन्य युरोपेली, एसियाली र ल्याटिन अमेरिकीहरू पनि छन्। ती पर्यटक सेगोभियाको ऐतिहासिक आकर्षणका केन्द्रहरू, खाद्य संस्कृति र म्याड्रिड शहरको उत्तरमा रहेका पहाडहरूभन्दा ठिक बाहिरको नाटकीय स्थलका कारण आकर्षित भएका हुन्।




‘कोभिड १९ महामारीको समयमा स्थानीय व्यवसायीहरू अब पर्यटन कहिल्यै पहिलेको अवस्थामा फर्किंदैन भन्ने ठान्थे। अहिले पर्यटन लयमा फर्किन थालेको छ र २०२३ मा भन्दा २०२४ मा राम्रो हुँदै २०२५ मा अझ सुध्रिँदै गएको विश्वास स्थानीय व्यवसायीहरूले राखेका छन्। स्पेनले २०२४ मा नौ करोड ४० लाख पर्यटक भेला पार्न सफल भयो। स्पेन अहिले फ्रान्ससँग कसले बढी पर्यटक आकर्षित गर्ने भन्ने प्रतिस्पर्धा गर्दैछ।

फ्रान्सले १० करोड पर्यटक भित्र्याएर ऊ संसारकै बढी पर्यटक आकर्षण गर्ने देश बन्न पुगेको थियो। युरोपेली संघमध्ये स्पेनले जर्मनी, फ्रान्स, इटाली र बेलायतजस्ता देशलाई पछि पार्दैछ। गएको वर्ष ३.२ प्रतिशत जिडिपीका साथ यो अघि बढेको थियो। जबकि अन्य देशको जिडिपी क्रमशः ओरालो लागिरहेको छ।

खासगरी जर्मनीको अर्थतन्त्र २०२४ मा ०.२ प्रतिशतमा खुम्चिएको थियो। जबकि फ्रान्सको १.१ प्रतिशत, इटालीको ०.५ प्रतिशत र बेलायतको अपेक्षित ०.९ प्रतिशतमा सीमित थियो। यस दृष्टिले युरो क्षेत्रको समग्र अर्थतन्त्रका तुलनामा स्पेनको अर्थतन्त्र धेरै राम्रो रहेको ‘दि इकोनमिस्ट’ पत्रिकाले उल्लेख गरेको थियो।

समाजवादी नेतृत्वको गठबन्धन सरकारका व्यापार मन्त्री कार्लोस क्युर्पो भन्छन्, ‘स्पेनी आर्थिक मोडेल सफल छ भन्ने मलाई लाग्छ किनभने यो सन्तुलित मोडेल हो र यसले वृद्धिको स्थिरता सुनिश्चित गर्छ।’

स्पेनले गत वर्ष युरोजोनको ४० प्रतिशत वृद्धिमा योगदान दिएकोमा व्यापार मन्त्री क्युर्पो खुसी व्यक्त गर्छन्। उनले यो वृद्धिका लागि पर्यटनको महत्त्वलाई उति भाउ नदिए पनि देशका वित्तीय सेवा, प्रविधि र लगानीका कारण कोभिड महामारीको भासबाट निकाल्न सफल भएको बताए। त्यो बेला एक वर्षमै ११ प्रतिशतले अर्थतन्त्र संकुचित भएको थियो।

त्यो आधुनिकीकरण प्रक्रिया युरोपको नेक्स्ट जेनरेसन कार्यक्रमबाट कोभिड महामारीपश्चात् पुनःउद्धार कोषले सहयोग गरिरहेको छ। स्पेनले २०२६ सम्ममा एक सय ६३ बिलियन युरो पाउने छ। यही कार्यक्रमका लागि इटालीले सबैभन्दा धेरै सहयोग पाएको छ। स्पेन यस मामिलामा दोस्रो बन्न पुगेको छ। उसले यो रकम राष्ट्रिय रेल प्रणाली, शहर र गाउँमा कम उत्सर्जनका क्षेत्रहरू साथै विद्युतीय सवारी उत्पादन र साना व्यवसायहरूको प्रवद्र्धनका लागि अनुदानस्वरूप लगानी गरिरहेको छ।

‘सरकारका कारण सार्वजनिक खर्च उच्च भएको छ र यो महामारीपछि लगभग आधा वृद्धिका लागि जिम्मेवार छ,’ स्पेनको आइइएसई बिजनेस स्कुलमा अर्थशास्त्रका व्याख्याता मारिया जेसोफ वाल्देमोरोसको भनाइ छ। अन्य युरोपेली अर्थतन्त्रहरू उद्योगमा बढी निर्भर छन्। उद्योग चलाउन उच्च ऊर्जा लागत चाहिन्छ। त्यसमाथि चिनियाँ र अन्य एसियाली मुलुकहरूका उत्पादनले कडा प्रतिस्पर्धा दिइरहेका छन्। यसले उनीहरूलाई बजारमा टिक्न गाह्रो भइरहेको छ।

कोभिड महामारी पश्चात् युक्रेनमा रुसले आक्रमण गरेकाले आपूर्ति शृंखलामा बाधा पुगेर महँगी बढ्न पुग्यो। यो महँगी ११ प्रतिशतले बढेको थियो। त्यस्तो महँगी सरकारले चालेका केही कदमका कारण २०२४ नसकिँदै २.८ प्रतिशतमा घट्न पुग्यो।

सरकारले इन्धन खपतको लागत घटाउन र सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गर्न अनुदान दियो। यो अनुदानले ऊर्जा मूल्य वृद्धिको प्रभाव कम गर्न प्रमुख भूमिका निर्वाह गरेको विश्वास छ। युरोपेली ऊर्जा संकटको उच्चतम समयमा, स्पेन र पोर्चुगलले ब्रसेल्ससँग ‘आइबेरियन अपवाद’ सम्झौतामा काम गरे। यसले बिजुलीको बिल घटाउन सहयोग गर्‍यो। क्युर्बोले यस प्रकारका उपाय अवलम्बन गरेकाले स्पेनको आर्थिक उथलपुथललाई नियन्त्रण गर्न सहयोग गरेको तर्क गरे। ‘लगातार विभिन्न झट्काहरू झेलिरहेको स्पेनले आफूलाई बढी लचिलो साबित गरिरहेको छ। पहिला युक्रेनमा भएको युद्धले महँगी चुलिएको थियो।’

विद्युत् सुनिश्चित गर्न हरित ऊर्जा उत्पादनलाई महत्त्व दिन थालिएको छ। स्पेनमा युरोपकै सबैभन्दा दोस्रो ठूलो नवीकरणीय ऊर्जा पूर्वाधार छ। यो युरोपको दोस्रो ठूलो कार उत्पादक भएको देशका लागि एउटा लाभ पनि हो।

कार उत्पादक संस्था ‘सिट एन्ड कुप्रा’का बेलायती प्रमुख कार्यकारी वेन ग्रिफिथ भन्छन्, ‘युरोपका अन्य मुलुकभन्दा स्पेन विद्युतीय कार निर्माणमा ढिला छ तर यस्ता कार उत्पादन गर्न भरपुर सम्भावना भएकाले यो क्षेत्रमा ऊ अगाडि जाने सम्भावना छ।’

स्पेनमा प्रतिस्पर्धात्मक अवस्था, तालिमप्राप्त युवा र त्यसलाई सघाउने ऊर्जा नीति भएकाले शून्य उत्सर्जन कार किन बनाइरहनु ? उनको प्रश्न छ। यस्ता सकारात्मक पक्षहरूका बाबजुद पनि स्पेनको अर्थतन्त्र दीर्घकालीन कमजोरीका कारण पिछडिएको छ। यहाँ युरोपकै सबैभन्दा उच्च बेरोजगारी छ।

२०२४ को अन्तिम चौमासिकमा थोरै सुधार भएर १०.६ प्रतिशतमा झरेको थियो। सन् २००८ पछि यो सबैभन्दा कम स्तर हो। यसै बीच स्पेनमा रोजगार व्यक्तिहरूको संख्या अहिले दुई करोड २० लाख पुगेको छ, यो निकै उच्च कीर्तिमान हो। श्रम सुधारले यहाँको रोजगार स्थिरतालाई प्रोत्साहन गरेका कारण बेरोजगारी दर घटेको विश्वास गरिन्छ। यो सुधारले कम्पनीहरूले अस्थायी सम्झौताहरू प्रयोगमा प्रतिबन्धहरू बढाएको छ। स्थायी सम्झौताहरूको प्रयोगमा बढी लचिलोपनलाई प्राथमिकता दिइँदैछ । यसले अस्थायी रोजगारीमा रहेका श्रमिकहरूको संख्या घटाएको छ।

यहाँको बेरोजगारी दर घट्नेबित्तिकै आप्रवासीको आगमन पनि उत्तिकै बढेको छ र यसले चर्को राजनीतिक बहस सिर्जना गरेको छ। आप्रवासीहरू तीव्र वृद्धि हुनु श्रम बजारमा तिनको खपत हुनुको कारण मानिन्छ।

समाजवादी प्रधानमन्त्री पेड्रो साञ्चेजले आप्रवासीहरूको आवश्यकता र तिनीहरूको योगदानलाई ‘आवश्यक’ रहेको कुरा खुलेर बताउने गरेका छन् । युरोपेली आयोगले यो वर्ष स्पेनले ब्लकका ठूला अर्थतन्त्रहरू बीच वृद्धि जारी राख्ने र युरोपेली संघको औसतभन्दा अघि रहने भविष्यवाणी गरेको छ। यद्यपि केही चुनौतीहरू पनि देखा परिरहेका छन्।

पर्यटनमा ठूलो निर्भरतालाई केहीले राम्रो मानिरहेका छैनन्। त्यस्तै धेरै पर्यटकहरू आए भनेर स्थानीय जनताले पर्यटन उद्योगविरुद्ध विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यसले देशको विकासमा गम्भीर असर पु¥याउने विश्लेषकहरूको भनाइ छ।

अर्कोतर्फ स्पेनले लिइरहेको विशाल सार्वजनिक ऋण पनि हो। यो स्पेनको वार्षिक आर्थिक उत्पादनभन्दा उच्च छ र यसले पछि घात गर्ने विश्लेषण केही आर्थिक विश्लेषकहरूले गरिरहेका छन्।

मारिया सचेत गराउँदै भन्छिन्, ‘बढी ऋण एउटा ठूलो असन्तुलन हो। यसलाई सुधार गर्न आवश्यक छ। नत्र यसले वित्तीय अस्थिरता निम्त्याउन सक्छ।’

स्पेनको अर्को समस्या देशभर फैलिएको आवास संकट पनि हो। यसले लाखौं स्पेनीहरूले सस्तो आवास खोज्न संघर्ष गर्नु परिरहेको छ। त्यसमाथि स्पेनमा अनिश्चित र गहिरो ध्रुवीकृत राजनीति पनि उत्तिकै छ। अहिलेको स्पेनको अल्पमतको सान्चेज सरकारले यी समस्या एक्लैले समाधान गर्न सक्तैन। यद्यपि उसले यी गुत्थीहरू समाधान गर्ने प्रयास भने गरिरहेकै छ।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस