प्रभावकारी बन्दै सामुदायिक विद्युत वितरण संस्था, उपभोक्तालाई सहजता
२६ माघ २०८१
•
२ मिनेट पाठ
प्रभावकारी बन्दै सामुदायिक विद्युत वितरण संस्था, उपभोक्तालाई सहजता
कपिलवस्तु नगरपालिका–९ मा सञ्चालित सामुदायिक विद्युत् वितरण संस्था प्रभावकारी बन्दै गएको छ। विद्युत् सेवा सहज भएपछि स्थानीय समुदायले प्रत्यक्ष लाभ लिइरहेका छन्। ‘न त मर्मतका लागि लामो समय कुर्नु पर्ने, न त महसुल बुझाउन लाइन बस्नुपर्ने,’ निग्लिहवाका उपभोक्ता कल्लु थारुले भने।




सन् २०६० देखि सञ्चालनमा रहेको जिल्लाको एक मात्र सामुदायिक विद्युत् वितरण संस्थाले विद्युत् चुहावट नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको छ। उपभोक्ताले महसुल बुझाउन, मिटर जडान तथा मर्मतसम्भारका कार्य सहज रूपमा गर्न पाएका छन्। विद्युत् उपभोग गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिइएको छ।

बन्डेउलीका समीउल्लाह धोबीका अनुसार ‘कुनै प्राविधिक समस्या आएमा कर्मचारी तुरुन्तै आउँछन् र समयमै मिटर रिडिङ गरिन्छ, जसले उपभोक्तालाई धेरै सहज भएको छ।’

समुदाय स्तरबाटै विद्युत् व्यवस्थापन गर्ने नीति अनुरूप २१ वर्षअघि स्थापना गरिएको यस संस्थाले नेपाल विद्युत् प्राधिकरणसँग एकमुष्ठ रूपमा विद्युत् खरिद गरी वितरण गर्दै आएको छ। हाल कपिलवस्तु नगरपालिका–६ र ९ का विभिन्न स्थानका उपभोक्ताले यस वितरण केन्द्रबाट सेवा लिइरहेका छन्।

संस्थाले हाल १,११७ घरधुरीलाई विद्युत् वितरण गर्दै आएको छ भने ४९ लाख ४४ हजार रुपैयाँ बचत गरेको छ। कार्यालय सञ्चालक जनार्दनप्रसाद बारीका अनुसार ‘समयमै महसुल बुझाउने उपभोक्तालाई प्राधिकरणको भन्दा बढी छुट प्रदान गरिएको छ।’

कपिलवस्तु नगरपालिका–९ जगदीशपुरमा शनिबर सामुदायिक विद्युत् वितरण संस्थाको १६औं साधारण सभा सम्पन्न भएको छ। सभा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गरेका थिए।

उनले सामुदायिक विद्युत् परियोजनाले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको बताए। ‘बिल तिर्नेदेखि अन्य सेवा गाउँठाउँमै उपलब्ध भएकाले उपभोक्ताहरूलाई सहज भएको छ,’ उनले भने।

नगरप्रमुख सुदीप पौडेलले संस्थाले जिल्लामात्र नभई देशमै नमुनायोग्य काम गरिरहेको बताए। ‘समुदायको प्रत्यक्ष निगरानी भएकाले कार्यक्रम प्रभावकारी बनेको छ, नगरपालिकाले आवश्यक सहकार्य गर्नेछ,’ उनले प्रतिबद्धता जनाए।

नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख गौरव पाण्डेयका अनुसार ‘महँगो मूल्यमा आयात गरिएको विद्युत् सस्तोमा बेच्न नसकिने भएकाले यस्ता केन्द्रलाई प्राधिकरण अन्तर्गत ल्याउने तयारी भइरहेको छ।’

संस्थाका अध्यक्ष अब्दुल रसिद खाँले बिजुली चोरी नियन्त्रण तथा उपभोक्तालाई सहज सेवा प्रदान गर्ने लक्ष्यसहित संस्था अघि बढेको बताए। संस्थाका लेखा अधिकृत प्रकाशचन्द्र गुप्ताले सामुदायिक विद्युत्को प्रभावकारिता अझ वृद्धि गर्न आफूहरू क्रियाशील रहेको उल्लेख गरे।

सभामा संस्थाका सचिव शिवपुजन यादवले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देवी भण्डारीले ८८ लाख ३४ हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा वडा अध्यक्षहरू, सल्लाहकार देवेंद्र पोखरेल, बसन्त मुराउलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस