दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान
३१ जेष्ठ २०८१
•
४ मिनेट पाठ
दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान
बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसी पालेका छन्। गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो। घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको उनको छ। थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैँसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन्।




‘गाउँमा अधिकांशको घरमा दुईदेखि तीन भैँसी छन्, बिहान–बेलुका नै सहकारीमा लगेर दूध बिक्री गर्छौ, दूधबाट हुने आम्दानीले नै घरखर्च चल्ने गरेको छ, कृषि सहकारीले दूध खरिद गर्ने भएपछि थोरै–धेरै जति दूध पनि बिक्री गर्न पाउने सुविधा भएको छ’ किसान थापाले भने। बेनी – ४ सिङगामा रहेको यस सहकारीले विसं २०७५ देखि किसानको दूध खरिद गर्ने र बजारीकरण गर्दै आएको छ।

ग्रामीण सहरीकरणको रुममा विकास भइरहेको सिंगामा सहकारीले किसानको दूध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैँसीपालन गरेर स्थानीयले दूधबाट नगद आम्दानी गर्दै आएका छन्।

सहकारीमा अहिले दैनिक दुई सय ५० लिटर बढी दूध सङ्कलन हुने गरेको सहकारीका प्रबन्धक दीपक शर्माले जानकारी दिए। किसानबाट सङ्कलन भएको दूधलाई सहकारीले स्थानीय उपभोक्ता र सदरमुकाम बेनी बजारमा बिक्री गर्दै आएको प्रबन्धक शर्माले बताए।

सहकारीमा आबद्ध ८० जना दुग्ध किसानले दूध बिक्रीका लागि सहकारीमा खाता खोलेकोमध्ये अहिले ३५ जनाले नियमित रुपमा दूध बिक्री गर्दै आएका छन्। बिहान र बेलुकाको समयमा सहकारीको दूध सङ्कलन केन्द्रमा दूध ल्याएर आउने किसानको चहलपहल हुने गर्छ। सहकारीले दूधको फ्याट र एसएनएफ ‘मिल्क एनालाइजर मेसिन’मा परीक्षण गरेर दूधको मूल्य निर्धारण गर्दै आएको छ। 'मेसिनले दिने दूधको फ्याट र एसएनएफको मात्राको आधारमा किसानलाई मूल्य दिने गरेका छौँ, सरदरमा सिकानले प्रतिलिटर रु १०० पाउँछन, एक लिटरदेखि १० लिटरसम्म दूध बिक्री गर्ने किसान हुनुहुन्छ’ प्रबन्धक शर्माले भने।

उत्पादन भएको दूध घरदैलोमै बिक्री हुने भएपछि यस क्षेत्रका स्थानीय दूधबाट आत्मनिर्भर बन्न थालेका छन्।  चार सयजना शेयर सदस्य रहेको यस कृषि सहकारीले अहिले मासिक करिब रु नौ लाखको दूध बिक्री गर्दै आएको छ। हिउँदयाममा दूध उत्पादन धेरै हुने भएकाले दैनिक तीन सय ५० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ। हिउँदमा दूधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर बिक्री गरिँदै आएको छ।

गत आर्थिक वर्षमा सहकारीले रु ९० लाख बराबरको दूध बिक्री गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए। जिल्लामा आवश्यकपर्ने दूधमध्ये २५ प्रतिशत आपूर्ति गर्ने र दूधको मात्रै वार्षिक रु एक करोड ५० लाख बराबरको कारोबार गर्ने लक्ष्यसहित सहकारीले दूध सङ्कलनको क्षमता विस्तार र किसानलाई भैँसीपालनतर्फ प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष पौडेलले बताए।

‘हामीले किसानलाई बचत तथा ऋणको कारोबार सेवा पनि दिएका छौँ, बिहानबेलुका दूध सङ्कलन र वितरण गर्छौँ, किसानको उत्पादनसँग जोडिएकाले सहकारीको आर्थिक पाटो पनि सकरात्मक छ, बजारमा दूधको मूल्यमा आउने उतार–चढाबले कहिलेकाहीँ समस्या पर्छ’ अध्यक्ष पौडेलले भने। 

दूध बिक्री गर्न ल्याउने किसानलाई मासिक रुपमा सहकारीमै रहेको खातामा पैसा जम्मा गरिदिने र किसानले आवश्यक परेको समयमा झिकेर लैजाने प्रबन्ध मिलाइएको छ। यस सहकारीले किसानलाई व्यावसायिक बनाउन र दूधजन्य उत्पादन बढाउन साना किसान सहकारी विकास आयोजना पोखरासँगको सहकार्यमा ९ प्रतिशत ब्याजदरको सस्तो ऋणसमेत प्रवाह गर्दै आएको जनाएको छ।

सिङगामा सहकारीले आफ्नै भवन र व्यावसायिक सटरसमेत निर्माण गरेको छ। छ जना कर्मचारी राखेर सहकारीले बचत तथा ऋण कारोवारसँगै दूध सङ्कलन र वितरण तथा कृषि पेसा अगालेका शेयर सदस्यलाई तरकारी तथा फलफूलका बिरुवा वितरणको कामसमेत गर्दै आएको छ। सिंगासँगै सोही वडाको बास्कुना गाउँमासमेत बास्कुना कृषि सहकारीमार्फत किसानले दूध बिक्री गर्दै आएका छन्। यहाँका ५० जना किसान आबद्ध रहेको बास्कुना कृषि सहकारीले दैनिक दुई सय ५० लिटर दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए।

उनका अनुसार, दूध बिक्री गरेर गाउँमा भाडाको खर्च कटाएर मासिक रु ६ लाख नगद भित्रने गरेको छ। वडा नं ४ का सिङगा, राक्से, तातोपानी, सोता, बास्कुनालगायतका टोलमा करिब एक सय घरधुरीले भैँसीपालन गरेर दूध बिक्री गर्दै आएको वडाध्यक्ष अणबहादुर खड्काले बताए। सिङ्गा र बास्कुनामा कृषि सहकारीले दूध सङ्कलन र वितरण गर्दै आएका छन् ,भने तातोपानीमा किसान आफैले दूध बिक्री गर्दै आएका छन्।

दूध उत्पादनको पकेटक्षेत्र बनेको यस वडामा वडा कार्यालयले किसानलाई तालिम र अनुदानमा राँगो वितरण गरेको छ। यसवर्ष भैँसीपालक किसानलाई पाँच वटा उन्नत जात र स्थानीय जातको राँगो अनुदानमा वितरण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए।

‘पशुपालन र कृषि दुबैमा सम्भावना छ, उत्पादन भएका उपजको बजारीकरणमा पनि समस्या छैन, कृषि र पशुपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन प्रोत्साहनका कार्यक्रममा हामीले पहल गरेका छौँ’–वडा अध्यक्ष खड्काले भने, 'सदरमुकाम बेनीमा दूध आपूर्ति गर्नेमध्येमा सिङ्गाले ठूलो हिस्सा ओगट्ने गरेको छ। बेनी–दरबाङ सडकखण्डले समेटिएको यस वडाबाट सदरमुकाम बेनीबजार जोड्ने मुख्य सडक कालोपत्र भएपछि किसानले उत्पादन गरेको दूधजन्य र कृषिजन्य उत्पादनको बजारीकरणमा सहज भएको छ।'
अर्को समाचार
दूधको बक्यौता भुक्तानी गर्न निर्देशन
१३ असार २०८२
•
१ मिनेट पाठ
दूधको बक्यौता भुक्तानी गर्न निर्देशन
सरकारले देशभरका दूध उत्पादक कृषकको बक्यौता भुक्तानी गर्न निर्देशन दिएको छ। सरकारले कृषकहरूको करिब तीन अर्ब रुपैयाँ बक्यौता असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको हो।




कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फर्छ्यौटका लागि निर्देशन जारी गरेको हो।

निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि किसानले बिक्री गरेको दूधको भुक्तानी नगरेकाले उनीहरू समस्यामा परेका छन्। त्यसका कारण उत्पादन तथा बजार आपूर्ति प्रभावित हुन सक्ने हुँदा चालू आर्थिक वर्षको असार मसान्तसम्म यथाशीघ्र भुक्तानी गर्नुपर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस