कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन
२८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन
फाइल तस्बिर
सङ्घीय प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्यौट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ।




बेरुजु फर्छ्यौटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले आज छलफल गरेको थियो । आजको छलफल तथा बैठकमा बेरुजु फर्छ्यौट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्न देखिएका समस्या समाधानका लागि निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

देशमा बेरुजु क्रमशः बढोत्तरी हुँदै गइरहेको छ भने आर्थिक वर्ष २०५९/६० सम्मका बेरुजुको लगतकट्टा तथा सरकारी बाँकी सरह असुलउपर गर्नुपर्ने काम अझै बाँकी रहनुले हाम्रो विगत, वर्तमानको आर्थिक सुशासन र वित्तीय अनुशासनको अवस्था चित्रित गर्दछ’, सभापति पोखरेलले भने, ‘पुराना असुलउपर गर्नुपर्ने बेरुजुलाई निश्चित समयभित्रै फर्छ्यौट नगरे आगामी दिनमा बेरुजुको आयतन बढ्ने निश्चित छ।’

बैठकले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्न र आवश्यकपर्ने जनशक्ति थप गरी तत्काल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न र गराउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौट समितिको सचिवालयको रुपमा समेत केन्द्रीय तहसिल कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्य शीघ्र तोक्न र समितिको कार्यालय तत्काल व्यवस्थापन गर्न समितिले निर्देशन दिएको हो । असुलउपर गर्नुपर्ने पुराना अभिलेख सुरक्षित राख्नुपर्ने र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय भाडामा रहेकोले यस्ता अभिलेख संरक्षण गर्न चुनौती हुने समितिले जनाएको छ । कार्यालयलाई शीघ्र सरकारी खाली भवन उपलब्ध गराउनसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दा समेत सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षमा त्रुटी रहेको भन्ने विषयमा दुईवटा टोली बनाइ अध्ययन गर्ने निर्णय गरेको छ ।
अर्को समाचार
केन्द्रीय तहसिल कार्यालय प्रभावकारी बनाऊः लेखासमिति
२९ जेष्ठ २०८१
•
२ मिनेट पाठ
केन्द्रीय तहसिल कार्यालय प्रभावकारी बनाऊः लेखासमिति
संघीय प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्याेट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ।




बेरुजु फर्छ्याेटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले सोमबार छलफल गरेको थियो।

सोमबारको छलफल तथा बैठकमा बेरुजु फछ्र्योट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्न देखिएका समस्या समाधानका लागि निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

‘देशमा बेरुजु क्रमशः बढोत्तरी हुँदै गइरहेको छ भने आर्थिक वर्ष २०५९/६० सम्मका बेरुजुको लगतकट्टा तथा सरकारी बाँकी सरह असुलउपर गर्नुपर्ने काम अझै बाँकी रहनुले हाम्रो विगत र वर्तमानको आर्थिक सुशासन एवम् वित्तीय अनुशासनको अवस्था चित्रण गर्दछ’, सभापति पोखरेलले भने, ‘पुराना असुलउपर गर्नुपर्ने बेरुजुलाई निश्चित समयभित्रै फर्छ्याेट नगरे आगामी दिनमा बेरुजुको आयतन बढ्ने निश्चित छ।’

बैठकले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्न र आवश्यक पर्ने जनशक्ति थप गरी तत्काल संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न/गराउन निर्देशन दिएको छ।

बेरुजु फर्छ्याेट समितिको सचिवालयको रूपमासमेत केन्द्रीय तहसिल कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्य शीघ्र तोक्न र समितिको कार्यालय तत्काल व्यवस्थापन गर्न समितिले निर्देशन दिएको हो।

असुलउपर गर्नुपर्ने पुराना अभिलेख सुरक्षित राख्नुपर्ने र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय भाडामा रहेकाले यस्ता अभिलेख संरक्षण गर्न चुनौती हुने समितिले जनाएको छ। कार्यालयलाई शीघ्र सरकारी खाली भवन उपलब्ध गराउनसमेत समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबारको बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दासमेत सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षमा त्रुटि रहेको भन्ने विषयमा दुईवटा टोली बनाइ अध्ययन गर्ने निर्णय गरेको छ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस