मुख्य शीर्षक
२१ फागुन २०८०
•
३ मिनेट पाठ
मुख्य शीर्षक
देशकै ठूलो र पुरानो वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा सञ्चालित उद्योगहरूको अवस्था दयनीय बनेको छ।




उत्पादित सामग्रीहरूको खपत दिनानुदिन घट्दै जाँदा दैनिक खर्च धान्नसमेत मुस्किल भएको उद्योगीहरूले बताएका छन्।

वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा साना ठूला गरेर करिब १८ सयको हाराहारीमा उद्योगहरू रहेका छन्। ‘दिन दिनै उद्योगहरूको अवस्था सुध्रिनुको साटो बिग्रँदै गएको छ,’ सिमरामा सञ्चालित शालिमार सिमेन्टका सञ्चालक तथा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले भने ‘यही अवस्था रह्यो भने उद्योगहरू बन्द हुँदै जान्छन्।’ बजारमा उपभोग घटे पछि उद्योगको उत्पादन घट्दा उद्योग सञ्चालनको खर्च धान्न पनि कठिन भएको वैद्यले बताए।

सामान्य अवस्थामा शालिमार उद्योगबाट दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन हुने गरेकोमा अहिले मुस्किलले पाँच हजार बोरा मात्रै उत्पादन गरिएको वैद्यले बताए। उत्पादन घटे पनि कामदारलाई तलब खुवाउन पनि कठिन भएको छ।

उद्योगले २५ प्रतिशत मात्रै सिमेन्ट उत्पादन गर्दा मजदुरहरूलाई तलब र बैंकको किस्ता दिनसमेत सोच्नुपर्ने अवस्था आएको वैद्यले बताए।

करिडोरमा सञ्चालित उद्योगहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष हजारौंले रोजगारी पाए पनि उद्योगहरू दयनीय अवस्थामा पुग्दा यस क्षेत्रमा बेरोजगारीसमेत बढ्दै गएको छ।

सिमरामै रहेको साःख स्टिल इन्डष्ट्रिज प्रालि बन्द हुँदा उद्योगमा कार्यरत सयौं मजदुर बेरोजगार बनेका छन्। उद्योग अगाडि खोलिएका नास्ता र चिया पसलहरू समेत बन्द हुने अवस्थामा पुगेका छन्।

साःख स्टिल सञ्चालन भैरहेको बेलामा काम गरेबापत प्रत्येक महिना १५ हजार रूपैयाँ रकम बुझ्ने गरे पनि अहिले उद्योग बन्द हुँदा घरमै बस्नु परेको ा रामबाबु प्रसादले बताए।

साःख उद्योगको अगाडि २० वर्षभन्दा बढी समयदेखि होटल सञ्चालन गर्दैै आएका ६७ वर्षीय पदमबहादुर श्रेष्ठले पहिला दैनिक पाँच हजारसम्मको खाना, नास्ता र चिया बेचेर दुई हजारसम्म आम्दानी गर्ने गरे पनि अहिले दैनिक हजार रूपैयाँसम्मको खाना, नास्ता र चिया बिक्री हुन नसकेको बताएका छन्। साःख स्टिल उद्योग सञ्चालन भइरहेको बेलामा दैनिक पाँच किलो दुधको चियासमेत बिक्री हुने गरे पनि अहिले आधा लिटर दुधको चिया बेच्नै मुस्किल भएको श्रेष्ठले बताए। करिडोरमा सञ्चालित कृष्ण, अरनिको, स्टार, रिलायन्स, कलश, आरएमसी लगायतका सिमेन्ट तथा हामा आइरन, साखः स्टिल, भगवती रोलिङ, अशोक, जगदम्बालगायतका डण्डी उद्योगहरू मध्ये कोही पूर्ण रूपले बन्द भएका छन् भने कोही क्षमताको २५ प्रतिशत मात्रै सञ्चालनमा छन्।

बजारमा उच्च गुणस्तरयुक्त भन्ने पहिचान बनाएको साखः, हिमाल, हामा, अशोक जस्ता ठूला उद्योग अहिले बन्दझैं भएका छन्। सरकारले पुँजीगत खर्च बढाउन नसकेकै कारणले गर्दा उद्योगहरूको दयनीय अवस्था आएको उद्योगी वैद्यले आरोप लगाए। दैनिक हजारौं बोरा सिमेन्ट उत्पादन गर्ने शालिमार, विश्वकर्मा, त्रिशक्ति, स्टार, रिलायन्स, जगदम्बा सिमेन्ट उद्योगलेसमेत अर्डर आए मात्र उद्योग चलाउने र अन्य समयमा बन्द गर्ने गरेको सञ्चालकहरू बताउँछन्। ठूला उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर नेपालमै उत्पादन गरे पनि सानाले कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने वा ठूला उद्योगसँग खरिद गर्नुपर्ने भएको हुँदा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेर करिडोरका सिमेन्ट उद्योग बन्द हुने क्रम बढेको छ।

करिडोरका प्रायः सबै सिमेन्ट र छड उद्योग रुग्ण बन्न थालेपछि बैंकको अर्बौं लगानी जोखिममा परेको छ। बैंकलाई देखाउनकै लागि मात्रै भए पनि न्यूनतम क्षमतामा उद्योग चलाएको जस्तो गरिरहेको अवस्था छ।
अर्को समाचार
फिल्मतिर बिक्यो दुर्गेशको गीत, ‘कर्म’ को शीर्षक गीत सार्वजनिक
२३ चैत्र २०८१
•
१ मिनेट पाठ
फिल्मतिर बिक्यो दुर्गेशको गीत, ‘कर्म’ को शीर्षक गीत सार्वजनिक
नेपाली चलचित्र ‘कर्म’ को शीर्षक गीत सार्वजनिक भएको छ। चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।




‘कर्म’ को शीर्षक गीतमा दुर्गेश थापाले गायन, सङ्गीत र शब्द रचना गरेका छन्। उनकै संयोजनमा तयार भएको यो गीतको मिक्सिङ र मास्टरिङ बिमल छिनालले गरेका हुन्।

बीट प्रोडक्सन सविन बिष्टको छ भने पृष्ठभूमि स्वरमा आरसी रिमाल र भुषण खतिवडाले साथ दिएका छन्।

दुर्गेश थापा पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा निकै चर्चित छन्। उनको अघिल्लो गीत ‘दुस्मन हेरेको हेर्‍यौ’ युट्युबमा ५ करोड ६० लाख (५६ मिलियन) पटक हेरिएको छ।

चलचित्र ‘कर्म’ यही चैत्र २९ गतेदेखि प्रदर्शनमा आउँदै छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस