जूनमा यी सात बलिउड चलचित्र प्रदर्शनको तयारीमा
मे महिना बलिउड चलचित्र उद्योगमा निकै कम चहल–पहल रह्यो। मे महिनामा कमै चलचित्र सिनेमा घरसम्म आइपुग्यो। यहाँ सम्म आई पुगेका चलचित्रहरूको व्यापार तथा चर्चा भने खासै कमाएनन्। जस्तै मई १५ मा प्रदर्शनमा आएको ‘आखिरी सवाल’ ले दुई करोड ८९ लाखको कलेक्सन गरेको छ।
त्यसै गरी आमिर खानको प्रोडक्शन्सको ब्यानरमा बनेको चलचित्र ‘एक दिन’ मे १ मा प्रदर्शनमा आयो। सुनिल पाण्डेको निर्देशनमा बनेको उतm चलचित्रले पनि खासै दर्शकलाई सिनेमा घरसम्म तान्न सकेन। रिपोर्ट अनुसार यसले ४ करोड ३ लाख भारुको व्यापार गर्यो।
अर्को तर्फ अभिनेता रितेश दशमुखको ड्रिम प्रोजेक्ट मानिने ‘राजा शिवाजी’ सय करोड भारु लगानीमा निर्मित भयो। मे एकमा प्रदर्शनमा आयो तर यसले आफ्नो लगानी सुनिश्चित गर्न अझैँ मिहिनेत गर्नु पर्ने अवस्था छ। यसले भारतमा सय करोड दुई लाखको व्यापार गरेको छ।
मेमा प्रदर्शनमा आएको चलचित्र मध्ये एक हो, मुदस्सर अजिज निर्देशित चलचित्र ‘पति पत्नी ओर वो दो’ मे १५ मा प्रदर्शनमा आयो तर यसको व्यापार पनि उत्साहजनक रहेन। ५१ करोड २६ लाखको वल्र्डवाइड कलेक्सन गरेको छ। ६० करोडको भारुमा निर्माण भएको थियो। यसमा आयुष्मान् खुराना, रकुल प्रित सिंह र वामिका गब्बीको मुख्य भूमिका रहेको छ।
जूनमा सिनेमा घरलाई मौसम झैँ तताउने चलचित्रकर्मीको अनुमान छ। प्रदर्शनमा आउने तयारीमा सात चलचित्र रहेको छ। जस्तै ‘बन्दर’ बाँबी देओल, सान्या मल्होत्रार सबा आजाद र सपना पब्बीको मुख्य भूमिका रहेको चलचित्र ‘बन्दर’ जुन ५ देखी प्रदर्शनमा आउने तयारीमा छ।
‘है जवानी तो इश्क होना है’ वरुण धवनको अगामी उतm चलतित्रले चर्चा पाएको यसमा उनी आफ्नो बुवा डेविड धवनसँगको चौथो चलचित्र हो। उतm रोमान्टिक कमेडी चलचित्र भने ५ जूनदेखि सिनेमा घरमा प्रदर्शनमा आउने तयारीमा छ। मृणाल ठाकुर र पूजा हेगडे वरुणसँग देखिने भएका छन्।
‘भारत भाग्य विधाता’ कंगना रनौत, गिरिजा ओक र स्मिता तांबेको मुख्य भूमिका रहेको चलचित्र जून १२ देखि प्रदर्शनमा आनेता तय गरिएको छ। लमो समयपछि अभिनेत्री कंगना चलचित्रमा फर्केकी छन्।
‘गवर्नर’ मनोज बाजपेयी र अदा शर्मा अभिनीत चलचित्र जून १२ देखि प्रदर्शनमा आउने तयारी रहेको छ। कथा पूर्व आरबीआई गवर्नर एस वेंकटीरमनको जीवनीमा आधारित रहेको निर्माण पक्षले जनाएका छन्।
‘मैं वापस आउँगा’ चलचित्रमा दिलजीत दोसांझ, शरवरी वाघ, वेदांग रैना, नसीरुद्दीन शाहको मुख्य भूमिका रहेको उतm चलचित्र जून १२ देखी प्रदर्शनमा आउँने तयारी छ। उतm चलचित्र प्रेम कथानकमा आधारित रहने छ।
‘काँकटेल २’ शाहिद कपूर, कृति सेनन, रश्मिका मंदाना को मुख्य भूमिका रहेको ‘काँकटेल २’ १९ जून प्रदर्शन हुने भएको छ। १४ वर्ष पछि ‘काँकटेल’ को सिक्वेल लिएर होमी अदजानिया आएका छन्।
‘वेलकम टू द जंगल’ अक्षय कुमार, सुनील शेट्टी, संजय दत्त, अरशद वारसीको मुख्य भूमिका रहेको कमेडी चलचित्र जून २६ देखि प्रदर्शनमा आउँने तयारीमा छ।