३७ वर्ष पुग्यो, अझै बनेन् विमानस्थल
१४ फागुन २०८०
•
३ मिनेट पाठ
३७ वर्ष पुग्यो, अझै बनेन् विमानस्थल
२०४२ सालदेखि निर्माण सुरु गरिएको कालिकोटको कोटवाडा विमानस्थल।
कालिकोटको कोटवाडामा विमानस्थल निर्माण सुरु भएको ३७ वर्ष पुग्यो। २०४२ साल जेठदेखि निर्माण सुरु गरिएको कोटवाडा विमानस्थल निर्माण सम्पन्न हुन अझै कति समय टुंगो छैन्।




विमानस्थल निर्माण सम्पन्न नहुँदै २०७३ माघ २९ गते चिलगाडी (हवाइजहाज) सफल अवतरण भयो। तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरले परीक्षण उडान गर्दा कोडबाडामा मानव सागर उर्लिएको थियो।

पहिलो पटक कोटवाडामा विमानस्थलमा जहाज अवतरण गराउने शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन्। कोटवाडा विमानस्थलको कथा फरक छ। सदरमुकाम मान्मादेखि पाँच घण्टा टाढाको यो विमानस्थल बनाउँदा धेरैको रगत बगेको छ।

३५ जना मजदूरको ‘चिहान’ माथि ‘चिलगाडी’ बस्ने ठाउँ बनाउँदैछ। सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङको जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनायो। सेनाले स्थानीय प्रयोग गरेर अहिले बन्दै गरेको विमानस्थलभित्रै ३५ जनाको शव गाडिएको छ।

२०७३ माघ २९ गते परीक्षण उडान सफल हुँदा स्थानीयमा खुशीको सीमा थिएन्। चिहानमाथि चिलगाडी बसेको हेर्ने धोको पूरा भएको खुशीयालीमा स्थानीयले अवीर जात्रा गरे।

परीक्षण उडान सफल भएपछि नियमित उडान होला भन्ने आशमा रहेका स्थानीयहरु छ वर्षसम्म पनि चिलगाडी फर्केर नआउँदा अहिले निरास छन्। त्यसमाथि ३७ वर्षसम्म विमानस्थल निर्माण पूरा भएको छैन्।

‘विमानस्थल कालिकोटका जनताको लागि सुविधाका लागि मात्रै होइन्, विमानस्थलको रन–बेभित्र गाडिएका ३५ जना मजदूरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भन्ने हाम्रो माग छ,’ सुनथराली विमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविकले भने, ‘एउटा विमानस्थल बनाउन ३७ वर्ष समय लाग्नु लाजमर्दो विषय पनि हो।’

गणेश विष्टको घर विमानस्थलको छेवैमा छ। यो ३७ वर्षमा उनले विमानस्थलकै कारण धेरै सास्ती भोगे। संगै काम गर्ने ३५ जना सहकर्मी गुमाए। सेनाको चरम यातना पाए। माओवादीको अत्याचार सहे। विमनस्थल निर्माणमा राज्यको चासो र चिन्ता नरहेको उनको भनाई छ। 

‘सदरमुकाम नजिकै भइदिएको भए उहिल्यै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आइसकेको हुन्थ्यो,’ विष्टले भने, ‘दुर्गमको विमानस्थलमा कसैको चासो र चिन्ता छैन्।’

विमानस्थलका अरु संरचना निर्माण सम्पन्न भएपनि कालोपत्रेको काम भने अझै सुरु भएको छैन्। संझौता अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण व्यवसायीले विमानस्थल कालोपत्रे सम्पन्न गरिसक्नु पर्ने हो। विमानस्थल कालोपत्रेको ठेक्का गौरी-पार्वती-श्याम एण्ड शंकर जेभीले लिएको छ।

६ सय ९० मिटर लामो र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे र नाली निमार्शणका लागि निर्माण कम्पनीले १३ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो।

निर्माण कम्पनीका प्रतिनिधि कमल केसीले भौगोलिक विकटता र कोरोनाका कारण तोकिएको समयमा काम गर्न नसकेको बताए। ‘सुरुका दुई वर्ष कोरोनाका कारण काम गर्न सकेनौं,’ उनले भने, ‘कालिकोटको पनि विकट ठाउँ र मौसमी प्रतिकुलताका कारण समस्या भयो।’ विमानस्थल निर्माणका लागि हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ।

निर्माण व्यवसायीका प्रतिनिधि केसीले नागरिक उड्डयन प्राधिकरणले म्याद थप्ने वित्तिकै काम सुरु गर्ने बताए। ‘नाला निर्माण, माटो कटिङलगायतका कामहरु सम्पन्न भएका छन्,’ उनले भने, ‘अब कालोपत्रेको मात्रै काम बाँकी छ, म्याद थप भएपछि बाँकी कामहरु सम्पन्न गछौं।’

नागरिक उड्डयन प्राधिकरणले भवन र टावर निर्माणको काम पीआर ईन्फ्रास्टक्चरलाई तीन करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएको थियो। भवन र टावर निर्माणको काम सम्पन्न भइसकेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले विमानस्थल निर्माणका बाँकी कामहरु सम्पन्न भएपनि मुख्य काम भने बाँकी रहेको बताए।

‘अरु सबै संरचना निर्माणका कामहरु पूरा भएका छन्,’ उनले भने, ‘कालोपत्रेको जिम्मा लिएको कम्पनीसँगको संझौता सकिएको छ, संझौता नवीकरण गरेपछि मात्रै कहिलेसम्म विमानस्थल निर्माण सम्पन्न हुन्छ थाहा होला।’
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
२२ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस