कालिकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ। आइतबार प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताए।
२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो।
विमानस्थल उद्घाटनका लागि यसअघि तीनपटक समय तोकिए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले बताए।
भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ।
२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेपछि विमानस्थल निर्माण सुरुवात भएको थियो।
काठमाडौँबाट लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै खसेको पाइएको छ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट लुक्ला जाँदै गर्दा जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
जहाज भने सुरक्षित अवतरण गरिएको उनले जानकारी दिए। जहाजमा दुई जना प्यासेन्जर पनि रहेको र उनीहरु सकुशल रहेको उनले बताए।
झाले नागरिक न्यूजसंग भने, 'काठमाडौँबाट लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा खसेको पाइएको हो। जहाज अवतरण गरी पार्किङ गरेपछि पाइलटले चेक गर्ने क्रममा आपतकालीन ढोकाको सिसा खसेको देखिएको हो। सामान बोकेर गएको जहाजहरूको कहिलेकाहीँ त्यस्तो हुन्छ।'
जहाजले काठमाडौँबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...