मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता
२९ मंसिर २०८०
•
४ मिनेट पाठ
मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता
बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।




खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माणको ठेक्का पाएको सिनो हाइड्रो कम्पनी र इन्सुरेन्स कम्पनीबीच एक आपसमा समन्वय अभावको कारणले मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने विषय अलपत्र हुँदै आइरहेको छ।

गत असोज २८ गतेदेखि नेपालबाट मनसुन बाहिरिए पनि मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने विषयमा सरकारी निकायबीचको आपसी तालमेल र साझेदारीको अभाव कायमै देखिन्छ।

गत असार यता उपत्यकाबासीले मेलम्चीको पानी प्रयोग गर्न पाइरहेका छैनन्। कतिसम्मभने हिउँद याममासमेत उपत्यकाबासीले ट्यांकरको पानी किनेरै खानुपर्ने बाध्यता सिर्जना भइरहेको छ।

२०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएकाले पनि मेलम्चीको अस्थायी मर्मतसम्भार गरेर मंसिर २३ गते नै मेलम्चीको पानी ल्याइएको थियो।
यो वर्ष भने सरकारले मेलम्चीको मर्मतसम्भारको विषयमा आवश्यक समन्वय र सहकार्य नगर्दा मेलम्चीको पानी उपत्यकामा ल्याउन समस्या भइरहेको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त वर्षाको समयमा आएको लेदोसहितको गेग्य्रान गेट नम्बर १ र ९ मा अत्यधिक मात्रामा थुप्रिएकाले पनि मेलम्चीको पानी पथान्तरण गरेर ल्याउन समस्या भइरहेको बताए।

‘मेलम्चीको हेडवक्र्स अम्बाथानमा रहेको अस्थायी बाँध भएको ठाउँमा १०/१२ मिटर लेदोसहितको गेग्य्रान थुप्रिएको छ,’ उनले भने, ‘गेट नम्बर एकको मुखमा अत्यधिक मात्रामा बालुवाले खाँदिएको देखिएको छ। त्यो गेटमा रहेको बालुवा नहटाउँदासम्म कति गेग्य्रान थुप्रिएको छ भनेर भन्न सकिने अवस्था छैन।’

मेलम्चीको गेट नम्बर १ को संरचनाको बिमा गरिएकाले पनि सर्र्वेयरद्वारा मूल्याकङ्न गरेर क्षतिपूर्ति दाबी गर्ने लगायतका प्रक्रिया पूरा गर्न पनि केही समय लागेको बताए।
‘इन्सुरेन्स कम्पनीले गेट नम्बर १ मा भएको क्षतिको कति रकम दिन्छ भन्ने विषय पनि अहिले टुंगो लागेको छैन,’ उनले भने, ‘हामीले मेलम्ची खोलाको बहाव परिवर्तन गरेर गेट नम्बर एकसम्मको गेग्य्रान हटाएपछि मात्रै इन्सुरेन्स कम्पनीको सर्वेयरलाई बोलाउनुपर्ने हुन्छ। त्यसैले काम गर्न भनेजस्तो सहज छैन। यद्यपि हामीले प्रयास गरिरहेका छौं।’

पन्तले अहिलेसम्म मेलम्चीको अम्बाथानसम्म पुग्ने पहुँचमार्ग तयार भइसकेको बताए। ‘मेलम्चीको हेडवक्र्समा थुप्रिएको गेग्य्रान सफा गर्ने विषयमा आवश्यक तयारी भइरहेको छ,’ उनले भने, ‘सबै प्रक्रिया अघि बढाएर आवश्यक काम अघि बढाइनेछ।’

प्रवक्ता पन्तले सबै प्रक्रिया पूरा भएर काम सुरु भएको एक महिनाभित्रै मेलम्चीको पानी उपत्यका ल्याउन सकिने दाबी गरे।

‘मेलम्चीको बाँध क्षेत्रमा थ्रुपिएको गेग्य्रान हटाउने र मर्मतसम्भार गरेर मेलम्चीको पानी उपत्यकामा ल्याउन झन्डै एक महिनाभन्दा धेरै समय लाग्ने अनुमान गरेका छौं,’ उनले भने।
गत वर्ष असार महिनासम्म मेलम्चीको पानी उपत्यकामा ल्याउँदा पनि सुरुङभित्र लेदोसहितको बालुवा थुप्रिएको छ भने त्योसमेत सफा गर्न थप केही समय लाग्ने समितिले जनाएको छ। मेलम्चीको पानी अस्थायी रूपमा फेरि उपत्यका ल्याउन १२÷१५ करोड रूपैयाँ खर्च लाग्ने बताए।

गत मंसिर १५ गते खानेपानी मन्त्री महेन्द्र राय यादव, मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमन गर्न गएका थिए तर अहिलेसम्म पनि मेलम्चीको पानी ल्याउने विषयमा ठोस निर्णय हुन सकेको छैन।

मेलम्चीको पानी पहिलो पटक सुन्दरीजलमा २०७७ फागुन २२ गते आइपुगेको थियो। सो पानी उपत्यकामा भने चैत १५ गतेदेखि परीक्षण स्वरूप वितरण गरिएको थियो। २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीपहिरोले आयोजनामा ठूलो क्षति पु¥याएको थियो।

बाढीले क्षतिग्रस्त भएको मेलम्ची आयोजनाको अस्थायी मर्मतसम्भार गरेर दोस्रो वर्ष २०७८ चैत अन्तिम महिनामा दोस्रोपटक उपत्यकामा पानी वितरण गरिएको थियो।
त्यसैगरी गत वर्ष भने मंसिर २३ गतेदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो।

अहिले खानेपानीको कुल माग ४७ करोड लिटर रहेको उपत्यकाले बर्खा याममा मात्र २२ करोड लिटर खानेपानी पाउँछ। अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बर्खायामको अन्डरग्राउन्ड र भूसतहको दुवै गरी दैनिक २१/२२ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।

केयुकेएलका म्यानेजर प्रकाशकुमार राईका अनुसार केयुकेएलले परम्परागत पानीको स्रोतबाट १६/१७ करोड लिटर र सुन्दरीजललगायत क्षेत्रबाट थप साढे पाँच करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।
अर्को समाचार
बाह्रै महिना मेलम्चीको पानी ल्याउन चार अर्ब बढी लाग्ने
२२ चैत्र २०८०
•
४ मिनेट पाठ
बाह्रै महिना मेलम्चीको पानी ल्याउन चार अर्ब बढी लाग्ने
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड खर्च लाग्ने बताएका छन्।




बिहीबार सिंहदरबारमा आयाजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्देशक अन्सारीले उक्त आयोजना सुधार गर्न चार अर्ब ५० करोड लागत लाग्ने बताएका हुन्।

उनले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिए। आयोजनाको दिगो व्यवस्थापन तथा सुधार गरेर पानी वितरण गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ।

‘मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीनरुपमा समाधान गर्न स्थायी संरचना बनाउन चार अर्ब ५० करोड लाग्नेछ, विस्तृत डिजाइन तयार हुँदासम्म लागत घढबढ हुन सक्छ’,कार्यकारी निर्देशक अन्सारीले भन्,‘अहिले आयोजनामा थुप्रिएको गेग्रान ७० प्रतिशत हटाउनुपर्ने अवस्था छ। आयोजनास्थल नजिक अझै पनि ठूलो बाढीपहिरोको जोखिम रहेकाले कुनबेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का छ।’

आयोजनालाई दीर्घकालीन सुधार गर्नका लागि एक किलोमिटर माथि आयोजनाको हेडबक्स सार्नु उपयुक्त देखिएको उनको भनाइ छ।

गत साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्‍याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो। वर्षायामको सुरुवातसँगै बाढीबाट आयोजनाको ‘हेडबक्स’ जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द गर्नुपरेको अन्सरीले बताए।

आयोजना नियमित सञ्चालनका लागि हेर्डबक्स नै अन्यत्र सार्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

‘आयोजना लागतको पूर्वअध्ययन र स्रोतको व्यवस्थापन गरौँ’

सार्वजनिक लेखासमिति सभापति ऋषि पोखरेलले मेलम्ची खानेपानी आयोजनाको गतिविधिलाई प्रभावकारी बनाउन लागतको पूर्वअध्ययन र स्रोतको व्यवस्थापन गरेर मात्रै सुधारका योजना अगाडि बढाउन सुझाव दिएका छन्।

उनले आयोजनाको लागतको विषयमा राम्रोसँग पूर्वअध्ययन गरी स्रोत व्यवस्थापनका विषयमा विचार पुर्‍याउन आवश्यक रहेको बताए।

मेलम्ची खानेपानी आयोजना बाह्रै महिना सञ्चालन गरेर उपभोक्ताको धाराधारामा पानी ल्याउने गरी खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना सुधारको कार्य अगाडि बढाउन अन्तक्र्रिया कार्यक्रम सुरु गरेको छ। आयोजना नै अन्यत्र सार्नुपर्ने अध्ययन प्रतिवेदन देखाएको छ। मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउनका लागि चार अर्ब ५० करोड लागत लाग्ने समितिले जनाएको छ।  

आयोजना सुधारका लागि लाग्ने लागतसम्बन्धी गम्भीर अध्ययन गरी खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विचार गर्नुपर्नेमा पोखरेलले जोड दिए।

‘लामो अध्ययन र ठूलो लागतमा भएको डिजाइनबाट मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो। वातावरण, भौगर्भिक, व्यावहारिक अध्ययन गरेका थियौँ तर किन समस्या आयो ?’, उनले भने,‘यसको पनि अध्ययन गरी दीर्घकालीन समाधान खोज्नेतर्फ लाग्नु पर्दछ। विज्ञहरुले अध्ययनको जवाफदेयीता लिनु पर्दछ।’

तोकिएको लागतमा र समयमा आयोजना सम्पन्न नुहने समस्या निराकरणमा लाग्नुपर्नेमा लेखासमिति सभापति पोखरेलले जोड दिए। ‘पाँच वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि सम्पन्न नहुनुका कारण र लागत बढ्दै जानुका कारण पनि खोज्नु पर्ने अवस्था आएको छ’, उनले भने।

‘जनताको माग सम्बोधन नभए मेलम्ची आउँदैन’

सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हेलम्बुवासीको माग सम्बोधन नभए अर्को वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताएका छन्।

बिहीबार सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनामा दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले माग सम्बोधन नभएमा मेलम्चीको पानी ल्याउँन नदिने बताएका हुन्।

मेलम्ची आयोजना प्रभावित तथा बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ मेलम्ची करिडोरमा बनाइएका घर, व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्नेलगायत विभिन्न १७ बुँदे माग राख्दैँ आइरहेका छन्। 

ती माग पूरा गर्न सङ्घीय सरकारले चासो नदेखाएको भन्दै माग पूरा नभए अर्को वर्ष मेलम्ची बन्द हुने अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोको भनाइ छ।

‘हामीले पटकपटक आग्रह गर्दा पनि स्थानीयको माग नै पूरा हुन सकेन’,उनले भने,‘अब पनि माग पूरा नहुने हो भने ढुक्क हुनुस् अर्को वर्ष मेलम्चीको पानी आउँदैन, पानी पिउन मन लागे गाग्री लिएर आउनुस्।’

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो व्यवस्थापन गर्दै बाह्रै महिना पानी ल्याउनका लागि आयोजनाको हेडबक्स सार्ने तयारी गरिरहे पनि उक्त स्थान पनि असुरक्षित रहेको उनको भनाइ छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस