मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?
२० मंसिर २०७९
•
४ मिनेट पाठ
मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गर्‍यो। त्यस्तो निर्णय गरेको ६ महिना बितिसक्दा समेत खारेजीको प्रक्रिया भने अघि नबढाउँदा कर्मचारीले साउनदेखि नियमित तलब पाउनसकेका छैनन्।  




चालु आवको बजेट वक्तव्यको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने उल्लेख छ। बजेट वक्तव्यमा यी समितिहरूबाट सञ्चालन हुँदै आएका कार्य खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश राखिएको छ।  

बजेट वक्तव्यमा उल्लेख भएअनुसार कामकारबाही अघि बढाउँदा अन्योल सिर्जना भएको छ। मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बजेट वक्तव्य अनुसार आवश्यक प्रक्रिया अघि नबढाउँदा कर्मचारीको नियमित तलव सुविधा र प्रशासनिक काम चलाउन पनि अप्ठेरो भइरहेको बताए।  

‘बजेट वक्तव्यमा समिति खारेजी गर्ने कुरा उल्लेख गरिएको छ तर अहिलेसम्म न खारेजी प्रक्रिया अघि बढेको छ न त व्युँताउने प्रक्रिया नै। यसले गर्दा त्यहाँ कार्यरत कर्मचारीले तलव पनि पाउन सकेका छैनन,’ उनले भने ‘मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय नगर्दा अहिलेको अवस्था आएको हो।’  

मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनका अध्यक्ष ऋषिराम पौडेलले सरकारद्वारा हचुवाको भरमा समिति खारेजी गर्ने निर्णय गरिएकाले समग्र कर्मचारीलाई समस्या पारेको बताए। ‘मेलम्ची खानेपानी आयोजना अहिलेसम्म पनि पूर्णतः निर्माण सम्पन्न भएको छैन। अस्थायी रूपमा मेलम्चीको पानी ल्याउने प्रयत्न भइरहेका बेला समिति नै खारेजी गर्नु मूर्खता हो,’ उनले भने ‘मन्त्रिपरिषद्को बैठकले बजेटमा आएको समिति खारेजीको निर्णयलाई तुरुन्तै ब्युँताउनु आवश्यक भइसकेको छ।’

युनियनका अध्यक्ष पौडेलले सरकारले मेलम्चीको सुरुङबाटै याङ्ग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने योजना अघि सारेकाले पनि समिति खारेजी न्यायोचित नभएको बताए। समितिका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्। समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले दशैंको बेला कर्मचारीलाई पेश्कीमार्फत तलब उपलब्ध गराएका थिए तर असोज यता कर्मचारीले फेरि तलब पाएका छैनन्। पहिले समितिमा ६८ जना कर्मचारीको दरबन्दी रहेको थियो। तीमध्ये १५ जना स्थायी, ३० जना करार र अन्य निजामती सेवाबाट काजमा आएका कर्मचारी रहेका छन्। मेलम्ची खानेपानी आयोजनाको गत कात्तिक २८ गतेदेखि मर्मतसम्भारको काम गरिएको थियो।  

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले गत आइतबार आयोजनाको अनुगमन गर्दै आगामी मंसिर २७ गतेदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने जनाएका थिए। अस्थायी संरचना निर्माण गरेर मंसिर १२ गतेदेखि मेलम्ची नदीको पानी पुनःसुरुङमा भर्न सुरु गरिएको थियो। समितिका अनुसार अहिले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रमा सरसफाइको काम भइरहेको छ। अबको केही दिनभित्रै सुरुङ भरिनेछ। गत जेठको दोस्रो साता मेलम्ची नदीमा आउन सक्ने बाढीपहिरोको जोखिमलाई ध्यान दिँदै मेलम्चीको सुरुङमा पानी पठाउन रोक लगाइएको थियो। समितिले कात्तिक २८ गतेदेखि मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रमा जाने पहुँचमार्ग तयार गरेर आयोजनास्थलमा थुप्रिएको गेग्य्रान हटाउने कार्य सुरु गरेको थियो। समितिले करिब २ सातामा आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको गेग्य्रान हटाएर अस्थायी रूपमा नदीको पानी डाइभर्सन गरेर सुरुङमा खसालेको हो।  

समितिका इन्जिनियर पन्तले मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रमा अस्थायी संरचना निर्माण गरेर सोमबारदेखि मेलम्ची नदीको पानी सुरुङमा भर्न सुरु गरिएको बताए।

इन्जिनियर पन्तले यो वर्षायामको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा धेरै क्षति पुर्‍याए पनि सुरुङमार्गमा भने कुनै क्षति नपुर्‍याएकाले पनि तत्कालै पानी खसाल्न सकिएको बताए। ‘काठमाडौं उपत्यकाबासीले अबको ७ दिनभित्र फेरि मेलम्ची नदीको पानी घरघरमा चलाउन पाउने छन्’ उनले भने।  

मेलम्ची नदीले आयोजनाको हेडवक्र्स क्षेत्रमा थुपारेको गेग्य्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गरेको थियो। कम्पनीले करिब ५ करोडको लागतमा उक्त काम सकेको हो। यो वर्ष मेलम्ची नदीमा आएको पानीको बहावले आयोजनाको हेडवक्र्स क्षेत्रमा ७ देखि ९ मिटर अग्लो गेग्य्रान थुपारेको थियो। अघिल्लो वर्ष भने २२ मिटरसम्म थुप्रिएको थियो।  

आयोजनाले यस अघि मंसिर १५ गतेभित्रै मेलम्चीको पानी उपत्यका ल्याउने घोषणा गरे पनि घोषणा गरिएभन्दा दुईसाता ढिलो आइपुग्ने भएको छ। अघिल्लो वर्ष आयोजनाले साढे ३६ करोड रूपैयाँ खर्च गरेर केही महिनाको लागि मेलम्ची नदीको पानी अस्थायी रूपमा काठमाडौं ल्याएको थियो।
अर्को समाचार
मेलम्ची खानेपानी समिति फेरि बिउँतियो
२२ चैत्र २०७९
•
३ मिनेट पाठ
मेलम्ची खानेपानी समिति फेरि बिउँतियो
मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको बैंठकले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा खारेज गर्ने भनिएको मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युँताउने निर्णय गरेको हो।




मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युँताउने निर्णय गरेको जानकारी दिए। ‘मन्त्रिपरिषद्को सोमबारको बैंठकले यसअघि खारेजी गर्ने भन्ने निर्णयलाई बदर गरेर फेरि मेलम्ची खानेपानी विकास समिति राख्ने निर्णय गरेको छ,’ उनले भने, ‘यो निर्णयसँगै समितिले आवश्यक निर्णय गर्ने बाटो खुलेको छ। सरकारले चालु आवको बजेटको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समितिलाई खारेज गर्ने निर्णय गरेको थियो। सो समितिबाट सम्पादन हुँदै आएका कार्य खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। मन्त्रिपरिषद् बैंठकले समितिको बोर्ड सदस्य संख्यामा भने केही फेरबदल गरेको छ। यसअघि समितिको बोर्डमा पाँच सदस्यीय रहने प्रावधान रहेको थियो। तर, अहिले भने ७ सदस्यीय रहने व्यवस्था गरेको छ।

कार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको समिति फेरि ब्युँतिएसँगै अब वर्षायाममा पनि मेलम्चीको पानी ल्याउन आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाइने बताए। ‘समिति खारेजीमा परेकाले बोर्ड बैठकले बाह्रैमास मेलम्चीको पानी उपत्यका ल्याउने निर्णय गर्न सकिरहेको थिएन,’ उनले भने, ‘अब बस्ने बोर्ड बैठकले मेलम्चीको पानी वर्षायाममा पनि ल्याउने गरी आवश्यक संरचना निर्माणको काममा जुट्नेछौं।’

कार्यकारी निर्देशक श्रेष्ठले सो संरचना निर्माणका लागि करिब तीन महिना लाग्ने भए पनि अबको दुई महिनाभित्रै सो संरचना निर्माण गर्ने योजना रहेको बताए। ‘मेलम्ची नदीमा आएको बाढीपहिरोको कारणले मेलम्चीको पानी वर्षा याममा ल्याउन समस्या भइरहेको थियो,’ उनले भने, ‘अबको ८/१० दिनभित्रै मेलम्चीको पानी वर्षा याममा पनि ल्याउने संरचना निर्माण गर्ने विषयमा निर्णय गर्नेछौं।’

कार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको नदीसँगै इन्टेकको संरचना बनाएर बाह्रैमास मेलम्चीको पानी ल्याउने तयारीमा रहेको बताए। ‘मेलम्ची नदीमा दुई वर्षअघिको जस्तो बाढीपहिरो नआएको खण्डमा इन्टेकमार्फत वर्षायाममा पनि पानी ल्याउन सकिन्छ,’ उनले भने, ‘त्यसैले करिब १० करोड रूपैयाँ खर्चेर सो संरचना निर्माण गर्न लागिएको हो।’

समितिले यो वर्षको मनसुन ढिला सुरु भएको खण्डमा आवश्यक संरचना निर्माण गर्न सकिने बताएको छ।

समिति चिनियाँ कम्पनी सिनो हाइड्रोपावरमार्फत भेरिएसनमार्फत इन्टेकलगायत संरचना निर्माण गर्ने तयारीमा जुटेको छ। मेलम्ची नदीमा आएको बाढीपहिरोको कारणले दुई वर्ष वर्षा यामको सिजनमा मेलम्चीको पानी उपत्यका ल्याउन सकिएन। गत मंसिरको तेस्रो सातादेखि मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो।

कार्यकारी निर्देशक श्रेष्ठले एसियाली विकास बैंकका विज्ञ समूहले पनि बाढीपहिरोपछि क्षतिग्रस्त मेलम्चीको विषयमा गरेको पूर्ण प्रतिवेदन नआउँदा समेत वर्षा याममा गर्ने योजनाको विषयमा केही अन्योल भएको बताए। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा यो आयोजनामा हालसम्म ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। मेलम्चीको सुरुङमार्ग, हेडवर्क्स लगायत पूर्वाधारमा अहिलेसम्म ३० अर्ब रूपैयाँ खर्च भइसकेको छ। सुन्दरीजलबाट उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि २१ अर्ब खर्च भइसकेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस