महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।
संस्थाका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका छन्।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिकस्थिति कमजोर भएकाले विद्यार्थीको अध्ययलाई निरन्तरता दिने उद्देश्यले पचास हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै बैंक सञ्चालक समितिका सदस्य श्या सुन्दर रुङ्गटाले विद्यार्थीहरू देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए।