आर्मी सेमिफाइनलमा
०८ चैत्र २०७९
•
२ मिनेट पाठ
आर्मी सेमिफाइनलमा
इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वार्टरफाइनलमा रोलिङ क्लब धुलाबारी, झापालाई ४-१ ले पराजित गर्दै आर्मी सेमिफाइनल पुगेको हो।




आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पीजङ्ग कार्की, सुदिल राई र पदम तामाङले १/१ गोल गरे। रोलिङका डेडी वाम्बाले सान्त्वना गोल फर्काए। खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेस्रो मिनेटमा अग्रता बनायो। डी बक्सनजिकबाट उनले गरेको प्रहारले सीधै जाली चुमेको थियो।

पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए। युद्ध शाहीको पासलाई कार्कीले सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका हुन्। पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्न सफल रह्यो।

६२औं मिनेटमा सुदिल राईले ३-० को स्थिति बनाए। दिनेश हेन्जनको पासलाई राईले जाली चुमाए। ६४औं मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टीमार्फत खेल ३-१ मा झार्न सफल भए। डी बक्सभित्र विमल पाण्डेले ह्यान्ड गरेपछि पाएका अवसरलाई वाम्बाले खेर फालेनन्। इन्जुरी समयमा तामाङले गोल गरेपछि आर्मी ४-१ गोलअन्तरको सेमिफाइनल प्रवेश गरेको हो।

रोलिङ गत संस्करणमा समेत आर्मीसँग पराजित भएको थियो। १२आंै संस्करणमा सेमिफाइनलमा भिडेका २ टोली यस पटक क्वार्टरफाइनलमै आमनेसामने भएका थिए। खेलको म्यान अफ दी म्याच आर्मीका क्याप्टेन जेलस्पीजङ्ग कार्की घोषित भए। उनले नगद दस हजारसहित ट्रफी हात पारे।

आर्मीले चैत ९ गते फाइनल प्रवेशका लागि चिर प्रतिद्वन्द्वी चर्च व्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबले लिग विजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानले लिगमा लगातार खेलेका कारण अपेक्षाअनुरूप प्रदर्शन नभएको बताए। उनले खेलाडीहरूको थकानका कारण २५ प्रतिशत मात्र खेल देखाउन सकेको बताए। ‘खेलको सुरुवातमा स्कोर निस्किएपछि पनि पाएका धेरै अवसर सदुपयोग हुन सकेनन्,’ उनले भने।

रोलिङका प्रशिक्षक मुकुम लिम्बुले डिफेन्समा बिल्डअप नहुँदा पराजय भोगेको बताए। ‘गोलरक्षकको गल्ती कारण गोलका अवसरहरू धेरै निस्किए,’ लिम्बुले भने। 
अर्को समाचार
विराट गोल्डकपः घरेलु टोलीलाई पन्छाउँदै विभागीय टोली आर्मी सेमिफाइनलमा
२२ फागुन २०८१
•
१ मिनेट पाठ
विराट गोल्डकपः घरेलु टोलीलाई पन्छाउँदै विभागीय टोली आर्मी  सेमिफाइनलमा
घरेलु टोली रिजालको मोरङ ११ लाई पराजित गर्दै ९ औं विराट गोल्डकपको सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेको छ।  




बुधबार राति विराटनगरको सहिद रंगशालमा भएको खेलमा घरेलु समर्थनलाई निराश बनाउँदै मोरङ ११ आर्मीसँग शून्यका विरुद्ध एक गोलमा पराजित भएको हो। आर्मी यसअघि २०७१ मा झापा ११ सँग र २०७४ मा थ्रिस्टारसँग फाइनलमा पराजित हुँदै उपविजेता भएको थियो।  

मोरङलाई आर्मीले दबाबमा राख्दै पहिलो हाफमै गोल गर्न सफल भयो। त्यसपछि कयौं पटक गोलका अवसर पाए पनि सदुपयोग हुन नसक्दा एक गोलमै सीमित हुनु पर्यो। मोरङले पाएको केही अवसर चुकाउँदा पाहुना टोलीलाई जित सुम्पन बाध्य भयो। नियमित कप्तान अशोक खवास र मिलन राई नहुँदा मोरङले आर्मीको दबाब खेप्नु परेको देखियो। खवास राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि गए भने राई वैवाहिक सम्बन्धमा बाँधिन गएका कारण उनीहरूको अभाव मैदानमा देखियो।  

खेलको ३७ औं मिनेटमा आर्मीका लागि गोल गरेका निरज चौधरी नायक बने। फत्तेमान घलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले सदुपयोग गर्दै निर्णाय गोल गरे।  

प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोलरक्षक विकेस कुथुले ११ हजार रुपैयाँ प्राप्त गरे।  

विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार (आज) दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ क्लब)बीच खेल हुनेछ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस