रासायनिक मल खरिद गर्न ३८ अर्ब
०९ फागुन २०७९
•
३ मिनेट पाठ
रासायनिक मल खरिद गर्न ३८ अर्ब
किसानले खेती गर्ने समयमा रासायनिक मल नपाएको गुनासो आएपछि मल अभाव हुन नदिन सरकारले यो वर्ष रासायनिक मल खरिद गर्न करिब साढे ३८ अर्ब रूपैयाँ बजेट व्यवस्था गरेको छ। चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले यस वर्षका लागि थप साढे २३ अर्ब रूपैयाँको मल खरिद गर्न अनुमति दिएको हो।




मल खरिद गर्न यो वर्ष ३८ अर्ब ५० करोड रूपैयाँ व्यवस्था गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘बजेट वक्तव्यमा १५ अर्ब बजेट विनियोजन भएकोमा यसअघि १६ अर्बको स्रोत सुनिश्चितता पाएका थियौं,’ कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थबाट यसै साता थप ७ अर्ब ५० करोड रूपैयाँको स्रोत सुनिश्चितता पाएका छौं।’ यसअघि १६ अर्ब बजेट सुनिश्चिताबाट मल खरिद प्रक्रिया अघि बढेर रासायनिक मल आउने चरणमा रहेको मन्त्रालयले जनाएको छ।

अनुदानमा दिने मल अभाव हुन नदिन बजेटको व्यवस्थापन भएको छ। चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रूपैयाँको स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ।सुनिश्चित स्रोतमध्ये २ अर्ब ४० करोड रूपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गर्ने, २ अर्ब ५० करोड रूपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गर्ने जनाएको छ। त्यसैगरी, २ अर्ब ६० करोड रूपैयाँ दायित्व सिर्जना भएपछि निकासा गर्ने जनाएको छ।

मलका लागि विनियोजन भएको साढे ३८ अर्ब रूपैयाँमध्ये साढे ८ अर्ब रूपैयाँको रासायनिक मल खरिदको लागि प्रक्रिया अघि बढे पनि यसै वर्ष मल आउने सम्भावना कम रहेको छ। ‘सबै बजेटबाट मल खरिदको प्रक्रिया अघि बढाउछौं,’ प्रवक्ता सञ्जेलले भने, ‘कतै बाधाव्यवधान भएन भने यसै वर्ष आउन सक्छ।’ श्रोत सुनिश्चित भएर खरिद प्रक्रिया अघि बढे पनि साढे ८ अर्ब रूपैयाँको मल यसै वर्ष आउने सम्भावना कम छ।

सरकारले यो वर्ष करिब ४ लाख मेट्रिक टन रासायनिक मल वितरण गर्ने योजना अनुसार खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। यो वर्ष ३ लाख २९ हजार मेट्रिक टन रासायनिक मल खरिद भैसकेको मन्त्रालयले जनाएको छ। १ लाख ६६ हजार मेट्रिक टन मल प्राप्त भइसकेको प्रवक्ता सन्जेलले बताए। ‘१ लाख ४० हजार मेट्रिक टन बिक्री भैसकेको छ,’ उनले भने, ‘३० हजार मेट्रिक टन स्टक रहेको छ।’ गत वर्षको पनि केही बक्यौता रहेको थियो। अरू मल विभिन्न रुटबाट आउने क्रममा रहेको उनले बताए।  

बजेट भाषणमै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। बाली लगाउने बेला बर्सेनि किसानले रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्। नेपाल सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिँदै आएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मल खरिद गरेर किसानलाई बिक्री गर्दै आएका छन्। दुई निकायले मल खरिद गरेको बताउँदै आए पनि किसानले भने गहुँ, आलु लगायतका तरकारी बालीका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गर्दै आएका छन्। कम्पनीले चालु आर्थिक वर्षसहित अर्को वर्षका लागि समेत मल खरिद गर्ने योजना बनाएर काम गरिरहेको जनाएको छ।

मुलुकमा वार्षिक करिब ५ लाख मेट्रिक टन खपत हुन्छ। जमिनका आधारमा नेपालमा रासायनिक मलको माग करिब ७ लाख ८५ हजार मेट्रिक टन भए पनि कम प्रयोग हुने गरेको छ। ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्दा न्यूनतम ५–६ महिना लाग्ने भएकाले छोटो प्रक्रियाबाट मल ल्याउन भारतसँग जिटुजी गरी ल्याउन सुरु गरेको छ।

कृषि सामग्री कम्पनीले भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसिएफ) कम्पनीबाट खरिद गरेर मल ल्याएको छ। खुला बोलपत्रबाट मल खरिद गर्दा किसानलाई समयमा उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेको थियो। खरिद प्रक्रिया छोट्याएर मल ल्याउन सरकारले भारतसँग जिटुजी गरेको थियो।

सरकारले आगामी ५ वर्षमा ५ लाख ६५ हजार मेट्रिन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्न जिटुजी गरेको छ। आव २०७९/८० मा १ लाख ७० हजार, २०८०/८१ मा १ लाख ९५ हजार, २०८१/८२ मा २ लाख १० हजार र २०८२/८३ मा २ लाख १० हजार मेट्रिक टन मल दिने सहमति भारतले गरेको थियो। ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमै मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेर मल ल्याउन थालेको हो।

मल विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै रासायनिक मल उद्योग सञ्चालनमा ल्याउने विषयमा छलफल चले पनि ठोस काम हुन सकेको छैन। रासायनिक मल कारखाना खोल्न लाग्ने लागत, प्रविधिलगायत विषयमा लगानी बोर्डले अध्ययन गरेको थियो।  
अर्को समाचार
रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट
१५ जेष्ठ २०८३
•
१ मिनेट पाठ
रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रासायनिक मल खरिद तथा वितरण व्यवस्थापनमा ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि उत्पादन वृद्धि तथा किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले उक्त बजेट छुट्याइएको जानकारी दिए ।


तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस