आगामी वर्षलाई १५ अर्बको मल किन्ने तयारी
११ माघ २०८०
•
३ मिनेट पाठ
आगामी वर्षलाई १५ अर्बको मल किन्ने तयारी
ररर




दिलीप पौडेल

काठमाडौं, माघ १०

सरकारले आगामी वर्ष मल अभाव हुन नदिन करिब १५ अर्ब रूपैयाँको रासायनिक मल किन्ने तयारी गरेको छ। त्यसका लागि अर्थमन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मल खरिद गर्न करिब १५ अर्ब रूपैयाँ स्रोत सुनिश्चित गरेको छ।  

आगामी वर्षका लागि आवश्यक मल खरिद गर्न चालु वर्षदेखिनै प्रक्रिया सुरु गनुपर्ने भएकाले दुई लाख ६० हजार मेट्रिक टन रासायनिक मल किन्न प्रक्रिया अघि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी मल खरिदका लागि बजेट स्रोत सुनिश्चित गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  

डा. गोविन्दप्रसाद शर्माले बताए। ‘आगामी वर्षका लागि रासायनिक मल खरिदको प्रक्रिया अब सुरु हुन्छ,’ शर्माले भने, ‘मल खरिदको प्रक्रिया अघि बढाउन स्रोत सुनिश्चित गरिएको छ।’  

मल खरिद प्रक्रिया सुरु गरिएपछि नेपाल ल्याउन करिब ६ महिना लाग्ने भएकाले चालु आर्थिक वर्षबाट नै प्रक्रिया सुरु गनुपर्ने हुन्छ। आमामी वर्षको जेठ–असारमै धान रोप्दा रासायनिक मल आवश्यक पर्ने भएकाले सरकारले अहिलेदेखि नै मल खरिद प्रक्रिया अघि बढाउन लागेको कृषि सामग्री कम्पनीका कामु प्रबन्ध विष्णुप्रसाद पोखरेलले बताए। ‘अहिलेबाट मल खरिद प्रक्रिया सुरु भएन भने बाली लगाउने बेलामा अभाव हुन्छ,’ पोखरेलले भने, ‘स्रोत सुनिश्चित भएकाले अब मल किन्ने प्रक्रिया अघि बढाउँछौं।’ अन्य मल पनि क्रमशः खरिद गर्दै जाने सरकारी  

योजना छ।

सरकारले चालु आवका लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेटबाट मल खरिदका लागि सबै टेण्डर भइसकेको छ। ३० अर्ब रूपैयाँको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेर बिक्री गर्दै आएका छन्।

कृषि सामग्री कम्पनीले यो वर्षका लागि एक लाख ८० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने अन्य मल आउने प्रक्रियामा रहेको छ। कम्पनीका अनुसार मलका लागि १४ वटा बोलपत्र आह्वान भइसकेको छ। नेपालले चीन, मोरक्को, इजिप्ट, मलेसिया, ओमान, भारत लगायतका देशबाट मल आयात हुँदै आएको छ।

किसानले खेती गर्ने समयमा रासायनिक मल अभाव हुन नदिन काम गरिरहेको मन्त्रालयले जनाएको छ। सरकारले मलमा अनुदान दिँदै आएको छ। अनुदानमा दिने मल अभाव हुन नदिन बजेट व्यवस्थापन गर्दै आएको छ।

बजेट भाषणमै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। बाली लगाउने बेला बर्सेनि किसानले रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्। किसानले गहुँ, आलुलगायतका तरकारी बालीका लागि प¥याप्त रासायनिक मल नपाएको गुनासो गर्दै आएका छन्। मुलुकमा वार्षिक करिब पाँच लाख मेट्रिक टन खपत हुन्छ। जमिनका आधारमा नेपालमा रासायनिक मलको माग करिब सात लाख ८५ हजार मेट्रिक टन भए पनि कम प्रयोग हुने गरेको छ  

खुला बोलपत्रबाट मल खरिद गर्दा किसानलाई समयमा उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेर पनि मल ल्याउन थालेको छ। खरिद प्रक्रिया छोट्याएर मल ल्याउन सरकारले भारतसँग जिटुजी गरेको छ।

सरकारले पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्न २०७८ फागुनमा भारत सरकारसँग सम्झौता गरेको छ। आव २०८०/८१ मा एक लाख ९५ हजार, २०८१/८२ मा दुई लाख १० हजार र २०८२/८३ मा दुई लाख १० हजार मेट्रिक टन मल दिने सहमति भारतले  

गरेको थियो।  

मल विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै रासायनिक मल उद्योग सञ्चालनमा ल्याउने विषयमा छलफल चले पनि ठोस काम हुन सकेको छैन। रासायनिक मल कारखाना खोल्न लाग्ने लागत, प्रविधिलगायत विषयमा लगानी बोर्डले अध्ययन  

गरेको थियो।  

आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी रासायनिक मल खरिद गर्न बजेट स्रोत सुनिश्चित गरिएको छ। मल खरिद प्रक्रिया  

अब सुरु हुन्छ।  

– गोविन्दप्रसाद शर्मा सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
अर्को समाचार
आगामी वर्षलाई १५ अर्बको मल किन्ने तयारी
११ माघ २०८०
•
३ मिनेट पाठ
आगामी वर्षलाई १५ अर्बको मल किन्ने तयारी
सरकारले आगामी वर्ष मल अभाव हुन नदिन करिब १५ अर्ब रूपैयाँको रासायनिक मल किन्ने तयारी गरेको छ। त्यसका लागि अर्थमन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मल खरिद गर्न करिब १५ अर्ब रूपैयाँ स्रोत सुनिश्चित गरेको छ।




आगामी वर्षका लागि आवश्यक मल खरिद गर्न चालु वर्षदेखिनै प्रक्रिया सुरु गनुपर्ने भएकाले दुई लाख ६० हजार मेट्रिक टन रासायनिक मल किन्न प्रक्रिया अघि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी मल खरिदका लागि बजेट स्रोत सुनिश्चित गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बताए। ‘आगामी वर्षका लागि रासायनिक मल खरिदको प्रक्रिया अब सुरु हुन्छ,’ शर्माले भने, ‘मल खरिदको प्रक्रिया अघि बढाउन स्रोत सुनिश्चित गरिएको छ।’

मल खरिद प्रक्रिया सुरु गरिएपछि नेपाल ल्याउन करिब ६ महिना लाग्ने भएकाले चालु आर्थिक वर्षबाट नै प्रक्रिया सुरु गनुपर्ने हुन्छ।
आमामी वर्षको जेठ-असारमै धान रोप्दा रासायनिक मल आवश्यक पर्ने भएकाले सरकारले अहिलेदेखि नै मल खरिद प्रक्रिया अघि बढाउन लागेको कृषि सामग्री कम्पनीका कामु प्रबन्ध विष्णुप्रसाद पोखरेलले बताए।

‘अहिलेबाट मल खरिद प्रक्रिया सुरु भएन भने बाली लगाउने बेलामा अभाव हुन्छ,’ पोखरेलले भने, ‘स्रोत सुनिश्चित भएकाले अब मल किन्ने प्रक्रिया अघि बढाउँछौं।’ अन्य मल पनि क्रमशः खरिद गर्दै जाने सरकारी योजना छ।

सरकारले चालु आवका लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेटबाट मल खरिदका लागि सबै टेण्डर भइसकेको छ। ३० अर्ब रूपैयाँको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेर बिक्री गर्दै आएका छन्।

कृषि सामग्री कम्पनीले यो वर्षका लागि एक लाख ८० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने अन्य मल आउने प्रक्रियामा रहेको छ।
कम्पनीका अनुसार मलका लागि १४ वटा बोलपत्र आह्वान भइसकेको छ। नेपालले चीन, मोरक्को, इजिप्ट, मलेसिया, ओमान, भारत लगायतका देशबाट मल आयात हुँदै आएको छ।

किसानले खेती गर्ने समयमा रासायनिक मल अभाव हुन नदिन काम गरिरहेको मन्त्रालयले जनाएको छ। सरकारले मलमा अनुदान दिँदै आएको छ। अनुदानमा दिने मल अभाव हुन नदिन बजेट व्यवस्थापन गर्दै आएको छ।

बजेट भाषणमै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। बाली लगाउने बेला बर्सेनि किसानले रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्।

किसानले गहुँ, आलु लगायतका तरकारी बालीका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गर्दै आएका छन्। मुलुकमा वार्षिक करिब पाँच लाख मेट्रिक टन खपत हुन्छ।
जमिनका आधारमा नेपालमा रासायनिक मलको माग करिब सात लाख ८५ हजार मेट्रिक टन भए पनि कम प्रयोग हुने गरेको छ।

खुला बोलपत्रबाट मल खरिद गर्दा किसानलाई समयमा उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेर पनि मल ल्याउन थालेको छ। खरिद प्रक्रिया छोट्याएर मल ल्याउन सरकारले भारतसँग जिटुजी गरेको छ।

सरकारले पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्न २०७८ फागुनमा भारत सरकारसँग सम्झौता गरेको छ।

आव २०८०/८१ मा एक लाख ९५ हजार, २०८१/८२ मा दुई लाख १० हजार र २०८२/८३ मा दुई लाख १० हजार मेट्रिक टन मल दिने सहमति भारतले गरेको थियो।

मल विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै रासायनिक मल उद्योग सञ्चालनमा ल्याउने विषयमा छलफल चले पनि ठोस काम हुन सकेको छैन। रासायनिक मल कारखाना खोल्न लाग्ने लागत, प्रविधिलगायत विषयमा लगानी बोर्डले अध्ययन गरेको थियो।  
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस