एनआरएनलाई सरकारले फेरि झस्कायो, अब प्रत्येक २ वर्षमा भिसा लिनु पर्ने
२१ जेष्ठ २०८२
•
४ मिनेट पाठ
एनआरएनलाई सरकारले फेरि झस्कायो, अब प्रत्येक २ वर्षमा भिसा लिनु पर्ने
गत जनवरी महिनामा एक अध्यादेशमार्फत गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने कानुन ल्याएको सरकारले राजपत्रमा प्रकाशन गर्दा भने हरेक दुई–दुई वर्षमा भिसा लिनुपर्ने व्यवस्था सार्वजनिक गरेको छ।




यसअघि सरकारले गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधन गरी १० वर्षे भिसा दिने घोषणा गरेको थियो।

गत चैत १८ गते जारी नेपाल राजपत्र (खण्ड ७४० को ९१) मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलका विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैर आवासीय नेपाली भिसा निःशुल्क उपलब्ध गराइने छ भनिए तापनि (ख) उपदफा (१क) मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एक पटकमा दुई वर्षे अवधिको बहु प्रवेश (मल्टिपल) सुविधा सहितको आवासीय भिसा निःशुल्क उपलब्ध गराइनेछ भन्ने उल्लेख छ। नेपाल राजपत्र अनुसार विदेशमा रहेका गैर आवासीय नेपालीहरूले हरेक दुई–दुई वर्षमा भिसा थप्दै जानुपर्ने प्रावधान गरिएको छ।

सरकारले गैर आवासीय नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गरेर १० वर्षे भिसा निःशुल्क गर्ने निर्णय भएको दाबी गरेको थियो।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसीले गैर आवासीय नेपाली नागरिकता लिइसकेका व्यक्तिले पुनः भिसा लिनुपर्ने व्यवस्थालाई संविधानको भावना विपरीत भएको बताएका छन्। उनले भने,'१० वर्षे वा २ वर्षेको कुरा होइन, हामीले नेपालको संविधानले तोकेको बमोजिम सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता माग गरेका हौँ। मूल रूपमा नेपाली सरहको अधिकार भएको नागरिकता दिनुपर्छ। हामीले यो विषयमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएका छौँ। सबै राजनीतिक दल संविधानको मर्मअनुरूपको नागरिकता दिन तयार हुनुहुन्छ तर कानुन समयमा नबन्दा हजारौँ गैर आवासीय नेपालीहरू अप्ठेरोमा परेका छन्।'

अधिवक्ता किशोर पौडेलले गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एक पटकमा मात्र दुई वर्षका लागि भिसा दिने संशोधित नयाँ व्यवस्था विधायिकीय मर्म र संविधानको भावना विपरीत भएको बताए। उनले सो प्रावधानले गैर आवासीय नेपाली र उनका सन्तानहरूको नेपालप्रतिको भावना र उनीहरूले गरेको योगदानलाई प्रोत्साहन नगर्ने बताए। पौडेलले गैर आवासीय नेपालीहरूको मौलिक अधिकारमा समेत अविश्वासको सन्देश जाने र थप कानूनी तथा प्रक्रियागत जटिलता बढाउने बताए।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा.हेमराज शर्माले नेपाली राजनीतिक दलहरू एनआरएनका मागप्रति प्रतिबद्ध भए पनि ऐन र कानुन बनाउँदा फरक–फरक ढंगले लेखिने गरेको बताए। उनले दलहरूको प्रतिबद्धता विपरीत आउने कानुनी व्यवस्थाले तिनको इमान्दारिता र विश्वसनीयतामाथि प्रश्न उठाएको टिप्पणी गरे।

डा.शर्माले नागरिकले आफ्नै देशमा भिसा लिएर जानु पर्ने प्रावधान संसारकै कुनै देशमा नभएको उल्लेख गरे। उनले यस्तो प्रावधान एनआरएन परिचयपत्रभन्दा पनि कमजोर भएको बताए।

उनका अनुसार,'परिचयपत्रले १० वर्षे भिसाको ग्यारेन्टी गर्छ, तर कानुनले दुई–दुई वर्षमा भिसा लिनुपर्ने व्यवस्था गर्नु स्वयं कानुन र संविधानको मर्म विपरीत हो।'

सरकारले गत चैत महिनामा एनआरएन भिसासम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित गरे पनि विदेशस्थित नेपाली नियोगहरूमा भने भिसा जारी गर्न परिपत्र गरिएको छैन। बेलायतस्थित नेपाली दूतावासका उपप्रमुख विपिन दुवाडीले गैर आवासीय नेपालीहरूलाई १० वर्षे भिसा दिने विषयमा दूतावासमा कुनै नयाँ परिपत्र नआएको पुष्टि गरे।

उनले भने,'गैरआवासीय नेपालीहरूका लागि सरकारले गरेका निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन गर्न दूतावास प्रतिबद्ध छ। सरकारको तर्फबाट परिपत्र प्राप्त भएपछि सिधै कार्यान्वयनमा जान्छौं।' उनले सरकारको पछिल्लो निर्णयबारे विस्तृत रूपमा बुझ्ने प्रयास गर्ने बताए।

यसैबिच बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति रामहरि खतिवडाले ब्रिटिस गोर्खामा भर्ती भएका नेपाली र विदेशमा बसोबास गरिरहेका गैर आवासीय नेपाली (एनआरएन) हरूलाई नागरिकता दिने विषयमा सरकारले ढिला नगरी स्पष्ट नीति बनाउनु पर्नेमा जोड दिएका छन्।

नेपाल नागरिकता ऐन २०६३ को दफा ७९(क) मा गैर आवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको, र साबिकमा वंशज वा जन्मको आधारमा निज वा निजका बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।

अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२१ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस